निषेधाज्ञा पालना गरौँ

कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु र बिरामीको मृत्युदर पनि बढ्दै जानाले कोरोना महामारीको दोस्रो लहर निकै संकटपूर्ण देखिएको छ । यसको समाधान सामान्य रोकथाम र उपचारबाट मात्र सम्भव हुने पनि देखिँदैन । पहिलेको भन्दा उच्चस्तरको जनसचेतना, सरकारी तथा निजी अस्पतालमा बिरामीको उपचारको गम्भीर तयारी र आवश्यक औषधि तथा उपचार कक्षको व्यवस्थापन जरुरी हुन गएको छ । यसका साथै प्राथमिक उपायका रूपमा जारी गरिएको निषेधाज्ञा र यसको पालना पहिलो प्राथमिकतामा पर्न आउँछ । सबै जनताले सचेत भएर सामाजिक दूरी कायम गर्ने, एकअर्काबाट मिसिन र संक्रमित हुन नहुने कुराबाट सचेत रहन र स्वास्थ्यको ख्याल गर्नु जरुरी छ । कोरोना संक्रमण मलाई पनि हुन सक्छ र मसँगै रहेका सहकर्मीलाई पनि हुन सक्छ भन्ने दोहोरो धारणा राखेर सदैव सचेत भइराख्नु जरुरी हुन गएको छ । यसै आधारभूत मान्यतालाई ख्याल गरी सबैले सबैलाई आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने धारणा विकास गरी कोरोना महामारीको दोस्रो संक्रमणबाट बच्न सकिन्छ । यो आधारभूत कुरालाई मनन गर्ने मात्र होइन व्यवहारमा प्रयोग गर्नु पनि जरुरी भएको छ । यही कुरालाई प्राथमिकतामा राखी सरकारले यथा समयमा लकडाउनको प्रक्रिया अघि बढाएको छ ।

सरकारले अहिले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किनु भनेर जारी गरेको पहिलेको अनुरोधमूलक निषेधाज्ञामा अबका दिनमा सकभर घरबाहिर ननिस्कौं भनी निर्देशनात्मक आज्ञा जारी गरेको छ । यो अहिलेको बाध्यात्मक आवश्यकता हो । यसलाई कसैले पनि नजर अन्दाज गरेर उडाउनुहुँदैन । जनस्वास्थ्य जनताको आधारभूत स्वास्थ्य हो । यसले जनताको जीवन रक्षा, स्वास्थ्य सुरक्षा तथा सरकारको अभिभावकीय भूमिका पूरा हुन सक्छ ।

कोरोना महामारी आफैंमा अति संवेदनशील र डरलाग्दो महामारीका रूपमा देखिएको छ । यसलाई नजरअन्दाज गर्न मिल्दैन । बरु, यथासमयमा यसकोे रोकथाम, उपचारका उपाय अवलम्बन गरी अघि बढ्नु जरुरी छ । महामारीको सघनतालाई ख्याल गरी सरकारले जेजसो गरी सोचेको छ सोको कार्यान्वयनका लागि जनता पनि सचेत हुनु उत्तिकै जरुरी छ । सरकारले जनस्वास्थ्य सुरक्षाका लागि अघि बढाएका सुरक्षाका मापदण्ड जनताकै लागि हुन् भन्ने सोचेर जनताले ती कार्यमा साथ दिनैपर्छ । त्यो भनेको जनताको आफ्नै सुरक्षा, चिन्ता, चासो र आवश्यकताको कुरो हो । यसलाई कसैले पनि कमी, आँकलन गर्ने र म त्यसै पनि सुरक्षित छु भन्ने भ्रममा पर्नुहुँदैन । किनकि, जनसुरक्षा सरकारको तात्कालीन र रणनीतिक लक्ष हुन गएको छ । यसका लागि सरकार पनि निकै सचेत र गम्भीर भएको देखिन्छ । पछिल्लो चरणमा बाक्लो बस्ती भएका गाउँ, काठमाडौं सहरलगायत मुख्य सहर र छिमेकी देश भारतसँग सीमा जोडिएका सहर बढी प्रभावित छन् । तर, पनि कोरोनाको दोस्रो लहरको संक्रमणबाट दूरदराजका गाउँसमेत बच्न सकेका छैनन् । यो अवस्था भयावह अवस्था नै हो । त्यसैले पनि जनता सरकारको अभियानसँग टाढा रहने र यसको अवज्ञा वा अनदेखा गर्न सक्ने अवस्थामा छैनन् । सरकार पनि जनताले सहयोग गरेनन् वा चासो देखाएनन् भनेर महामारी संक्मणबाट निरपेक्ष रहन सक्ने अवस्था छैन । त्यसैले, सरकारले चाल्ने कदम समयसापेक्ष, जनसरोकारसँग सम्बन्धित र चिन्ता र चासो जोडिएका विषय बनेका छन् । जहाँ छांै त्यहाँको सापेक्षतामा सरकारले जारी गरेको निषेधाज्ञा पालना गरी आफ्नो स्वास्थ्यको ग्यारेन्टी गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित