उकालो लाग्दै मृत्युदर,अवस्था थप जटिल

काठमाडौं । देशभर कोरोना संक्रमित र मृत्युदर उकालो लागेपछि अवस्था थप जटिल बन्दै गएको छ । अधिकांश अस्पताल कोरोना संक्रमितले भरिभराउ छन् भने अक्सिजन, सिलिन्डर, रेम्डेसिभिरलगायत औषधि चरम अभाव छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण दरको ‘ग्राफ’ दोब्बर बढ्न थालेको छ ।

सरकारले निषेधाज्ञा जारी गरे पनि संक्रमण नियन्त्रणमा आउनुको साटो झनै बढ्दो क्रममा पाइएको छ । मंगलबार मात्रै २ सय २५ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्या संक्रमण सुरु भएदेखि हालसम्मकै उच्च हो । अहिलेसम्म ४ हजार ८४ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ६ सय ३१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

गत बुधबार ५८, बिहीबार ५४, शुक्रबार ५०, शनिबार ५३, आइतबार ५२, सोमबार १ सय ३९ जनाको मृत्यु भएको छ । संक्रमित संख्या बढेसंगै देशभरका अधिकांश अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना गर्नै छाडेका छन् । समाचार तयार पार्दासम्म सक्रिय संक्रमित संख्या ९७ हजार ८ जना छन् ।

मंगलबार थप ९ हजार ४ सय ८३ मा कोरोना भाइरस संक्रमण देखिएको छ । २० हजार ५ सय ९६ को पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गरिएको छ । हाल, ४ सय ४८ संक्रमित क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ हजार ८४ जना आईसीयू र २ सय ९० संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश १ मा १ सय २७ आईसीयू र २९ भेन्टिलेटर, प्रदेश २ मा ६० आईसीयू र ३७ भेन्टिलेटर छन् । बाग्मती प्रदेशमा ५ सय २९ आईसीयू र १ सय ८४ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८२ आईसीयू र ११ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ६० जना आईसीयू र १३ जना भेन्टिलेटर, कर्णालीमा १ सय २ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ आईसीयू र ८ जना भेन्टिलेटरमा छन् ।

रोकथाममा स्वास्थ्य संरचना

सरकारले कोरोना रोकथममा स्वास्थ्य संरचना तयारी अवस्थामा रहेको बताए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन । अझै शैया, अक्सिजन अभावमा दैनिक गम्भीर प्रकृतिका संक्रमितले ज्यान गुमाइरहेका छन् ।

मन्त्रालयका अनुसार सरकारको नियन्त्रणमा १६ हजार शैया छन् । निजी क्षेत्रबाट पनि अक्सिजन आयात तयारी थालिएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी अक्सिजन उत्पादन क्षमता र मागमा अन्तर हुँदा गम्भीर संक्रमितले समस्या भोग्नुपरेको बताउ“छन् । ‘उत्पादन क्षमता र मागमा अन्तराल आएको छ,’ उनले भने, ‘मागअनुसार आपूर्ति गर्न नसकेको अवस्था छ ।’
५१ सरकारी र ३६ निजी अस्पतालबाट कोरोना परीक्षण भइरहेको जनाएको छ । जसअन्तर्गत १ हजार ७ सय ५ आईसीयू र ५ सय ७० भेन्टिलेटर व्यवस्था गरिएको छ ।

मन्त्रालयले २९ अस्पतालसँग सम्झौता गरी संक्रमितको निःशुल्क उपचार गर्दै आएको छ । ६ सय ४९ स्थानीय तहमा पाँच शैयाको कोभिड अस्पताल स्थापना गरी सञ्चालनका लागि ६४ करोड ९० लाख बजेट निकासा गरी अस्पताल सञ्चालनमा आइसकेको छ ।

अक्सिजन प्लान्ट सुदृढ गर्दै आएको जनाउँदै मन्त्रालयले ९ सय ६६ अक्सिजन सिलिन्डर खरिद गरेको थियो । चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने प्रक्रिया अघि बढिसकेको छ । जसमध्ये मंगलबार चार सय सिलिन्डर आइपुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बिग्रिएका अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको बताए । प्रत्येक कोभिड अस्पतालमा रेम्डेसिभिर पु-याउने योजना छ । स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइनेसमेत मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिदका लागि अमेरिका, रसिया, बेलयात, चीनलगायत देशसँग पहल भइरहेको पनि बताए । कोरोना महामारीस“ग जुध्न अर्थ मन्त्रालयले थप १४ अर्ब स्रोत सुनिश्चित गरेको छ ।

कोरोना संक्रमित संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने भएको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले उपत्यकाका सबै सरकारी अस्पतालमा कोभिड उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकौलमा कांग्रेसको खाता खुल्यो, अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी