Sunday, June 13, 2021
Home अर्थ बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

मधुजंग पाण्डे,

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब चालू आर्थिक वर्षको सुरु (गत १ साउन)देखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । निजी क्षेत्र (उद्योगी व्यवसायी)ले सरकारले वृद्धि गरेको तलब आगामी साउनबाट पनि दिन नसक्ने बताइरहँदा ट्रेड युनियनले भने बढेको तलब २०७७ सालको १ साउनबाटै नपाए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

सरकार, रोजगारदता र ट्रेड युनिनबीचको त्रिपक्षीय सहमतिअनुसार हरेक २ वर्षमा श्रमिकको तलबमान वृद्धि वा पुनरावलोकन हुनुपर्छ । तर, हाल आएर श्रम ऐन–२०७४ को दफा १०६ र १०७ विपरीत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको तथा सो निर्धारित पारिश्रमिक पनि आगामी साउनदेखि लागू हुनेगरी तोकिएको निर्णय कानुनविपरीत भएकाले वृद्धि भएको तलब गत १ साउनदेखि नै कार्यान्वयनमा आउनुपर्ने जेटीयूसीसीको माग छ ।

केही दिनअघि सरकारले गरेको न्यूनतम तलब वृद्धिको निर्णयप्रति जेटीयूसीसीले असहमति जनाउँदै तत्काल नेपाल राजपत्रमा प्रकाशित सूचना बदर गरी कानुनअनुसार जेटीयूसीसीलगायतको सहमतिमा निर्धारण हुनुपर्ने माग गरेको छ । यसैगरी, जेटीयूसीसीले चिया बगानसमेतको पारिश्रमिक पनि अविलम्ब निर्धारण गरी सो निर्धारित न्यूनतम पारिश्रमिक २०७७ सालको साउन महिनादेखि नै लागू गर्न सम्बन्धित मन्त्रालयसँग माग गरेको जनाएको छ । त्यसैगरी, जेटीयुसीसीले आफ्नो मागअनुसार निर्णय नभए चरणबद्ध रूपमा आन्दोलनमा जानेसमेत जानकारी दिएको छ ।

यसैबीच, निजी क्षेत्र तथा रोजगारदाता उद्योगी व्यवसायीले पनि यस्तो कोरोना कहरबीच सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन नसक्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो असन्तुष्टि जनाएको हो । उद्योगी व्यवसायीका यी तीनवटै छाता संस्थाले आगामी १ साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पु¥याउने सरकारको निर्णयप्रति आफूहरूको आपत्ति रहेको धारणा राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मे दिवसका दिन श्रमिकको पारिश्रमिक बढाएर न्यूनतम १५ हजार रुपैयाँ पु¥याउने उद्घोष गरेका थिए ।

प्रधानमन्त्रीको सोही उद्घोषअनुसार गत सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको पारिश्रमिक बढाएर न्यूनतम १५ हजार रुपैयाँ पु¥याउने निर्णय गरी राजपत्रमा प्रकाशित गरेको थियो । सरकारले यसरी राजपत्रमा सूचना प्रकाशित गरेपछि त्यसले कानुनी मान्यता पाउनेछ ।

अहिले सरकारले चिया बगानबाहेकका श्रमिकका लागि मासिक न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक तोकेको छ । निजी क्षेत्रसँगको छलफलबिना नै कोरोना महामारीका बेलामा सरकारले श्रमिकलाई दिनुपर्ने न्यूनतम पारिश्रमिक बढाएको भन्दै निजी क्षेत्रले विरोध जनाएका हुन् ।

सरकारको सो निर्णयको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न गत मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त रोजगारदाता परिषद्को बैठक बसेको थियो । सरकारले आफूहरूसँग कुनै छलफल नै नगरी यस्तो निर्णय गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको हो । उद्योगी व्यवसायीले कोभिडका कारण विगत एक वर्षदेखि नै उद्योगलाई रोजीरोटी व्यवस्थापनको समस्या भएको र अहिले व्यवसायीलाई बैंकको ब्याज तिर्नेदेखि किस्ता बुझाउने समस्याले भयावह स्थितिमा परेको बेला सरकारले गरेको यो निर्णयले आफूहरूलाई थप कठिन बनाएको बताएका छन् ।

हाल सरकारले निर्धारण गरेको पारिश्रमिकअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँ छ । आगामी १ साउनदेखि लागू हुनेगरी बढाइएको नयाँ पारिश्रमिकमा सरकारले आधार तलब मासिक ९ हजार ३ सय ८५ रुपैयाँ र महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ गरी न्यूनतम १५ हजार रुपैयाँ पु¥याएको छ ।

श्रम ऐनको दफा १०६ र १०७ मा हरेक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । सरकारले हाल श्रमिकले पाइरहेको पारिश्रमिक आधारमा २ हजार २ सय रुपैयाँ बढाउनुपर्ने हो । तर, १ हजार ५ सय ५० रुपैयाँ मात्र बढाएर श्रमिकलाई धोका दिएको आरोप ट्रेड युनियनले लगाएका छन् ।

