नेपालगञ्ज मेडिकल कलेजले विद्यार्थीसंग माग्याे थप तीन लाख

सरकारले निर्धारण गरेभन्दा इन्टर्र्नसीपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख रूपैया कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन् । उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने समेत गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र विसं २०७६/ ७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहमा (एमबिबिएसमा ) उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ निर्धारण गरेको थियो । शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो रहेको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेकाले जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

संघर्ष समितिका संयोजक डा मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी सोे चेतावनी दिएका छन् । नेपालगञ्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीकोे । उजुरी आएको बाँकेका प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु