Monday, June 14, 2021
Home बिचार कारुणिक आर्यघाट

कारुणिक आर्यघाट

राजधानी समाचारदाता,

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त हिन्दूको सबैभन्दा ठूलो र पवित्र घाट मानिन्छ । आर्यघाटमा राजघाट र साधारण घाट गरी दुवै ठाउँमा मृत आत्माको चिरशान्तिका लागि अन्तिम श्रद्धाञ्जली गरिन्छ । यसका साथै यहीँबाट शव ब्रह्मनालमा राखी अन्त्येष्टि साकार पारिन्छ । मानिसले जन्म लिनु, जिउनु र मृत्यु हुनु जीवनका सबैभन्दा ठूला संस्कार हुन् । यीमध्ये जीवनको शेषपछिको अन्तिम संस्कार वा दाहसंस्कार आर्यघाटमा गरिनु सबैका लागि परम सन्तोषको कुरो पनि हो । जीवनसँगै मृत्यु पनि साथमा आएको हुन्छ । मृत्यु टार्न सकिने कुरो होइन । बरु यो अनिवार्य गुज्रनु र भोग्नुपर्ने कुरो हो । तर, कोभिड–१९ जस्तो महामारीको आगमन र यसका विभिन्न लहर फैलने क्रमसँगै आर्यघाटमा राजघाट, साधारणघाट र विद्युतीयघाट गरी तीन भिन्न किसिमका घाट प्रयोगमा रहँदै आएका भए पनि पछिल्लो समयमा विद्युतीय शवदाह गृह बिग्रन पुगेपछि बाग्मतीको किनारमा खुला वातावरणमै कोरोना संक्रमित मृतकको शव जलाउने कार्य सुरु भएको छ । यो आफंैमा कोरोना नियन्त्रण र रोकथामका लागि आचारसंहिता र स्थापित मापदण्डकोे उल्लंघन हो ।

कोरोना महामारी संक्रमितको शव विद्युतीय शवदाह गृहमा सुरक्षित साथ जलाउने गरिएको थियो । तर, विद्युतीय शवदाह गृह बिग्रन पुग्दा यसले बाग्मतीको किनारमा कोरोेना संक्रमित शव खुलै जलाउने बाध्यात्मक अवस्थाको सिर्जना गरेको छ । अन्त्येष्टि आफैंमा दुःख र समवेदनाको कुरा हो । तर, पनि विद्युतीय शवदाह गृह बन्द हुनुका कारण आर्यघाटको दुःखमय वातावरण अझ बढी समवेदित हुन पुगेको छ । त्यसमा पनि कोरोना संक्रमित शवको खुला अन्त्येष्टिले कतै काठमाडौंको जनजीवन भयावह बनाउने त होइन भन्ने आशंका र चर्चालाई ठाउँ दिएको छ । अहिलेसम्म कोरोना संक्रमित नाबालकको शव माटोमुनि गाड्ने र वयस्कको विद्युतीय शवदाह गृहमा जलाउने गरिँदै आएको थियो । तर, शवदाह गृह बिग्रन पुग्दा यसले नसोचेको संकट र समस्या एकै साथ सिर्जना गर्न पुगेको छ । यो समस्या समाधानका लागि सरकार र सम्बन्धित पक्ष सबैले समयमै इमर्जेन्सी प्रयत्न गर्नु जरुरी छ । शवदाह गृहमा प्राविधिक समस्या आइपर्नु अनौठो कुरो पनि होइन । यो दैविक प्रकोप वा प्रकृतिजन्य तथा पार लगाइनसक्नुको समस्या पनि होइन । यो कृत्रिम, मानव निर्मित र प्राविधिक समस्या हो । यसको निदान र समाधान सम्भव छ । त्यसैले पनि सरकारले पनि बिना ढिलाइ अभिभावकीय पहल लिनु जरुरी छ ।

त्यसो त कोरोनाको दोस्रो लहरले मानिसलाई भयाक्रान्त बनाएको छ । संक्रमणले बढी संख्यामा च्याप्दै लगिरहेको पनि छ । पोहोर सालको पहिलो लहरभन्दा बढी भयानक पनि देखा परिरहेको छ । यसलाई पचाउन सक्ने नेपालीको विद्यमान रोग प्रतिरोधात्मक क्षमतामाथि दोस्रो लहरले गम्भीर आक्रमण पनि गर्दै गइरहेको छ । बालबालिका पनि यो रोगबाट बढी संक्रमित हुँदै र हताहती हुँदै गइरहेका छन् । दीर्घरोगी बूढाबूढी कमजोर र अशक्त यसको निशानामा छन् । पहिले फोक्सो र श्वासप्रश्वास असर पु¥याउँदै आएको कोरोना संक्रमणको तुलनामा यो दोस्रो लहरले कलेजो र मृर्गाैलामा पनि आक्रमण गर्न थालेको स्वास्थ्यविद्ले पनि स्वीकार गरेका छन् । यो भयानक महामारीलाई रोक्न विद्युतीय शवदाह गृहको विस्तार हुनुपर्ने बेलामा भएको एउटा पनि बन्द हुन जाँदा यसले आर्यघाटको समवेदित वातावरणलाई बढी कारुणिक बनाउन पुगेको छ ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

  ‘गर्न आउ है अर्म र पर्म सबै विदेश कोही छैन गाउँघरमा बर्खा लाग्यो...झ्याउँकिरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो...’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो ।...

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ ताेला सुन

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार...

नुएरको सयौं खेलमा जर्मनीको फराकिलो जित

म्युनिख । गोलरक्षक तथा कप्तान म्यानुयल नुएरको कीर्तिमानी १ सयौं खेलमा जर्मनीले युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा लात्भियामाथि ७–१ को सानदार जित निकाल्दै...

एक दिनकाे फरकमा दुई दाजुभाइ मृत भेटिए

महाेत्तरी ।  महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा...

ट्रेन्डिङ

कोरोना प्रभाव : काभ्रेका होमस्टे तथा होटल सुनसान

काभ्रेपलाञ्चोक । चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको...

बार्सिलोनाले मार्टिनेजलाई १ सय मिलियन खर्चनुपर्ने

लन्डन । इटालियन क्लब इन्टर मिलानका स्पोर्टिङ डाइरेक्टर पिएरो एसिलियोले आफ्ना अर्जेन्टिना फरवार्ड लोउटारो मार्टिनेजको लागि १ सय मिलियन पाउन्ड नै खर्चनुपर्ने बताएको छ...

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक...

इलाममा एकै दिन पाँचजनामा काेराेना पुष्टी

इलाम । इलाममा एकै दिन छ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का एक जना,...

बिस्केट जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ घाइते

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते...

आरआर क्याम्पसमा अनेरास्ववियू र नेविसंघबीच झडप

काठमाडौं । काठमाडौँको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । सोमबार बिहान भएको झडपमा अनेरास्ववियूको आक्रमणबाट नेविसंघका नेताहरु...

बझाङ उद्योग बाणिज्य संघको पहलमा चाउचाउ र गोल्ब वितरण

बझाङ । उद्योग बाणिज्य संघको विषेश पहलमा बझाङमा खटिएका शशस्त्र प्रहरी र प्रहरीलाई चाउचाउ पानी र गोल्बहरू वितरण गरिएको छ ।...

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

मुगु । सोरु गाँउपालिकाबाट सदरमुकाम गमगढी आउदै गरेको यात्रुबाहक जीप दुर्घटना हुदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका...

डडेल्धुरा सदरमुकाममा चहलपहल बढ्यो (फोटो फिचर)

डडेल्धुरा । जिल्ला सदरमुकाममा आर्थिक वर्षको अन्त्यतिर चहलपहल बढ्दै गएको छ । सरकारले फागुन ११ गतेदखि देश लकडाउन गरेसंगै सुनसान भएको डडेल्धुरा जिल्ला सदरमुकाममा...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९ सयभन्दा बढी, ३७ हजार बढी सङ्क्रमित

उहान । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।...

भोजपुरका अधिकांश स्थानीय तहका क्वारेन्टिन खाली

भोजपुर । भोजपुरका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य बनेको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार भोजपुर...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)