सरकारले श्रमिकलाई ज्याला वृद्धि गर्ने नाममा श्रमिकलाई धोका दिएको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आरोप लगाएको छ । सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका कामदारलाई झुक्याएको अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले बताए । प्रधानमन्त्रीले श्रम मन्त्रालय र ट्रेड युनियनसँग समेत छलफलै नगरी मासिक १ हजार ५ सय ५० रुपैयाँ मात्रै वृद्धि गरेको उनको भनाइ छ ।

यसरी बढाइको तलबमा श्रमिक सन्तुष्ट छैनन् । रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमतिअनुसार अहिले सरकारले बढाएको तलब पनि गत साउनदेखि नै पाउनुपर्नेहुन्छ । लामो समय तलब नबढाएको भन्दै मजदुर संगठनले १ मेदेखि विरोध गरिरहेका थिए । यस्तो अवस्थाबीच फेरि सरकारले ज्यालादारी श्रमिकलाई समस्या पार्ने काम गरेको भन्दै सम्खडाले भने, ‘प्रधानमन्त्रीले श्रम ऐन नै अध्ययन नगरी श्रमिकको ज्याला हचुवाका भरमा बढाए ।’ कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकलाई सरकारले राहत प्याकेज ल्याउनुको साटो उल्टै तलब वृद्धिका नाममा धोका दिएको उनको आरोप छ ।

(Visited 116 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

देश र जनता रहे राजनीति फेरी गरौंला : कांग्रेस नेता राजीवविक्रम शाह

  काठमाडौं । जाजरकोट जिल्लाबाट राजनीतिमा सक्रिय राजनीज्ञिहरुले काठमाडौंबाट जिल्ला स्थित स्वास्थ्य संस्थासहित स्थानीय तहहरुमा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना महामारीको बढ्दो संक्रमणको अवस्थालाई ध्यान...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

सशस्त्र प्रहरीले भन्यो : समाचार भ्रामक र काल्पनिक, सबै काम नियमसंगत ढंगले भएको छ

  काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आजको राजधानी दैनिकमा प्रकाशित ‘‘सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’ को आशंका’’ शिर्षक समाचारप्रति गम्भीर आपत्ति प्रकट गरेको छ...

५७ जना मन्त्री फेरिँदा पनि छविलालले किन ठाउँ पाएनन् ?

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रीपरिषद बिस्तार गरेका छन् । यस क्रममा ५७ जना भन्दा बढी मन्त्री फेरिएका छन् । तर...

विकृतिपूर्ण र संस्कारविहीन समाजबाट सिर्जित समस्या

देशभित्र विभिन्न क्षेत्रमा आबद्ध हुनेलाई जनताले प्रायः मन पराइराखेका छैनन् । समाजमा सफेदपोसाकमा देखिँदै आफूलाई भद्र भलाद्मी र समाजका लागि केही गरिराखेको दाबी गर्नेहरू...

ट्रेन्डिङ

अस्ट्रेलियालाई एक दिवसीय सिरिज

लन्डन । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम एक दिवसीयमा तीन विकेटको रोमाञ्चक जित निकाल्दै...

अक्सिजनलाई अत्यावश्यक प्राथमिकतामा राख

कोरोना महामारीको दोस्रो लहर गम्भीर रूपमा जनमानसका बीच गहिरिँदै गएपछि अस्पतालमा संक्रमितको भीड लाग्न थालेको छ । बिरामीको भीड लागेसँगै महामारी संक्रमित बिरामीका लागि...

काेराेना संक्रमणबाट डा. वानीरा गिरिको निधन

काठमाडाैं ।  साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु-याइएको आधा घण्टामा नै उहाँको निधन...

स्वयम्भू बिटका असई गोली लागेको अवस्थामा मृत भेटिए, कसले हान्यो गोली ?

काठमाडौं । प्रहरी बिट, स्वयम्भूमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा असई विष्णु कार्की मृत...

महामारीविरुद्ध सामूहिक सहकार्य आवश्यक

कोरोना महामारीले अब मध्य चरण पार गरिसकेको देखिन्छ । हामीले अपनाएका प्रारम्भिक रोकथामका उपायहरूले मात्र यसलाई नियन्त्रण गर्न सकिने देखिँदैन । स्थानिक विशेषताअनुसार पनि...

विप्लवका जिल्ला अध्यक्ष पक्राउ

दैलेख । प्रहरीले विप्लव नेतृत्वको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ गरेको छ । आठविस नगरपालिका–६ सिंगासैन गाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला प्रहरीले विप्लव नेतृत्वको...

आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र...

वीरगञ्जबाट नक्कली डाक्टर पक्राउ

वीरगञ्ज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरबाट नक्कली डक्टर पक्राउ परेका छन् । बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

प्रधानमन्त्री संसद् विघटनकै पक्षमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी...

सरकार पुनर्गठनको आन्तरिक तयारीमा ओली र दाहाल

काठमाडौं । दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच...

सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन भएको छ । यस वर्ष एक हजार ५ मेगावाट विद्युत् उत्पादनको गर्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)