Sunday, June 13, 2021
Home अर्थ निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

मधुजंग पाण्डे,

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् ।

विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत १६ वैशाखदेखि जारी राखेको काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश ठाउँको निषेधाज्ञाकै समयमा हाल उत्पादक र विक्रेताले छडमा प्रतिकेजी ३० प्रतिशत र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

निषेधाज्ञा लागू भएको ११औं दिन सोम्बारसम्म छड, सिमेन्टलगायत विभिन्न निर्माणजन्य वस्तुको भाउ अस्वाभाविक रूपमा अत्यधिक बढाएको आमउपभोक्त एवं सरोकारवालाको भनाइ छ । उनीहरूले कोरोना कहर र निषेधाज्ञाको मौका छोपेर व्यवसायीले यसरी निर्माणजन्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको बताएका छन् । उनीहरूका अनुसार निषेधाज्ञा लागू भएको एक साता बित्न नपाउँदै छड र सिमेन्ट उत्पादक तथा विक्रेताले प्रतिकेजी छडमा ३० प्रतिशत र प्रतिबोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि गरेको जानकारी गराएका छन् ।

– छडमा ३० प्रतिशत, सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ बढ्यो
– उत्पादक र बिक्रेताले कोर्टेलिङ गरेको निर्माण व्यवसायीको आरोप

अहिले सिमेन्ट मात्रै होइन निर्माणजन्य सम्पूर्ण सामग्रीको मूल्य बढेको छ । फलामजन्य निर्माण सामग्रीअन्तर्गत विभिन्न साइजका डन्डी, जीआई तार, ग्याल्बिन तार, पाइपलगायतका सामग्रीको मूल्यवृद्धि भएको छ भने अन्य खानीजन्य निर्माण सामग्रीको मूल्य पनि अत्यधिक बढेको छ ।

निर्माण सामग्रीको मूल्यवृद्धिसँगै कृत्रिम अभाव भएपछि हाल काठमाडांै उपत्यकालगायत मुलुकभरको निर्माणका काम ठप्प भएको निर्माण व्यवसायीको गुनासो छ । महामारीको समयमा नै उद्योगी÷व्यवसायीले मिलोमतोमा मूल्यवृद्धि तथा कार्टेलिङ गरेको आरोप निर्माण व्यवसायीको छ ।

उनीहरूका अनुसार अहिले निर्माणजन्य सामग्रीको अभावसँगै फलामजन्य सामग्रीमा प्रतिकेजी २० देखि २५ रुपैयाँ र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ । यस्तो विषम परिस्थितिमा पनि निर्माणजन्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि भएपछि अस्वाभाविक रूपमा बढाइएको मूल्यवृद्धि रोक्न निर्माण व्यवसायीले केही दिन अघि वाणिज्य तथा आपूर्ति उपभोक्ता हित संरक्षण विभागलाई मूल्यवृद्धि रोक्न भन्दै ध्यानाकर्षणसमेत गराएका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोहन दाहालले यस्तो जानकारी गराएका हुन् । उनले अहिले मुलुक र सम्पूर्ण देशवासीलाई परेको यस्तो विपत्तिको विषम परिस्थितिमा सबैले मिलेर कोरोनासँग लड्दै काम गर्नुपर्ने ठाउँमा उल्टै उत्पादक र विक्रेताले कार्टेलिङ गरी निर्माणजन्य वस्तुहरूको मूल्यवृद्धिसँगै कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए ।

मुलुकको धेरै ठाउँमा निषेधाज्ञा लागू भएपछि निर्माणजन्य सामग्रीको माग पहिलेको तुलनामा केही कम भए पनि हाल यस्तो सामग्रीको मूल्य भने अत्यधिक बढेको बताउँदै महासंघका महासचिव दाहालले भने, ‘सरकारले निषेधाज्ञा लागू गर्नुअघि डन्डीको मूल्य प्रतिकेजी ८० देखि ८५ रुपैयाँ थियो । हाल प्रतिकेजी फलामे डन्डीको भाउ बढेर १ सय ७ रुपैयाँ पुगिसकेको छ ।’ अझै बढ्छ भन्ने कुरा पनि आइरहेको भन्दै उनले हाल सिमेन्टमा पनि प्रतिबोरामा २५ रुपैयाँ बढेको जानकारी दिए ।

सरकारले गत १६ वैशाखदेखि काठमाडांै उपत्यकामा निषेधाज्ञा सुरु गरेको थियो । उनले निषेधाज्ञा गरेको ११औं दिन सोमबारसम्म यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकार चुप लागेर बसेकाले अहिले निर्माण व्यवसायी मात्र नभएर आमउपभोक्ता मारमा परेको बताए । यो एक साताकै अवधिमा निर्माण सामग्रीको मूल्य यसरी अत्यधिक बढ्दा पनि सरकार मौन बस्नुमा अहिले आफूहरू अचम्ममा परेको उनको भनाइ छ ।

यसअघि महासंघको तर्फबाट निर्माण व्यवसायीले मूल्यवृद्धि रोक्न भनेर बजार नियमनकारी निकाय वाणिज्य विभागको ध्यानाकर्षण गराएको जानकारी गराउँदै उनले विभागले अब निर्माण सामग्रीको बजारभाउ नियन्त्रणमा लिन अनुगमन गर्ने प्रतिबद्धता जनाए पनि अझै भाउ नघटेको बताए ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले भने हाल सिमेन्टको मूल्यवृद्धि नभएको दाबी गरेका छन् । उनले ढुवानीमा प्रतिबोरा ५÷१० रुपैयाँ कसैले बढाएको भए बेग्लै कुरा भए पनि उत्पादक उद्योगले भने सिमेन्टको मूल्य नबढाएको बताए । सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले जानकारी गराएअनुसार अहिले सिमेन्ट प्रतिबोरा पीपीसीकोे ६ सय रुपैयाँ र ओपीसीको ७ सय रुपैयाँ फ्याक्ट्री मूल्य छ । यो निषेधाज्ञा लागू हुनुभन्दा पहिलेकै मूल्य भएको उनको दाबी छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि अहिले निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै गुनासो आउन थालेपछि अनुगमन सुरु गरेको बताएको छ । विभागका अनगुगमन शाखा प्रमुख शिवराज सेढाईंले अहिले विभागले निर्माण सामग्रीमा कमै अनुगमन गरेको भए पनि यसरी गुनासो बढ्न थालेपछि तीव्रता दिएको बताए ।

अहिले कोरोना भाइरसको महामारीमा आफूहरूको ध्यान अत्यावश्यक उपभोग्य बस्तु र स्वास्थ्य सामग्रीमा भएको र निषेधाज्ञामा निर्माण सामग्रीका पसलहरू बन्द हुनुपर्ने भएकाले र दिउँसो झट्ट हेर्दा पसल बन्द देखिएकाले अनुगमन गर्न समस्या भइरहेको बताउँदै सेढाइँले भने, ‘हाल गुनासो आएअनुसार हामीले अनुगमन गरिरहेका छौं ।’

निर्माण व्यवसायीले जानकारी गराएअनुसार अहिले सरकारले स्वास्थ्य सुरक्षा अपनाएर निर्माणका काम गर्न पाइने भने पनि सरकारका विभिन्न निकायबीच अपसी समन्व नभएका कारण निर्माणका काम ठप्प भएका छन् । गत वर्षको भन्दा अहिलेको कोरोना भाइरसको संक्रमण फैलने दर निकै चर्को र मृत्यदर पनि उच्च रहेका कारण अहिलेको निषेधाज्ञामा मान्छेहरूको चहलपहल कम भएको, निर्माण सामग्रीको अभाव र अत्यधिक मूल्यवृद्धिले थालिएका विभिन्न निर्माण आयोजनाको काम ठप्प भएको अधिकांश निर्माण व्यवसायीको भनाइ छ ।

(Visited 129 times, 1 visits today)
Loading comments...

आजको समाचार

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

जव दुई छोरीले बाबुको लास बोकेर घाट पुर्याए

उदयपुर । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि...

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ ताेला सुन

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार...

मुख्यमन्त्रीलाई बधाई दिँदै भीम रावलले भने ‘विधि पद्दति मिच्नेहरुले शिक्षा लिने कि ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

ट्रेन्डिङ

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

मोरङ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ३७ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार महानगरपालिकाको छैठौं नगर...

अझै सचेत छैनन् व्यापारी

काठमाडौं । खाद्य तथा तरकारी व्यवसाय गर्दै आएका व्यापारीले अहिले पनि सामान्य स्वास्थ्य मापदण्ड नै पूरा नगरी व्यापार गर्ने गरेको पाइएको छ । सरकारले...

राष्ट्रिय उमा कुङफु सुरु

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता बसुन्धरास्थित ऋत एकेडेमीमा शुक्रबारदेखि सुरु भएको छ ।...

भागरथी हत्या प्रकरणमा प्रहरीको सफलता

प्रहरीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा एक जना युवालाई गिरफ्तार गरेर अनुसन्धानको प्रक्रियालाई विश्वसानीय बनाउँदै लगिरहेको छ । जनतामा विश्वास र...

बाढीपहिरो पीडितलाई सहयोग जारी : कराँतेका केन्द्रीय महासचिवले दिए १ लाख

सिन्धुपाल्चोक । बाढीपहिरोको चपेटामा परीरहेको बाह्रविसे नगरपालिकाका विस्थापितहरुका लागि विभिन्न सहयोगी संघ संस्था र व्यक्तिहरुले राहात सामग्री सहयोग गरिरहेका छन् । असार २५ गते...

अझै साढे ६ खर्ब बढी बेरुजु

काठमाडौं । बेरुजु फछ्र्योटमा उच्च सक्रियता देखाएको सरकारले अझै विभिन्न निकायबाट उठाउनुपर्ने बेरुजु रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।...

पेट्रोलियम पदार्थ अन्वेषण : साईस्मिक सर्भेको सात काम सम्पन्न

दैलेख । पेट्रोलियम पर्दाथ अन्बेषणका दश वटा लाईन मध्ये सातवटा साईस्किमको काम सम्पन्न भएको छ । जिल्लाको नाभिस्थान शिरिस्थान पादुका ज्वाला रहेको धार्मिकस्थललाई आधार...

जहाँ को-यो, त्यहीँ दिइयो

सकुन्दा पर्वत (ललितपुर) । कुक यात्रा समूहले २५ सय मिटर उचाईमा पुगेर बनाएको चित्रकला कालेश्वर मन्दिर जिर्णोद्वार समिति अध्यक्ष चरसुन्दर महर्जनलाई ‘अन द स्पट’...

दुई तीन दिनमा डिस्चार्ज हुन्छु : महामन्त्री कोइराला

काठमाडाै‌ं ।  नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । आज भिडियो सन्देश जारी गर्दै...

प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि संघ सरकार इमान्दार हुन नसकेको बताएका छन् । मानव अधिकार पत्रकार संघले जनकपुरमा...

भारतीय सेनामा भर्ती हुन नसकेपछि मानसिक सन्तुलन गुम्यो, अनि बाँधिए साङ्लोमा

लमजुङ । लमजुङमा ३० वर्षसम्म फलामको साङ्लोमा बाँधिएर पशुतुल्य जीवन बिताइरहेका एक व्यक्तिको उद्धार गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय...

रिपोर्टरको डायरी : पाेहाेर साल भाेकै सुतेका ति दिनहरू…

राजबिराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका झलही मण्डलको दुई साता यता आँखामा निद्रा पर्न छाडेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेपछि लकडाउन, निषेधाज्ञा, बन्दी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)