बैतडीमा शव बाेकेकाे जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बैतडी ।  बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिसिंह भट्टले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

epaper

ताजा समाचार

सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