Friday, June 18, 2021
Home बिचार संक्रमितलाई शीघ्र सेवा देऊ

संक्रमितलाई शीघ्र सेवा देऊ

राजधानी समाचारदाता,

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र सेवा दिन भरपुर रूपमा लाग्नुपर्ने हो । तर, सम्बन्धित सबै निकायले आफ्नो दायित्व निर्वाह गरेको देखिँदैन । बरु, संक्रमित बिरामी तथा उनका अभिभावक तथा आफन्तको व्यक्तिगत समस्याजस्तो बनेर स्वास्थ्य सेवा देखापर्न थालेको छ । उत्तरदायित्वविहीन यो अवस्था बिरामीका लागि कष्टकर त छँदै छ त्यसमा पनि संक्रमित अभिभावकको घरायसी व्यवस्थापन जस्तो हुन गएको छ । बिरामीका आफन्त आफंैले अक्सिजनका सिलिन्डर खोज्न दौडधुप गर्नु, बेड व्यवस्थापन गर्न रोइधोई गर्नु र औषधि बजारमा कुन चाहिँ औषधि बढी प्रभावकारी छ भनेर सोको जानकारी र किनमेलका लागि चिकित्सक तथा विषेशज्ञसँग सल्लाह लिँदै हिँड्नुपर्ने कष्टसाध्य अवस्था सिर्जना हुन गएको छ । यसले बिरामीका आफन्तलाई पीडा त दिएको छ नै सरकार र सम्बन्धित स्वास्थ्य निकायको लापर्बाही र गैरजिम्मेवारपनलाई समेत उजागर गरेको छ ।

पहिलेको भन्दा जटिल अवस्थामा रहेको संक्रमणले आकुलब्याकुल बनेका बिरामी सरकारी तथा निजी अस्पताल पुग्दा पनि त्यहाँ उनीहरूले भने जस्तो स्वास्थ्य सुविधा पाउन सकिरहेका छैनन् । अस्पताल तथा अन्य सम्बन्धित स्वास्थ्य निकाय महामारीको योे अवस्था आइपुग्छ भन्ने कुराबाट बेखबर र जानकारीविहीन अवस्थामा भने थिएनन् । सरकारले पनि बेलामौकामा सरकारी तथा निजी अस्पताल र स्वास्थ्य निकायलाई तयारी हालतमा रहन सुझाव तथा निर्देशन दिएको पनि देखिन्छ । त्यसो त सरकार आफंैले कोरोना महामारीसँग जुध्न सीसीएसी नै गठन गरेर आफ्नो कार्र्य अघि बढाइरहेको पनि छ । तर, यसको प्रभावकारिता भने आजको अवस्थामा देखिएको छैन । यसका साथै अस्पताल तथा स्वास्थ्य निकाय केवल सरकारको निर्देशन र अनुमतिमा चल्छन् भन्ने कुरो पनि होइन । यी निकायहरू सबैको आआफ्नो व्यवस्थापन आ–आफ्नै अस्पतालसहितको भौतिक पूर्वाधार, आवश्यक चिकित्सकसहितको जनशक्ति रहेकै हुन्छ । तर, पनि कोरोना महामारीको यो संघीन घडीमा अक्सिजन छैन, बेड छैन र सघन कक्षहरू खाली छैनन् भनेर जिम्मेवारीबाट पन्छिन मिल्दैन ।

यतिबेलाको समस्या केवल स्वास्थ्य निकायबाट मात्र होइन जनसाधारणबाट पनि निम्तिने गरेको छ । जनताले अक्सिजन पाइन्न भन्ने डरले घरघरमा अक्सिजन सिलिन्डर राख्ने गरिरहेका छन् भन्ने कुरो बारम्बार प्रकाशमा आइरहेका छन् । जनता पनि आफ्नो स्वास्थ्यको ग्यारेन्टी नहुने आशंकामा सिलिन्डर किनेर राख्ने गरिरहेको तथ्य स्वीकार गर्छन् । सरकार, सरकारी निकाय तथा जनसाधारणबीच पैदा हुन गएको यो खाडल नपुरिँदासम्म समस्या भइरहने देखिन्छ । त्यसो त राजनीतिक आशंका, अविश्वास र अन्योलताका कारण पनि स्वास्थ्यमा ठूलो असर पर्न गइरहेको छ । स्वास्थ्य बजारमा दलालको बिगबिगी रहने र कृत्रिम अभाव सिर्जना गरी औषधिबाहेक अत्यावश्यक सामानको मूल्यवृद्धि गर्ने नीतिले पनि काम गर्दै आएको छ । यसलाई कम्तीमा पनि स्वास्थ्य मन्त्रालयले गम्भीर किसिमले हेक्का राखी यसको समाधानका लागि मन्त्रिपरिषद्को बैठकमा जरुरी महत्वको एजेन्डाका रूपमा लगी तत्काल पारित गरी कार्यान्वयन गर्न लगाउनुपर्छ । सीसीएमसीले पनि तत्काल पहल लिन सक्नुपर्छ र अन्य स्वास्थ्य निकायले पनि बिरामीको सेवा सर्वोत्तम मानव सेवा हो भन्ने मूलमन्त्र केन्द्रमा राखेर तत्काल सेवा प्रदान गर्नुपर्छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

अटल पाइलाहरू

घुमफिर यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको...

अब ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने...

ट्रेन्डिङ

साउन ७ सम्म अहिलेकै लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं । सरकारले लकडाउनको हालको मोडल यथावत् राख्दै आगामी ७ साउनसम्म जारी राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हालकै मोडलको लकडाउनलाई निरन्तरता...

संघीयताको संकेत

संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने...

‘कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा खबर गर्नुहोस्’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्...

आस्थाको डोरी

भक्तबहादुर शाही जनैपूर्णिमामा महाबु (गाथ) मेला दुई दिन लाग्छ । कर्णाली प्रदेशको सबैभन्दा उच्च स्थानमा महाबुमेला लाग्दै छ । समुन्द्री सतहदेखि ४...

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध, सुत्केरीको उद्धार हुन सकेन

असार । शनिबार रातीदेखि परेको भारी बर्षातले कर्णाली राजमार्गको दैलेख सडकखण्डको जाक्सीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ भने भरखरै किसानले रोपेको खेतवारी पहिरोले...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

डब्लूएचओले भन्यो : कोरोना भाइरसको महामारी चाँडै हराएर जाने विश्वास छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने विश्वास व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण...

एकैदिन ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आज एकै दिन ३३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता...

खै प्रशासन कार्यालयमा सामाजिक दुरी ?

डडेल्धुरा । डडेल्धुरा जिल्ला प्रशासन कार्यालयमा सामाजिक दुरीको धज्जी उडाएको छ । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दोस्रो पटक लकडाउन थप्ने मनस्थितिमा पुगेको...

प्रभु साहको प्रश्न– ‘हत्यारासंग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन ?

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् । आज...

केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)