Wednesday, June 23, 2021
Home प्रदेश प्रदेश ३ जसपा विवादकै घेरामा

जसपा विवादकै घेरामा

राजधानी समाचारदाता,

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा छन् ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार बनाउने भट्टराई र यादव प्रयास असफल भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अन्तिम समयसम्म अडान नछोडेपछि भट्टराई–यादव योजना असफल बनेको छ । बिहीबार दिनभर भेटघाट–छलफलमा व्यस्त नेताबीच कुनै सहमति हुन सकेनन् । स्रोतका अनुसार ठाकुर–महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नउभिएपछि भट्टराई र यादव योजना ‘फेल’ भएको हो ।

शीर्षनेतासँगको छलफलपश्चात् ठाकुर र महतोले आफूनिकट सांसदसँग भक्तपुरको एक रिसोर्टमा लगेर छलफल गरे । उनीहरूले कांग्रेससँग सत्ता सहकार्य नहुने भन्दै संसद्मा तटस्थ बसेको प्रस्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनैलाग्दा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले बिहीबार साँझ प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे ।

त्यसअघि उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा भेटेर सरकार निर्माणमा सहकार्य गर्न नसकिने जवाफ दिएका थिए । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले समेत यही निष्कर्ष निकाल्दै बहुमतीय सरकार बनाउने सम्भावना नरहेको जनाएको छ ।

(Visited 184 times, 1 visits today)
Loading comments...

आजको समाचार

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

मेयर सा’ब ११ महिना भो भत्ता खोइ ?

  नुवाकोट । बैंकमार्फत भुक्तानी नगरेकै कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट गत २४ चैतमा सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी...

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

ट्रेन्डिङ

बाबुराम दम्पत्ति कोरोनामुक्त

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।...

कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ मा

काठमाडौं । कांग्रेसले आगामी १९ असोजमा बस्ने केन्द्रीय समिति बैठकक लागि पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यको पीसीआर टेस्ट गर्ने भएको छ । कांग्रेसले महाधिवेशनबारे छलफल...

डिबाला भित्र्याउने एटलेटिकोको प्रयास

म्याड्रिड । स्पेनिस ला लिगाको उपाधि जितेपछि अब एटलेटिको म्याड्रिडको ध्यान अर्को सिजनका लागि खेलाडी अनुबन्धनमा रहेको छ । क्लबले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई...

‘घर फर्कन शान्तिपूर्ण वातावरण र जमिन चाहियो’

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उनका दाह्री लामा र सेता भइसकेका छन् ।...

हिरा बोक्ने आश्वासन दिएर महिलालाई काेठीमा पुर्याउने २८ वर्षपछि पक्राउ

काठमाडौं । मानव बेचविखनमा संलग्न भक्तपुर चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री अपराध गरेको २८ वर्षपछि पक्राउ परेका छन् । अपराध गरेपछि...

कुलमान घिसिङ आजदेखि पदमुक्त !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिन लागेको छ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी...

गारो भत्किएर दाङमा एक महिला घाइते

तुलसीपुर । शान्तिनगरमा घरको गारो भत्किएर च्यापिदा एक महिला घाईते भएकी छन् । शुक्रबार बिहानको साढे २ बजे पुरानो घरको गारा भत्किएर च्यापिदा शान्तिनगर...

राष्ट्रिय अखण्डतामा सबै दल एक

काठमाडौं । नेपालको नयाँ नक्साअनुसारको निशान छापको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम...

११ सय २६ सैनिक शान्ति मिसन जाँदै

काठमाडौं । नेपाली सेनाले कोरोना कहरकै बीच आफ्ना सैनिकलाई शान्ति मिसनमा पठाउने तयारी गरेको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गतको रोटेसनअनुसार सेनाले सुडान,...

किन देउवालाई समर्थन गरेकाे भन्दै महन्थ ठाकुरले साेधे उपेन्द्र यादवलाई स्पष्टीकरण

काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि...

मनै लोभ्याउने ‘शिवपुरी–गोसाईंकुन्ड’ पदमार्ग (फोटोफिचर)

महत्वपूर्ण पौराणिक ग्रन्थ हिमवत खण्ड र शिवपुराणमा उल्लेखित अनेक शिव–कथा, किंवदन्ती र आस्थासँग जोडिएको शिवपुरी–गोसाईंकुन्ड पदमार्ग राजधानीबाट सुरु भएर अति विकट हिमालयसम्म फैलिएको प्राकृतिक,...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)