मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् ।

चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका तीनै जना डक्टरले राजिनामा दिएको प्रमुख प्रशासकिय अधिकृत अग्नी प्रसाद अधिकारीले जानकारी दिए ।

अस्पताल प्रशासने नगर अस्पताल संचालनका लागि रञ्जीत कुमार दास , सुलभ केसी र जिवेश बास्तोलालाई करारमा नियुक्ती दिएको थियो ।

नगर अस्पताललाई कोविड अस्पतालमा परिवर्तन गरेपछि डक्टरहरुले डराएर राजिनामा दिएको अधिकारीको भनाई छ । अस्पताल प्रशासनले नेपाल सरकारले तोकेको सेवा सुविधा नगरपालिकाले दिन्छु भनेको तर, डक्टरहरूले थाप सेवा सुविधा माग गर्दै आएका थिए । त्यसैमा सहमती हुन् नसक्दा राजिनामा दिएका हुन् । राजिनामा दिएका मेसु डा रञ्जीत कुमार दासले आफ्नो आत्मसम्मान नहुँदा राजिनामा दिन बाध्य भएको बताए ।

‘हामी करारका डक्टर भएका कारण नगरपालिकादेखि मेयर सम्म सबैले पेल्ने गरेका छन् काम गर्ने वातावरण नै छैन ।’ मेसु दासले भने । काम गर्ने वातावरणा नभएकाले  तीनै जनाले राजिनामा दिएको उनकाे भनाइ थियाे । आफूहरुले कोरोनाको कारण राजिनामा दिएको भन्दै हामी केहि दिनमा नै अर्को कोविड अस्पतालमा काम गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

epaper

ताजा समाचार

थकाली भान्साघर संघ नेपाललाई कलेक्टिभ ट्रेडमार्क लोगो प्रदान