मनपरी पैसा असुल्ने मौका होइन यो

सरकारी अस्पतालले आवश्यकताअनुसार सवास्थ्य सेवा दिन नसक्दा निजी अस्पतालमा जान बाध्य भएका कोरोना संक्रमित बिरामीका लगि दुर्भाग्यका दिन सुरु भएका छन् । यी दिन कोरोना संक्रमित आफंैले निम्त्याएका भने होइनन् । नत भगवानको श्राप लागेर यसो हुन गएको हो न त उनीहरूले कुनै पाप कर्म गरेर यो प्रतिफल भोग्नुपरेको हो । बरु, संसारभर मानव जातिमाथि एकैपटक महामारीका रूपमा आइपरेको कोरोनाको संक्रमणले यो विपत्ति निम्त्याउन पुगेको हो । विपत्ति मानव जातिको साझा समस्या हो । एक ढिक्का भएर मार यो विपत्तिको सामना गर्न सम्भव हुन्छ । तर, यस्तो विपत्तिको घडीमा स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा सम्बन्धित स्वास्थ्य निकाय यो यथार्थताप्रति आँखा चिम्लन पुगेको देखिन्छ । यो निकै दुखदायी कुरो हो । विपत्तिको घडी कसैका लागि पनि सुवर्ण अवसर वा पैसा कुम्ल्याउने मौका हुन सक्दैन । मान्छेले मान्छेका लागू गर्नुपर्ने सामान्य मानवीय दायित्वबाट पन्छिएर सेवादाताले सेवाग्राहीको टाट पल्टाउने गरी आर्थिक असुल्ने सुवर्ण अवसर पनि होइन यो । तर, विडम्बना अहिले नेपालमा यस्तै स्थिति सिर्जना भएको देखिएको छ । देशमा विभिन्न प्रकारका कोरोना भाइरस संक्रमणहरू भित्रिरहेका छन् । यूके भेरियन्ट, एपीवान भेरियन्ट र दिल्ली भेरियन्टले नेपाली स्वास्थ्य जनजीवन निकै कष्टकर बनाउँदै लगेका छन् । त्यसमा पनि पछिल्लो समयमा अन्य भेरियन्ट पनि फैलिन सक्ने भनी स्वास्थ्य विज्ञ तथा चिकित्सकको आकँलनले नेपाली मनोविज्ञान त्राहिमाम बनाएको छ । यसै बेलामा संक्रमित बिरामी उपचारका लागि सामुदायिक अस्पतालमा सेवा नपाउँदा बाध्य भएर निजी अस्पतालमा धाउन थालेका छन् ।

तर, उनीहरूले अपेक्षा गरेअनुरूप न त सेवा सुविधा पाएका छन् । बरु उल्टै अस्पतालको बेड, उपचार कक्ष, अक्सिजन, औषधि र सेवालगायतका कुरामा सपनामा पनि नचिताएको मूल्य तिर्न बाध्य भइरहेका छन् । यो अवस्था नेपालीका लागि निकै दुखद अवस्था हो । सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ शुल्क लिनु आफंैमा कोरोना संक्रमित बिरामीलाई बन्द जरिमाना गरेसरह हो ।

एकातिर महामारी संक्रमितको ज्यान बचोस् भन्ने चिन्ता बढिरहेको छ भने अर्कोतिर औषधि उपचारको रकम कसरी तिर्ने होला भन्ने चिन्ताले निकै सताइरहेको छ । आफ्नो जिउ ज्यान पनि के हुन्छ भन्ने अवस्थामा गरेको उपचारको रकम कसरी जुटाउने भन्ने चिन्ता कोरोना महामारी संक्रमण चिन्ता भन्दा १० गुणा बढी छ । आफैं त महामारीबाट निको हुन बिरामी मानसिक रूपमा स्वस्थ हुनु जरुरी छ । त्यसमा पनि उपचार खर्च जुटाउने चिन्ताले निकै समस्यामा पारेको छ । त्यसैले, सरकारी होऊन् वा निजी अस्पताल वा सम्बन्धित स्वास्थ्य निकाय सबैले मानवीय सेवालाई प्राथमिकतामा राख्नुपर्छ र आफ्नो तर्फबाट बढी सेवा प्रदान गर्न लालाहित हुनुपर्छ । सबैले बुझ्नुपर्ने कुरो के हो ? भने महामारी संक्रमणको यो घडी मुनाफा कुम्ल्याउने अवसर होइन

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?