Tuesday, June 22, 2021
Home Editor-Picks उपत्यकामा निषेधाज्ञा झनै कडाइ

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

महेश्वर गौतम,

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञामा झनै कडाइसहित एक साता थप गरी आगामी २९ वैशाखसम्म पु¥याउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमण गति बढ्न नदिन थप एक साता निषेधाज्ञा बढाइएको छ । अब अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनसमेत पाइनेछैन । बिहान ७ बाट ९ बजेसम्म मात्रै किराना तथा खाद्य पसल खोल्न पाने छ । सोही समयभित्र डिपार्टमेन्टल स्टोर तथा ग्रोसरी पनि सञ्चालन गर्न छुट दिइएको छ ।

– घरबाट बाहिर निस्कन रोक
– खाद्य पसल बिहान मात्रै
– सबै पास खारेज

बैठकले यसअघि जारी सबै किसिमका पास खारेज गर्ने निर्णयसमेत गरेको पराजुलीले जानकारी दिए । अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमालगायत कार्यालय एक चौथाइ कर्मचारी उपस्थित हुनेगरी सञ्चालन गर्न दिइने निर्णय भएको उनले बताए ।

सरकारी कार्यालयका हकमा मन्त्रालयका सचिव वा विभागीय प्रमुखद्वारा जारी सवारी पास र परिचयपत्रका आधारमा आवतजावत गर्न दिने निर्णय भएको छ ।

बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकाका हकमा २५ प्रतिशत शाखा कार्यालय खोल्न पाउनेछन् । केन्द्रीय कार्यालयले भने २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरेर कार्यालय सञ्चालन गर्न पाउने निर्णय भएको छ ।

यसैगरी, अत्यावश्यक कार्य, बिरामी कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा ‘विषय’ खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण व्यवस्था मिलाउने संयुक्त बैठकको निर्णय छ ।

त्यस्तै, विकास निर्माणकार्यमा आवासीय कामदार राख्न तथा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, पत्रकारले सूचना विभागको पासका आधारमा समाचार संकलन गर्न पाउने तथा सूचना विभागको प्रेसपास नभएकाको सञ्चारकर्मी÷कर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहले न्यूनतम कर्मचारी मात्र खटाउने र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयलाई गराउनुपर्नेछ ।

फुटपाथ व्यापार, कवाडी संकलनलगायत ठेला तथा साइकल सञ्चालनमा समेत रोक लगाइएको छ ।

उपत्यका छाड्न पत्र अनिवार्य
उपत्यकाका प्रमुख जिल्ला अधिकारी संयुक्त बैठकले उपत्यका छाडेर घर फर्कन चाहनेलाई भने मौका दिएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले उपत्यका छाड्न चाहनेले स्थानीय तहबाट अनिवार्य १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धतासहितको सिफारिस पत्र ल्याएमा घर फर्कन दिने निर्णय गरेको हो ।

सिफारिसका आधारमा उपत्यकाबाट घर फर्कन चाहनेलाई गन्तव्यसम्म जान सहजीकरण गर्न दिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिएका छन् ।

(Visited 211 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

साताका लोकप्रिय समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’...

१४ जना जनप्रतिनिधिलाई पार्टीबाट हटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले १४ जनप्रतिनिधिलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको...

बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

  सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय...

ट्रेन्डिङ

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

कोरोना भाइरसबाट विश्वमा पाँच करोड भन्दा बढी सङ्क्रमित

रासस /एएफपी । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन्...

सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा : विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सबभन्दा बढ्ी भ्रष्टाचार सिंहदरवारमा भएको बताएका छन् । ...

२५ बर्ष पछि गाउँ बिजुली बत्ती बलेपछि गाउँले मख्ख

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं २ हिलेखोला र खरयानमा २५ बर्ष पछि बिजुली बत्ति बलेको छ । बस्ती बसेको २५ बर्षपछि दिपावलीको...

पल शाह र वर्षा राउतले अभिनय गरेको भिडियो सार्वजनिक

काठमाडौं । पल शाह र बर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश...

६३ वर्षिय पुरुषद्धारा ११ वर्षिय बालिकालाई साैचालयमा लगेर बलात्कार

उदयपुर । ११ वर्षिया बालिका बलात्कारको आरोपमा ६३ वर्षिय बृद्ध पक्राउ परेका छन् । लैंगिक हिंसा बिरुद्धको अभियान चलिरहेका बेला ११ वर्षिय बालिका बलात्कृत...

कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । अविरल वर्षाका...

कोरोना प्रभावित क्षेत्रबाट नेपाल फर्किन अबैध बाटो प्रयोग गर्दै

इलाम । कोरोना भाइरसको त्रास बढेसँगै भारतको कोरोना प्रभावित क्षेत्रबाट नेपाली पलर्कन थालेका छन् । भारतमा काम गर्न गएका नेपाली नेपाल पर्किएसँगै अवैध बाटोबाट...

नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय

मान्म । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई...

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण...

महिलाहरुको पीडा समेटेर गायिका शिवानी भट्टराईले ल्याइन ‘अबन्धन’

काठमाडौं । महिला सशक्तिकरणलाई प्राथमिकता दिंदै नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक गरेकी छिन् । गायिका भट्टराईकै अभिनय रहेको...

जव हत्यारा काटिएकाे टाउकाे सहित प्रहरीकाेमा उपस्ठित भए

धादिङ ।  नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका छन् । स्थानीयवासी सोमबहादुर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)