Sunday, June 13, 2021
Home Editor-Picks १६ खर्ब हाराहारीको बजेट ल्याउने तयारीमा सरकार

१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारीमा सरकार

पूर्णभक्त दुवाल,

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षमा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ ।

सरकारले चालुआर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेकोमा मध्यावधि समीक्षा गरी १३ खर्ब ४४ खर्ब ६८ करोड बनाएको थियो । आर्थिक वर्ष २०७६-७७ मा १५ खर्ब ३२ अर्ब ९६करोडको बजेट अनुमान गरिएकोमा यथार्थ रुपमा १० खर्ब ९१ अर्ब मात्र खर्च गर्न सकेको थियो ।

तलव र सामाजिक सुरक्षा भत्ता वढ्ने

यति नै आकारको बजेट हुने औपचारिक खाका तयार नभए पनि अर्थ मन्त्रालयले १६ खर्ब ५ अर्ब जतिको बनाउने तयारी थालेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षे मध्यमकालीन बजेट अनुमान तथा प्रक्षेपणअनुसार आगामी आवमा १६ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँको बजेट तयार गर्नुपर्नेछ । प्रक्षेपणअनुसार चालू खर्च १० खर्ब, पुँजीगत खर्च ४ खर्ब ९२ अर्ब र वित्तीय व्यवस्था २ खर्ब रुपैयाँको हुने अनुमान छ । यद्यपि बजेट महाशाखा आयोगको प्रक्षेपण अनुरुप जान नसक्ने बताउँदै आएको छ ।

चालु आर्थिक वर्षमा पनि सरकारले संशोधित बजेट खर्च गर्न सक्ने अवस्था छैन । वैशाखदेखि तातेर विकास खर्च गर्ने प्रवृत्ति भएको अवस्थामा यसपालि कोरोनाको दोस्रो लहर जेठसम्म नै लम्बिने सम्भावना रहेकाले पुुँजीगत खर्च गर्न सक्ने अवस्था सरकारको नरहेको अर्थविदहरुको ठम्याइ छ ।

विनियोजित खर्च गर्न नसक्ने अवस्थामा नरहेको सरकारले आगामी बजेट भने पपुलिस्ट बनाउने गरी कार्य थालेको छ । मुलुकको आर्थिक अवस्था र अर्थतन्त्रको वास्तविक स्वरुपलाइ नहेरी जनतालाइ खुशी पार्ने गरी बजेट वितरण गर्ने बजेटलाई सामान्य रुपमा पपुलिस्ट बजेट भन्ने प्रचलन रहेको छ ।

आगामी आर्थिक वर्षको मंसिरमा संघीय संसदको निर्वाचन र फागुनमा स्थानीय तहको निर्वाचन गर्ने योजनामा रहेको सरकारले आगामी निर्वाचनमा जनताको भावना जित्न भए पनि पपुलिस्ट बजेट ल्याउने आशंका अर्थविदहरुको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कहरमा मजदुरलाई राहत नदिए पनि आगामी बजेटमा तलव वृद्धि गरि दिने र सामाजिक सुरक्षा भत्ता वढाउने प्रतिवद्धता जनाइ सकेका छन् ।

उनले सरकारी कर्मचारीको तलबसुविधा थप्ने संकेत दिइसकेका छन्। चालू आवको बजेट कोरोना महामारीकै बीचमा आएकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्न सकेको थिएन । कर्मचारीको बजेट २–२ वर्षमा वृद्धि गर्ने परिपाटी रहेकाले यसपालि तलव वृद्धि गर्नुपर्ने दबाब अर्थ मन्त्रालयलाई छ ।

अर्थ मन्त्रालयको बजेट महाशाखाले एक अधिकारीले सामाजिक सुरक्षा भत्ता र तलब वृद्धिका लागि स्रोत व्यवस्थापनमा सरकार लागि परेको र दाताहरुसँग परामर्श भइरहेको बताए ।

गतवर्ष डा.युवराज खतिवडाको पहलमा दाताहरुले सहयोग दिएको र यसपालि अर्थमन्त्री विष्णुु पौडेल बजेटमा भन्दा पार्टीको गतिविधिमा वढी सक्रिय भएकाले दाताहरुसँग परामर्श गर्न तुलनात्मक रुपमा सक्रिय नभएको आरोप अर्थ मन्त्रालयका केही कर्मचारीहरुको छ । दातृ निकायसँग सहयोग र ऋण लिन नसके आन्तरिक ऋण कसरी उठाउने भनेर राष्ट्र बैंकलगायतसँग परामर्श भइरहेको बताइएको छ ।

सामाजिक सुरक्षा भत्ता र सरकारी कर्मचारीको तलबसुविधा बढाउँदा सरकारलाई अर्बौं रुपैयाँ दायित्व थपिन्छ। सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३२ लाख ९७ हजार ९४९ छ। निजामती कर्मचारी १ लाखको हाराहारीमा छन्। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शिक्षक र अन्य सरकारी संघसंस्थामा काम गर्ने कर्मचारीको संख्या करिब साढे तीन लाख छ । सरकारले दुई वर्षअघि कर्मचारीको तलब २० प्रतिशतले बढाएको थियो ।

हाल नेपालमा ९ प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । चालु आवमा सामाजिक सुरक्षा भत्तामध्ये वृद्धभत्ता २००० बाट बढाएर ३००० पु-याइए पनि अन्य भत्ता बढेको छैन। एमालेले गत आम निर्वाचनमा सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने उल्लेख गरेको र अवको चुनावमा जाँदा यो प्रश्न उठ्ने भएकाले ५ हजार पुयाउनु पर्ने दबाब सरकारलाई रहेको छ ।

कोरोनाले थला पारेको आर्थिक गतिविधि चलायमान बनाइ आकर्षक आर्थिक वृद्धिदर बनाउन पनि बजेटमा दबाब छ । चालु आर्थिक वर्षको खर्च र राजस्व, वैदेशिक सहयोग, आन्तरिक ऋणको अवस्थाको आधारमा बजेटको आकार निर्धारण हुन्छ ।

आव ०७८÷७९ को संघीय बजेट १५ जेठमा संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

(Visited 916 times, 1 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

साताका लोकप्रिय समाचार

नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनक : एमाले

काठमाडाैं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ ।  पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले शनिवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री...

गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान, भोलि ३ बजेसम्म समय

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि भोलि शनिबार ३ बजेसम्मको समय दिइएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले...

अन्तिम खेलमा अस्ट्रेलियालाई रोक्ने लक्ष्य

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको छनोटको अन्तिम खेलमा शुक्रबार विश्वकपको अनुभव बटुलिसकेको अस्ट्रेलियासँग खेल्दै छ...

कांग्रेस महाधिवेशन भदौ १६ देखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

ट्रेन्डिङ

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या चार हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका...

भारतमा बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु

काठमाडौं । भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो । पटनाका १२ देखि १७...

शुक्रलाई धरान ओपन गल्फको उपाधि

काठमाडौं । स्थानीय प्रो शुक्रबहादुर राईले धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । अन्तिम दिन १ अन्डर ६९ स्कोरसहित समग्रमा ४ अन्डर २...

२६ दिन अघि कतारबाट आएका पुरुष सहित चार जनाको स्वाब परिक्षणका लागि पठाइयो

स्याङ्जा । स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका...

मन्त्री, सचिव र उच्चपदस्थलाई पछ्याउँदै कोरोना

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा...

अब विद्यालयअगाडि जेब्राक्रसिङ अनिवार्य

काठमाडौं । सरकारले विद्यार्थीलाई सडक पार गराउँदा दुईतिर कर्मचारी राख्नैपर्ने नियम लगाउने भएको छ । विद्यार्थीको सुरक्षाका लागि बिहान विद्यालय प्रवेश गराउँदा र साँझ...

बेलझुण्डीमा कोरोना संक्रमितको संख्या १७

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमित १६ जनाको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ । कोरोना हस्पिटलमा आएको...

प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गर्ने घोषणा, अर्काे इजलाश अब २३ गते

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा इजलास तोक्ने घोषणा गरेका छन् । यसअघि गठित इजलाशलाई लिएर चर्काे विवाद भएपछि र न्यायाधीशहरु समेत विभाजित...

वर्षमा २५ वटा खसी बिक्री गर्ने किसानलाई ५० हजार पुरस्कार

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले वर्षमा २५ वटाभन्दा बढि खसी बिक्री गर्ने कृषकलाई नगद पुरस्कार दिने भएको छ । कृषकको आफ्नै लगानी र मेहनेतले...

सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

झापा । पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय झापाका...

अविरल बर्षाले गुल्मीमा एकको मृत्यु, एक वेपत्ता

गुल्मी । गुल्मीमा अविरल बर्षाका कारण एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । गएराति करिब १ बजेबाट बर्षा सुरु भएको थियो...

सप्तरीमा थप एकको मृत्यु, डिएसपीसहित पाँच जनालाई कोरोना

सप्तरी, राजविराज । जिल्लाका एक कोरोना संक्रमितको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्यमा जटिल समस्या देखिएपछि उपचारका क्रममा काठमाडौंस्थित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)