फेरि थला प-यो शिक्षा क्षेत्र

समाजमा सबैको चिन्ता छ, फेरि कोरोना बढ्यो । लामो समयपछि लयमा आएका सामाजिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्र फेरि धरासायी हुने भए । जीवन जोगाउन मुस्किल हुने भयो । कतिपय भन्छन्, यसो हुनुमा सरकारको कार्यशैली बढि जिम्मेवार छ । कोही भन्छन्, भारतबाट नेपाल आउने नाका किन बन्द गर्दैन सरकार ? कतिपयको आक्रोश छ, नेपालीहरूले नै भारतबाट रोग ल्याएर गाउँगाउँमा फैलाएका छन् । राजनितिक विश्लेषक भन्छन्, ‘सरकारको ध्यान सत्तामा टिकाइ रहनमा केन्द्रित छ ।’ उल्लेखित बुझाइ चर्चा, आलोचना एवं चिन्ताबीच नेपाली समाज जेनतेन अगाडि बढेको छ । समाज चिन्तित छ । भयभित छ ।

कोेरोना महामारीका कारण गत वर्ष २०७६ को चैत ६ गतेबाट बन्द भएका शैक्षिक संस्था नौ महिना बन्द रहे । कोरोना महामारी कम भएसँगै २०७७ साल पुस महिनाको दोस्रो सातादेखि शैक्षिक संस्था सञ्चालनमा आएका थिए । सरकारले विद्यार्थीको पठनपाठन राम्रोसँग गर्ने उद्देश्यका साथ २०७७-०७८ को शैक्षिक सत्र तीन महिना धकेलेर असार महिनादेखि सुरुवात गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयलाई सबै क्षेत्रमा प्रशंसा भएको थियो । परिस्थिति सामान्न्य थियो ।

अहिले कोरोना महामारी बढ्दै गएपछि सरकारले शैक्षिक संस्था अर्को सूचना जारी नभएसम्म बन्द गर्न आदेश दिएको छ । सरकारको अघिल्लो आदेशबजोजिम सहरी क्षेत्रका शिक्षालय बन्द भएका थिए र मोसफलका शिक्षालय सञ्चालनमा थिए । दिनानुदिन कोरोनाको संक्रमण बढेसँगै अहिले देशभरिका शैक्षिक संस्था ठप्प छन् । शैक्षिक क्यालेन्डर अनुसारका विभिन्न तहका परीक्षा पनि स्थगित भएका छन् । कोरोना कहिले सामान्य होला र सरकारले विद्यालय खोल भन्ला भन्ने प्रतीक्षामा अभिभावक, विद्यार्थी तथा गुरुजन रहेको अवस्था छ ।

शैक्षिक सत्र खेर जान नदिनु मात्र शिक्षा क्षेत्रका समस्या समाधानको बाटो होइन

सरकारले गत वर्ष पनि शैक्षिक संस्था सञ्चालन हुन नसकेपछि असार १ गतेबाट वैकल्पिक शिक्षण सिकाइ कक्षा सुरु गरेको थियो । तत्कालीन शिक्षामन्त्रीले विद्यार्थीको घरलाई नै शिक्षालय बनाइएको भनेका थिए । रेडियो, टेलिभिजन, भर्चुअल कक्षाबाट विद्यार्थीले घरमै बसेर सिक्न सक्ने भने तापनि अनलाइन शिक्षण सिकाइ प्रभावकारी हुन नसकेको सरकारी तथ्यांकले पुष्टि गरिसकेका थिए । ५० प्रतिशत बढी विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा जोडिन नसकेको, संलग्न भएका विद्यार्थीमा पनि अनलाइन कक्षाको सिकाइ उपलब्धि सन्तोषजनक हुन नसकेको तथ्यांकले पुष्टि गरेका थिए । सरकारले अनलाइन कक्षाका अतिरिक्त कसरी शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिएन । र अहिले फेरि असफल भइसकेको अनलाइन शिक्षण सिकाइकै सहारा लिने निर्णय गरेको छ ।

त्यसो त अहिले कोभिड–१९ का कारण देशको अवस्था सामान्य छैन । तथापि सरकारले शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई जहिले पनि राजनितिक चस्माले मात्र हेर्ने र जथाभावी निर्णय गरेर बालबालिकाको पढाइ लेखाइ र देशको भविष्यमाथि नै खेलबाड भइरहेको छ । २०७८ सालको शैक्षिक सत्रलाई असारदेखि सञ्चालन गर्ने निर्णय लामो समयसम्म विद्यालयमा पठनपाठन हुन नसक्ने अवस्था रहेमा के गर्ने ? विद्यार्थीलाई कक्षा बढाउने काम गर्ने कि तहगत पाठ्यव्रmम र पाठ्यपुस्तकमा तोकिएका उद्देश्य पूरा गर्न शैक्षिक सत्रको समय बढाउने ? यसतर्फ सोच्नेबेला आएको छ ।

नेपालको संविधान २०७२ ले विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ । अहिले कोरोनाको महामारी घनाबस्ती भएका ठाउँमा बढी देखिएको छ । कतिपय स्थानीय तहमा कोरोनाको सन्त्रास छैन । जनजीवन सामान्य छ । यस्तो अवस्थामा देशका ७७ वटा जिल्ला र ७ सय ५३ वटा पालिका विद्यालय बन्द गर्न आवश्यकता हो कि होइन ? सरकारले बालुवाटारबाट सबै शिक्षालय बन्द गर्ने घोषणा त ग¥यो । तर, कुन स्थानीय तहमा कोभिडको कस्तो असर परेको छ भन्ने कुरालाई हेक्का राखेन । विभिन्न ठाउँको अवस्था बालुवाटारलाई थाहा हुन्छ कि सम्बन्धित स्थानीय तहलाई ? अथवा त्यहाँका अभिभावक, शिक्षक, विद्यार्थी एवं जनप्रतिनिधिलाई ? यो सरकारले न त विज्ञ, विशेषज्ञ वा सरोकारवालाको कुरा सुन्छ, न त कुनै पनि विषयमा निर्णय गर्दा विवेक पु¥याउँछ । खाली विद्यालय खोल र बन्द गरको ठाडो आदेशमा शैक्षिक क्षेत्रलाई तहसनहस बनाउने काम सरकारले गरिरहेको छ ।

हो, जुन ठाउँहरूमा कोरोनाको संव्रmमण छ, त्यहाँका शैक्षिक संस्था बन्द गरिनुपर्छ । तर, राजधानी र तराईका कतिपय सहरमा कोरोना महामारी छ । ती ठाउँमा शैक्षिक संस्था बन्द गर्नु बाध्यता हो । तथापि विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरिसकेको अहिलेको अवस्थामा बालुवाटार र सिंहदरबारले एकलौटी निर्णयबाट देशभरिका शैक्षिक संस्था बन्द गर्नु उचित होइन । कोरोनाको संन्त्रास नभएका ठाउँमा सरकारले विद्यालय सञ्चालन गर्ने वा नगर्ने जिम्मेवारी सम्बन्धित क्षेत्रको पालिकालाई दिनुपर्छ । यसो गर्दा हिमाली क्षेत्र, पहाडी क्षेत्र वा अन्य सुरक्षित ठाउँका शिक्षालय चल्न सक्छन् । शिक्षालयजस्तो विचारको खेती हुने प्राज्ञिक थलो सञ्चालन गर्ने विधि र व्यवस्थापन’bout हुचुवा भरमा निर्णय गर्नुहुँदैन ।

अनलाइन कक्षा मात्र वैकल्पिक शिक्षण सिकाइ ठान्नु बुद्धिमानी होइन

लामो समयको लकडाउनका पछिल्ला दिनमा शिक्षा क्षेत्रको बहस भई रहँदा समाजका विचारक, बुद्धिजीवी, विज्ञ, विशेषज्ञका दृष्टिकोण आउने गरेका छन् । शिक्षासम्बन्धी लेख, रचना, बहस एवं विमर्श प्रस्तुत भएका छन् । उल्लेखित क्षेत्रका आवश्यक एवं उचित विचार, विमर्श, राय, सल्लाह र मार्गनिर्देशन गर्ने हो भने शैक्षिक गतिविधिमा ठूलो भूमिका रहन सक्छ । समग्र शिक्षालाई रचनात्मक एवं सकारात्मक बनाउन महत्वपूर्ण मार्गदर्शन हुन सक्छ । तर, राज्यले यसो गर्दैन । उसमा विचार र विवेकको खडेरी छ ।

