Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश १पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

,
sharethis

भद्रपुर । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा ९माओवादी०का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।

उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोग्नुभएको थियो । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए । भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेका र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।

(Visited 332 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

साताका लोकप्रिय समाचार

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

नेपाल चलचित्र कलाकार तथा मजदुर संगठनमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठनको पाँचांै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बेलुका काठमाडौंमा सम्पन्न सो अधिवेशनले खगेन्द्र प्याकुरेलको...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले आज मंगलबार विज्ञप्ती जारी गरी सो घोषणा...

महाकाली घटनामा भारतले क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

ट्रेन्डिङ

असन्तुष्ट नेता राजपा ब्युँत्याउन तयारी थाल्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समितिको चयनप्रति असन्तुष्ट नेताहरू पुरानै पार्टी ब्युँताउने तयारीमा जुटेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र...

सिमामा रोकिएका नेपाली भन्छन् ‘सरकार हामीलाई आफ्नो देस छिर्न नदिने हो भने गोली ठोक’

दार्चुला । भारतमा कुल्ली (मजदुरी) गरेर फर्किएका नेपालीहरुको उद्धार गर्ने नेपाल सरकारको निर्णय गरेपनि त्यसको कार्यान्वयन नहुँदा सयौं नेपाली अहिले धारचुलाको गाई बाध्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)