Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ३ कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

निराजन पौडेल,

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर बढ्दै गएपछि अन्तर्राष्ट्रिय क्षेत्रले सक्रियता बढाउन थालेको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका ‘द गार्जियन’ अनलाइन संस्करणमा विश्वका ठूला देशसँग सहयोगका लागि आह्वान गरेपछि अन्तर्राष्ट्रिय निकायले सहयोग पहल थालेका हुन् ।

हाल, नेपालमा दैनिक ९ हजारको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् भने सयभन्दा बढीको ज्यान गइरहेको छ । अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाइरहेको स्थिति छ । स्वास्थ्य संकट गहिरिदै गइरहेकै बेला अन्तर्राष्ट्रिय नियोगले सहयोगका लागि अपिल गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ नेपालस्थित आवसीय संयोजक सारा बेयसोलो नयन्तीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन निर्माता मुलुकसँग अपिल गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालले २० प्रतिशत नागरिकलाई भ्याक्सिन पु-याउन नसकेको र अहिलेको अवस्थामा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएकी छन् ।

त्यस्तै, अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न करिब ४ करोड अमेरिकी डलर सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासको ट्वीटरमा उल्लेख भएअनुसार अमेरिकी रक्षा मन्त्रालयले कोभिड–१९ विरुद्ध लड्नका लागि अक्सिजन थेरापी, पीपीई, मेडिकल सामग्री प्रदान गरेको जानकारी दिएको छ ।

त्यस्तै, कोभिड–१९ विरुद्ध जुध्न चीनले नेपाललाई ३ हजार ५ सय सिलिन्डर अक्सिजन सहयोग गर्ने प्रतिबद्धताअनुसार मंगलबार मात्रै पहिलो खेपमा चार सय थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर आइपुगेको छ । कोभिड–१९ दोस्रो लहर फैलिएसँगै अक्सिजन र भेन्टिलेटर अभावका कारण दैनिक मृत्युदर बढिरहेकै बेला चीनले सहयोग गरेको हो ।

स्विटजरल्यान्ड विदेश मामिला संघीय विभागको एसिया प्रशान्त विभाग प्रमुख राफेल नागेली टोलीले एक साताभित्र नेपालमा कोभिडविरुद्ध लड्न मेडिकल सामग्री पठाउने प्रतिबद्धता जनाएको छ । स्वीटजरल्यान्डका लागि नेपाली राजदूत मणि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक एन्थोनी कोस्टेलोले पनि कोभिड–१९ दोस्रो लहरबाट आक्रान्त नेपाललाई सहयोगका लागि अपिल गरेकी छन् । बेलायत वैदेशिक मामिला अधिकारीलाई मेन्सन गर्दै उनले आवश्यक अक्सिजन, भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेकी हुन् ।

(Visited 188 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...

अबको प्राथमिकतामा बालस्वास्थ्य सुरक्षा

कोरोना महामारी संक्रमणको दोस्रो लहर तीव्रतामा अघि बढिरहँदा यसको तेस्रो लहर आउने सम्भावनालाई सम्बन्धित सबै पक्षले निकै गम्भीरताका साथ लिएका छन् । बालबालिका बाहेक...

ट्रेन्डिङ

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

अघिल्लो दिन श्रीमति, भोलीपल्ट श्रीमानको निधन

इलाम । इलाममा २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका ४ मा श्रीमान श्रीमतीको मृत्य भएको हो । गएको १५ गते श्रीमतिको मृत्यू...

कोरोनाविरुद्ध प्रकाश सपुतको गीतबाटै प्रार्थना

राजधानी समाचारदाता काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै संगीतकर्मी...

‘यसकारण लिम्पियाधुरा नेपालको हो’

काठमाडौं । सीमाविद्का अनुसार ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई वटा नक्सामा...

‘पुरुषले मात्र तीज गीत गाउनु विकृति हो’

काठमाडौं । तीज हिन्दू धर्मावलम्बी नारीहरूको पर्व हो । यो पर्व आउन अझै केही दिन बाँकी छ । तर, गायक खुमन अधिकारीले यतीबेला आफूलाई...

मनाङका २ शिक्षकमा कोरोना संक्रमण पुष्टि

लमजुङ । कोरोना मुक्त भएको हिमाली पारीको जिल्ला मनाङमा फेरि दुई जनामा संक्रमण पुष्टि भएको छ । मनाङमा कार्यरत दुई जना शिक्षकमा कोरोना संक्रमण...

प्रचण्डकाे नातिनिसंग राजेश हमालकाे रोमान्स

काठमाडौं । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज...

३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार...

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको भनाई

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक...

पोखरा ७ मा एकैपटक १६ संक्रमित फेला

पोखरा। पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो । गण्डकी प्रदेश स्वास्थ्य...

दोलखामा बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते

दोलखा । दोलखाको मेलुङ गाउँपालिकास्थि पवटीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् भने आधा दर्जन बढी सामान्य घाइते भएका छन्...

यी सुन्दरी नायिकाले झुण्डिएर गरिन आत्महत्या

नयाँ दिल्ली । भारतको कन्नडकी चर्चित नायिका जयश्री रमैयाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बंगलुरु स्थित घरमै उनको मृत शरीर भेटिएको थियो । उनले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)