Tuesday, June 22, 2021
Home Editor-Picks के भयो चपली हाइटमा ?

के भयो चपली हाइटमा ?

सुभाष साह,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति बनेको हो ।

सहमतिपछि बिहीबार नै सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका नेपाल समूह नेता तत्कालका लागि पछि हटेका छन् । ४ घण्टा लामो छलफलमा पार्टी विवाद ‘कसरी समाधान गर्ने ’ भन्ने विषयमा गम्भीर रूपमा लिँदै ओली–नेपाल कार्यदल बनाउने निष्कर्षमा पुगेका हुन् ।

एमाले वरिष्ठ नेता नेपालले सञ्चारकर्मीसग ‘कार्यदल बनाएर पार्टीभित्रको समस्या समाधान गरिने सहमति भएको’ प्रस्ट पारे । सांसद पदबाट राजीनामा दिने प्रसंग दुई÷चार दिनलाई टरेको पनि उनले उल्लेख गरे । ‘मैले प्रधानमन्त्रीसमक्ष राखेको ६ बुँदे सर्तसहितको पत्र विषयमा छलफल भयो, फागुन २८ गतेको निर्णय फिर्ता र जेठ २ को अवस्थामा फर्काउन विधि बनाएर जाने सहमतिनजिक पुगेका छौं,’ नेपालले भने, ‘यसका लागि कार्यदल बनाउने र विभिन्न तहमा छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’

उनका अनुसार २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्किनुपर्ने र २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने प्रस्तावमा पार्टी अध्यक्ष ओली ‘सकारात्मक’ देखिएका छन् ।

छलफलअघि ओली सन्देशसहित बिहीबार बिहानै अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । पौडेल– नेपाल छलफलपछि एमाले स्थायी कमिटी बैठक बसेर यसअघि गरिएका कारबाही फुकुवा गर्ने निर्णय गरिएको थियो । यसपछि मात्रै ओली–नेपाल छलफलको वातावरण बनेको हो ।

एमाले नेता गोकर्ण विष्टले यसअघि गरिएको कारबाही फुकुवा गरेपछि पार्टी विवाद समाधान गर्ने वातावरण बनेको बताए । शीर्षनेताबीच छलफल सकारात्मक भएको बताउँदै उनले विवाद क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

ओली–नेपाल सहमतिले पार्टी विवाद समाधान हुने देखिएको छ । कार्यदलले सबै काम गर्ने भएपछि विवाद समाधान हुने निश्चित भएको छ । कार्यदलमा ओली र नेपाल दुवै समूहका नेता रहने भए पनि ‘कति सदस्यीय बनाउने भन्नेबारे खुलाइएको छैन ।

पार्टी विवाद समाधान गरेर एकता जोगाउन विभिन्न तहमा पटकपटक छलफल हुँदै आएको छ । शीर्षका साथै दोस्रो तहका नेताबीचसमेतको छलफलपश्चात् सहमतिको वातावरण बनेको हो । ओली–नेपाल छलफलअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेता नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय भएको छ । पार्टी एकता रक्षाका लागि विगत बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै बैठकले निलम्बन फुकुवा गरेको हो ।

बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखापर्ने परिस्थिति सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ ।

त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै पार्टी झण्डा तीन दिन झुकाउने निर्णयसमेत बैठकले गरेको छ ।

(Visited 211 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

एमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

अबको प्राथमिकतामा बालस्वास्थ्य सुरक्षा

कोरोना महामारी संक्रमणको दोस्रो लहर तीव्रतामा अघि बढिरहँदा यसको तेस्रो लहर आउने सम्भावनालाई सम्बन्धित सबै पक्षले निकै गम्भीरताका साथ लिएका छन् । बालबालिका बाहेक...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

काठमाडौं । पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा...

ट्रेन्डिङ

सिन्धुलीमा ५० वेडको आइसोलेसन बनाउने तयारी, शव व्यवस्थापन चुरेमा

सिन्धुली । सिन्धुलीमा पचास वेडको आइसोलेसन भवन बनाउने तयारी गरिएको छ । सिन्धुलीमा कोरोना संक्रमित बढेसँगै यसको व्यवस्थापन र उपचारका लागि भवन बनाउने निर्णय...

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्

काठमाडौँ । कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा...

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

ठाकुरबाबाले नगरमै संचालन गर्यो विशेषज्ञ सेवासहितको अस्पताल

बर्दिया । आफ्नै घर आगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाइएला भनेर ठाकुरबाबा नगरबासीले सोचेका पनि थिएनन् । स्थानिय सरकारले आफ्नै नगरमा विशेषज्ञसहितको स्वास्थ्य सेवा दिने...

पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट...

सवारी दुर्घटनामा एक दम्पतिकाे मृत्यु

बर्दिया । बर्दियामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एक दम्पतीकाे ज्यान गएको छ । नेपालगञ्ज गुलरीया सडक खण्ड अन्तगर्त पर्ने बढैयाताल- ७, पचासामा शनिबार राति सडक...

अज्ञात समूहद्वारा स्काभेटर आगजनी

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–२ मयूममा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ । अज्ञात समूहले चैनपुर–नुनढाकी सडक खण्डमा काम गर्दे गरेको २ च ...

माग्नोमा ठूला क्लबको चासो

लन्डन । पाँचपटकको विश्व विजेता दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको नयाँ प्रतिभाका रूपमा हेरिएको ब्राजिली युवा प्रतिभा टालेस माग्नो अनुबन्धका लागि युरोपका चर्चित क्लबहरूले चासो...

खाद्य कम्पनीले अनलाइनमार्फत होम डेलिभरी गर्ने

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण...

१२ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका– ३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)