सिन्धुलीमा कोरोना संक्रमणबाट ८ वर्षिय बालकको मृत्यु

सिन्धुली । कोरोना संक्रमित एक ८ वर्षिय बालकको मृत्यु भएको छ । शुक्रबार विहान सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको छ ।

उनलाई बैशाख २० गते उपचारका लागि सिन्धुली अस्पताल ल्याईएको थियो । उनी हरिहरपुरगढीका बालक हुन । यो सँगै दोस्रो भेरियन्टको कोराना संक्रमणबाट जिल्लाका ३ जनाले ज्यान गुमाएका छन ।

उनको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि धुलिखेल अस्पतालमा पठाईएकोमा शुक्रबार नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । मृतको शव ब्यबस्थापन सम्बन्धित गाउँपालिकाले जिम्मा लिने बताइएको छ ।

कोरोनाको दोस्रो लहर चलिरहँदा सिन्धुली अस्पतालमा नै मृत्यु भएको यो पहिलो घटना हो । एकजना ८० वर्षिय महिलाको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा एकजना पुरुषको उपचारका लागि अस्पताल लादै गर्दा मृत्यु भएको थियो ।

यसैबीच सिन्धुलीमा शुक्रबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार १३३ को पिसिआर परिक्षण रिपोर्ट आउँदा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण हुनेको संख्या २२५ जना पुगेको छ । जसमध्ये २१८ जना उपचाररत छन । उपचाररत रहेकामध्ये १० जना संस्थागत आईसोलेसनमा छन भने अन्य २ सय ८ जना होम आइसोलेसनमा रहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण