Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

निराजन पौडेल,

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ ।

अदालतले अन्य नियमित प्रक्रियाका मुद्दा हेर्न छाडेपछि गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित हुने भएका छन् । जनजीवनसँग प्रत्यक्ष असर पार्ने र गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी कुनै मुद्दा सर्वोच्च अदालतमा पुगेमा दर्ता नहुने स्थिति छ ।

गत १४ वैशाखमा सर्वोच्चको पूर्ण बैठक नियमित प्रक्रियाका कुनै पनि मुद्दा नहेर्ने निर्णय गरेसँगै नागरिक अधिकारमाथि गम्भीर खेलवाड भएको कानुनविद्को भनाइ छ ।

अझै सर्वोच्च अदालतले कोरोना महामारीका कारण देखाउँदै सम्बन्धित मुद्दाका एक÷एक जना पक्ष र एक÷एक जना कानुन व्यवसायी मात्र उपस्थिति भएर बहस गर्न पाउने नियम बनाएको छ । कोरोना जाखिमबाट बच्न सर्वोच्चले यस्तो विधि अपनाएको हो ।

अदालतले भीड नियन्त्रण र सामाजिक दूरी कायम राख्न इजलासमा एक कानुन व्यवसायीले मात्रै बहस गर्ने व्यवस्था मिलाएको छ । सो निर्णयले गम्भीर प्रकृतिको कुनै रिट सर्वोच्चमा दर्ता हुन सक्ने अवस्था छैन ।

गत साता मात्रै लुम्बिी प्रदेशका जसपाका चार प्रदेशसभा सदस्यको रिट निवेदन सर्वोच्चले फर्काइदिएको छ । सर्वोच्चको पूर्ण बैठकको निर्णय भन्दै सर्वोच्च प्रशासनले रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

लम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेलले चार जनालाई मन्त्रीको शपथ खुवाएपछि उपेन्द्र—बाबुराम पक्षको बहुमत सदस्यले उनीहरूको सांसद पद खोस्ने निर्णय गरेको थियो ।

जसपाको निर्णयसँगै संसद् सचिवालयले चार जनाको पद रिक्त रहेको सूचना जारी गरेपछि उनीहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । साथै, सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण अवस्था विश्लेषण गरेर आ–आफ्नो क्षेत्रमा सेवा संकुचन गर्ने निर्णय गर्न अन्य अदालतलाई छाडिदिएको छ । जसबाट देशका विभिन्न अदालतले सेवा खुम्च्याएका छन् ।

कार्यपालिका र व्यवस्थापिकाले आफ्नो सेवा संकुचन ल्याएका छैनन् । तर, सर्वोच्च अदालतले भने सबै नियमित प्रक्रियाको मुद्दा स्थगन गरेर ढोका बन्द गरेपछि कुनै गम्भीर प्रकृतिको संवैधानिक संकट आए रिट दर्ता नहुने स्थिति बनेको छ ।

मंगलबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित सात अध्यादेश जारी गरेकी छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश यसअघि नै विवादमा आइसकेको थियो ।

अब राष्ट्रपतिले जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा जाँदा रिट निवेदन दर्ता नहुने अवस्था छ । न्यायको हक, संविधानले दिएको मौलिक हकलगायत विषयमा सर्वोच्च अदालतले ‘म अब सुन्दिनँ’ भनेर बस्न नमिल्ने पूर्वप्रधानन्यायाधीश अनुपराज जोशीको भनाइ छ ।

‘संकटका बेला पनि महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका समस्यामा परेका हुन सक्छन्,’ उनी भन्छन्, ‘यो बेला म यो मुद्दा चाँही हेर्दिनँ, अरू हेर्छु भन्न मिल्दैन । प्राथमिकताका आधारमा सबै नागरिकको सुनुवाइ हुनुपर्छ ।’

सरकारले गर्ने निर्णयले पनि आमनागरिकलाई समस्या पर्न सक्छ । त्यस्तो अवस्थामा सर्वोच्च अदालतले ‘यो विषयमा मुद्दा दर्ता गर्दिनँ’ भन्न नमिल्ने कानुनविद्को तर्क छ । सर्वोच्च अदालतको न्यायाधीशको प्रशासनिक निर्णयले गम्भीर विषयमा सुनुवाइ प्रभावित बनेको छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार...

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

ट्रेन्डिङ

अनुसन्धान भन्छ- अमेरिकाले सामाजिक दुरी कामय गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो

वासिङ्टन डिसी । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको...

के छ, ‘अन्तिम पाना’मा ?

काठमाडौं । हुन त, जीवन थापा ‘क्षितिज’ कला फाँटमा नौलो नाम भने होइन । लेखनीमा उनको विशेष दख्खल छ । रंगमञ्चबाट ‘स्कुलिङ’ गरेका थापाले...

टोटनह्यामद्वारा आर्सनल पराजित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा टोटनह्यामले आर्सनललाई २–१ ले पराजित गर्यो ।टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन...

करेन्ट लागेर दाङमा ३ बालबालिकाको मृत्यु

तुलसीपुर । दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राई निबासी ४ बर्षकी रेणुका चौधरी, ८ बर्षका प्रशान्त...

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

इलाम । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार...

चौरसियाको शब नारायणी अस्पतालमा अलपत्र

वीरगन्ज । सत्तारुढ नेकपाका कार्यकर्ताबीच भएको झडपमा झन्डै एक साताअघि मृत्यु भएका मुकेश चौरसियाको पोष्टमार्टम अझै हुन सकेको छैन । गत बिहीबार बिन्दावासिनी गाउँपालिका अध्यक्षको...

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्रा

बेनी । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् ।...

कर्णालीमा ९१६ जना कोरोना सङ्क्रमित

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि...

फत्तेमानको स्मृतिमा फत्तेमान स्मृति प्रतिष्ठान स्थापना

काठमाडौं । दिवंगत गायक फत्तेमान राजभण्डारीको योगदानको चर्चा गर्दै काठमाडौंमा उनको पुण्यतिथि मनाइएको छ । करिब ६ दशक लामो नेपाली संगीत क्षेत्रमा उनको योगदानको...

१५औं वार्षिक योजनाले ल्याएको आशा र उमंग

विश्वमा मार्सल प्लानबाट आरम्भ भएको आवधिक योजना तर्जुमा गर्ने प्रचलन नेपालमा भने २०१३ सालबाट आरम्भ भएको हो । साविकमा सामान्यतः पाँच वर्षका लागि आवधिक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)