Friday, June 18, 2021
Home भर्खरै सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

महेश्वर गौतम,

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपिलसमेत गरेका छन् । संविधानको धारा ७६ मा ‘दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने’ सरकार गरी सरकार गठनका लागि तीन विकल्पको परिकल्पना छ ।

तर, अहिले संसद्मा कुनै पनि एक दलको बहुमत पुग्ने अवस्था भने छैन । धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बन्ने सम्भावना समाप्त भएपछि यो अवस्थामा दुई वा दुईभन्दा बढी दलको विकल्पमा सरकार गठन गर्न दलहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन् । धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्य बहुमतको सरकारको प्रधानमन्त्री बन्न सक्ने छन् ।

सो प्रक्रियामा जान पहिले राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुपर्छ । संविधानको सो प्रक्रियाबाट अघि बढ्दा प्रधानमन्त्री बन्न कुनै पनि सदस्यले हाल कायम सदस्य संख्याको बहुमत अर्थात् १ सय ३६ मत पु¥याउनुपर्नेछ । २ सय ७१ सदस्य कायम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको १ सय २१, कांग्रेसको ६३ (दुई जना निलम्बन), नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४ (दुई निलम्बन), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र १÷१ सांसद छन् ।

संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकारको प्रधानमन्त्रीले संसद्मा ३० दिनभित्र फेरि विश्वासको मत भने लिनुपर्छ । नभए फेरि संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधि सभामा रहेको सबैभन्दा ठूलो दलको संसद्ीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछ । यसरी बन्ने प्रधानमन्त्रीले पनि ७६ (४) अनुसार पुनः विश्वासको मत लिनैपर्छ र विश्वास पु¥याउन सकेनन् भने फेरि संविधानको धारा ७६ (५) अनुसार अर्को सरकार गठन प्रक्रिया अघि बढ्छ ।

यो प्रक्रियामा संसद्को कुनै पनि सदस्यले आफूले संसद्मा विश्वासको मत पु¥याउन सक्ने आधार पेस गर्नुपर्छ र त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् ।

यसरी नियुक्त प्रधानमन्त्रीले समेत संविधानको व्यवस्थाअनुसार पुनः अघिल्ला प्रक्रियामा जस्तै संसद्मा ३० दिनभित्र विश्वास रहेको प्रमाणित गर्नुपर्नेछ । विश्वासको मत लिन सकेन भने उसले धारा ७६ (७) अनुसार ६ महिनाभित्र प्रतिनिधिसभा अर्को निर्वाचन गर्नेगरी संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्नेछ

(Visited 983 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

  काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । युवा व्यवसायी रबी अग्रवाल, सागर...

प्रदेश १ मा घट्यो बजेटको आकार, ३२ अर्बको बजेट सार्वजनिक

  विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

  काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति...

ट्रेन्डिङ

असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग

सप्तरी, राजविराज । राजविराजस्थित एक गैरसरकारी संस्थाले दुई सय जना असहाय तथा विपन्नलाई राहत सामाग्रि बितरण गरेको छ । साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा...

भक्तपुरका अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव हुँदै गएको बेला भक्तपुरका अस्पतालहरुले...

अब अनुमतिबिनै फोन ट्यापिङ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न पाउने भएको छ । फोन ट्यापिङको प्रयोजन भने स्पष्ट हुनुपर्ने र कसैले यसको दुरुपयोग...

मिचिएको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जान सुझाव

काठमाडौं । भारतले मिचेको नेपाली भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ । भारतले पछिल्लोपटक...

भूमि फिर्ता नै हाम्रो अठोट

नक्सा प्रकाशन होइन, भूभाग फिर्तामा ध्यान केन्द्रित राष्ट्रियताको सवालमा यहाँहरूले जुन सजगता राखियोस् भनेर ध्यानकर्षण गर्नुभएको छ, यो राम्रो कुरा हो । लिम्पियाधुरा, लिपुलेक,...

पारा खेलाडीहरू विश्व पारा पावरलिफ्टिङमा

काठमाडौं । कोभिड–१९ को महामारीमा विश्व नै अक्रान्त भइरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्देश्यले विश्व खेलकुद संस्थाहरूले विभिन्न कार्यक्रमलाई अगाडि सार्दै आइरहेका छन्...

गायिका पूर्णिमा सम्मानित

काठमाडौं । चर्चित गायिका पूर्णिमा तामाङ सम्मानित भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले प्रतिष्ठानको २०आंै वार्षिक साधारण सभामा...

सुवर्ण र दीपाको तीज भाका छमछम पाउजु

काठमाडौं । यो वर्षको तीज पर्वलाई लक्षित गरेर गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले नयाँ गीत छमछम पाउजु...बजारमा ल्याएका छन् । यसपटकको कोरोना...

नेपालले खेल्ने तेस्रो सिरिज पनि स्थगित

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत खेल्ने तेस्रो अवे सिरिज पनि स्थगित भएको छ । नेपालले...

नारी दिवसले नछोएकी वनकी रानी

दैलेख । जिल्ला सदरमुकाम, गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा नारी दिवसको रापले छोएकै छैन । राउटे महिला दिवसको बारे बेखवर छन् । सरकारी...

कोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार...

टायरमा लागेको रगतको आधारमा साइकल यात्री किचेर भागेको ट्रक पक्राउ

सप्तरी, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा सोमबार राती ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)