राज्य औपचारिक निर्णय गर्ने आधिकारिक संस्था भएकाले शिक्षा क्षेत्र र यससँग जोडिएका समस्या समाधान गर्न गहिरो अध्ययन गरी उचित निर्णय गर्न सक्नुपर्छ । अहिलेको अवस्थामा शिक्षालय सञ्चालन गर्ने वा नगर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्दछ । र स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यालय सञ्चालक समिति, शिक्षक, विद्यार्थी, समाज सेवीलगायतका सरोकारवालाबाट विवेकपूर्ण भूमिका खेल्नुपर्छ ।

राज्यले शिक्षा क्षेत्रमा कुनै खोज, अनुसन्धान नै नगरी निर्णय गर्दा यसको असर’bout सोच्नु पर्छ कि पर्दैन ? राज्यले नागरिक आवाज, विज्ञहरूको उचित सुझाव ग्रहण गर्नुपर्छ कि पर्दैन ? कुनै पनि वस्तु उत्पादन गर्ने उद्योग बन्द भएमा रात दिन सञ्चालन गरेर भए पनि उत्पादन बढाउन सकिन्थ्यो होला । तर, शिक्षा क्षेत्र कुनै सामग्री वा वस्तु उत्पादन गर्ने उद्योग होइन । यो त दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलो हो । तसर्थ शैक्षिक क्षेत्रका मामलामा निर्णय गर्दा सनकका भरमा नगरियोस् ।

शैक्षिक सत्रलाई खेर जान नदिनु मात्र शिक्षा क्षेत्रमा जेलिएका समस्या समाधानको बाटो ठान्नु हुुँदैन । अहिले जुन बाटो र पाटोबाट हेर्दा पनि शैक्षिक सत्र २०७७ को पढाइ लेखाइ एवं शैक्षिक क्रियाकलापका अगाडि देखिएका चुनौती धेरै छन् । तसर्थ राज्यले सोच बुझका साथ शिक्षा क्षेत्रका तमाम चुनौती समाधान गर्न सक्नुपर्छ । अहिले शैक्षिक सत्र सुरु गर्ने तिथि मिति असार महिना तोकिएको छ । सामान्य परिस्थितिमा सरकारको यो निर्णय उचित थियो । कोरोनाले शैक्षिक क्यालेन्डरलाई चुनौती दिइरहेको अवस्थामा आगामी दिनको अवस्था हेरेर अघिल्लो निर्णयमा फेरबदल गर्न राज्यले सोच्नेबेला आएको छ ।

अन्त्यमा अनलाइन कक्षालाई मात्र वैकल्पिक शिक्षण सिकाइ भन्ठान्नु बुद्धिमानी होइन । यसको अतिरिक्त सिकाइका अन्य उपाय र तरिका अपनाउन आवश्यक छ । यसो गर्दा विद्यार्थीहरुको उमेर समूह, तह र अवस्था बुझेर तद्अनुरूप शिक्षण सिकाइका तरिका अपनाउन सकिन्छ । जहाँ कोरोनाको प्रभाव छैन, त्यहाँका शिक्षालयमा सावधानी अपनाएर भौतिक रूपमा नै पठनपाठन गर्न सकिन्छ कि ? यदि विद्यालयमा विद्यार्थी भेला गर्न असुरक्षित हुने अवस्था भएमा गाउँका सार्वजनिक ठाउँ, चौतारी, खुला चौरलगायतका स्थानमा सोसियल डिस्टेन्स राखेर विद्यार्थीसँग स–साना समूहमा शिक्षण सिकाइ गर्न सकिन्छ कि ? विद्यार्थीलाई घरमा नै बसेर सिक्न सक्ने खालको अभ्यास दिन सकिन्छ कि ? विद्यार्थीले लेखेका सामग्रीलाई निश्चित ठाउँमा कलेक्स नगरी गुरुजनले सातामा एक-दुईपटक चेकजाँच गरी पुनः सिकाइ सामग्री थप्ने व्यवस्था गर्न सकिन्छ कि ? अथवा अन्य विविध तरिका अवलम्बन गर्न सकिन्छ कि ? सोच्ने बेला आएको छ । अन्यथा शिक्षा क्षेत्र अझैं लथालिंग हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा