रेम्डिसिभिरको कालोबजारी रोक

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढ्दै जाँदा बिरामीका लागि आवश्यक पर्ने औषधीको अभाव देखिन थालेको छ । औषधी अभावका कारण दुःख झेलिरहेका बिरामी बाध्यात्मक रूपमा विभिन्न प्रकारका औषधी खरिद तथा प्रयोग गर्न बाध्य भइरहेका छन् । पछिल्लो समयमा बजारमा सुपथ मूल्यमा प्राप्त हुने रेम्डिसिभिरको पनि अभाव देखिन थालेको छ । नेपालको औषधी बजारमा रेम्डिसिभिरको अभाव स्वाभाविकभन्दा पनि बढी कृत्रिमतापूर्ण अभाव सिर्जना गराइएको देखिन्छ । पोहोर साल कोरोनाको पहिलो लहरको संक्रमण बढ्दै गर्दा चर्चामा आएको रेम्डिसिभिर कोरोना महामारीको दोस्रो लहरसँगै बजारमा अभाव भएको देखिएको छ । प्रयोगकर्ताका अनुसार रेम्डिसिभिर अभाव मात्र होइन निकै कालाबजारी हुने गरेको छ । यसको मात्रा पु¥याएर प्रयोग गर्नका लागि पाँच भाइल मात्रा आवश्यक हुन्छ । कालोबजारी मूल्य ४० हजारदेखि २ लाखसम्म पर्ने गरेको छ । जबकी रेम्डिसिभिरको पूरा डोजको मूल्य ५ हजार भारुसम्म हो । त्यसको नेपाली मूल्य बढीमा ८ हजारसम्म हुन आउँछ । तर, हाल नेपाली औषधी बजारमा अन्य वैकल्पिक औषधी पनि नल्याइएको र रेम्डिसिभिर पनि अभाव रहेको हुनाले यसको मूल्य आकासिएको हो ।

सुरुमा डेंगु रोग नियन्त्रणका लागि प्रयोगमा ल्याइएको रेम्डिसिभिर चिकित्सकका अनुसार कोरोना महामारी संक्रमितका लागि पनि प्रभावकारी र फाइदाजनक हुने भएकाले यसको प्रयोग गर्दा कुनै हानि नहुने भनी सिफारिस भएसँगै नेपाल र भारतीय औषधी बजारमा यसको मूल्य एकाएक आकासिन पुगेको हो । हाल कोरोना संक्रमणविरुद्ध खोपको विकास भइसकेर प्रयोगमा आइसक्दा पनि रेम्डिसिभिरकै प्रयोग कति वैज्ञनिक छ चिकित्सक तथा चिकित्साविद्हरू यस’bout समयमै बोल्नु जरुरी भएको छ । लिदा राम्रो हुन्छ भन्ने डाक्टरको समान्य सुझाव तथा बिरामी र उनका अभिभावक के कसो गरे बिरामी निको हुन्छ भन्ने संकटमा परिरहेका बेला कतै औषधीको कालाबजारी गर्नेहरूले फाइदा त उठाइरहेका त छैनन् ? । यस’bout पनि नेपाल सरकार तथा यससँग सम्बन्धित स्वास्थ्य निकाय आधिकारिक रूपमा बोल्न जरुरी छ । त्यसो त सार्वजनिक जनस्वास्थ्यको विषय सरकारको जिम्मेवारीको विषय हो । कुन कुरो कति मात्रामा प्रयोग गर्दा फाइदा वा बेफाइदा हुन्छ सोको यथार्थ जानकारी समयमै दिन जरुरी हुन्छ । सर्वसाधारण जनताले पनि महामारी संक्रमणका बेला जनस्वास्थ्यसम्बन्धी कुराको सूचना पाउनु उनीहरूको नैर्सगिक अधिकारको कुरो हो । जनताको स्वास्थ्यभन्दा ठूलो कुरो अरू हुन सक्दैन । यो कुरा सरकारको अभिभावकत्वसँग जोडिएको कुरा पनि हो ।

भारतबाट उपहार स्वरुप भित्र्याइएको कोभिसिल्ड खोपको दोस्रो मात्रा पूरा हुन अझै बाँकि छ । ठीक यसैबेला चीनले उपहारस्वरूप प्रदान गरेको १० लाख डोज खोप प्रयोगमा ल्याइएको छैन । एकातिर बिरामीले रोगबाट बच्न र बचाउनका लागि अति महँगोमा रेम्डिसिभिर जस्ता औषधी किनेर उपयोग गर्नुपर्ने र अर्कोतिर उपलब्ध भइसकेको खोप पनि प्रयोगमा नल्याइने जस्तो विरोधाभासपूर्ण अवस्थामा सरकार आधिकारिक रूपमा जनतालाई सम्बोधन गरेर जानु जरुरी छ । खोप त्यत्तिकै रहिराख्ने र संक्रमितले महँगोमा रेम्डिसिभिर जस्ता औषधी प्रयोग गरिराख्नुपर्ने अवस्थाको जति सक्यो चाँडो अन्त्य हुनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन