Tuesday, September 21, 2021
Your Ads Here
HomeEditor-Picksओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

ओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

ध्रुव लम्साल,
sharethis

 

ट्वीटरमा नारायण अमृतले लेखे । ओहो संखुवासभाः चैनपुर नगरपालिका–११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि पशुपालन गरिन्छ । तस्विर : भविन कार्की ।

संखुवासभा सहकर्मी भविन कार्कीलाई फोन गरेर भनेँ ‘नारायण अमृतले ट्वीट गरेपछि तपाईंको फोटो थप चर्चित भयो । एउटा गोठाले संस्मरण लेख्नु प¥यो । ओरिजिनल फोटो पठाइदिनु ल ।’ लगत्तै दुई थान तस्विर मेल गरिदिए भविनले ।

हरियो डाँडाको फेरिमा बस्तु चरिरहेको फोटोमा घोत्लिएपछि त ठ्याक्कै ३० वर्ष अघिको सम्झना पो आयो । हाम्रो गाउँमा हुँदो हो त चरिरहेका मध्ये एउटा गोरुको नाम माले अर्कोको रत्ने हुन्थ्यो सातटारेवासीले के राखे थाहा भएन । फोटो हेरिरहँला सीताकुण्डको चौरमा प्वाँले र कलुवा गोरु चरेको याद आइरहयो ।

०४४/०४५ सालतिर बैशाख लागेपछि गर्मी चढ्थ्यो । बिहान हुन्थ्यो । बिहान ६ बजे सुरु भएको स्कुल ११ बजे सकिन्थ्यो । स्कुल र घरको दुरी धेरै थिएन । स्कुल छुटेपछि ५ मिनेटमै पुगिन्थ्यो घर । भात खाने बित्तिकै हाम्रो डिप्टी सुरु हुन्थ्यो गोठालो । गाउँमा पसल त थियो, डटपेन कापी र चुरा पोते किन्नका लागि । मालागेडी र पीपलमेठ पाइन्थ्यो । पशुपति ग्लुकोज र थिन आरारोट बिस्कुट जागिरेका सन्तानले कहिले काँही खान्थे । चामलको बोरा बिक्री हुने पसल थिएन । ढिके नुन किन्न पनि धादिङबेसी पुग्नु पथ्र्यो । तरकारी किन्न पाइन्छ भन्ने थाहै थिएन । फलफूल सिजनमा आफ्नो बारीमा जे फल्छ त्यसैमा सीमित थियो ।

सकेसम्म धेरै खेती गर्थे । असाध्यै धेरै जमिन हुनेहरुले मात्रै खेती गर्न नभ्याएको ठाउँमा अधियाँ दिने गर्थे । लैना बकेर्ना भैंसी, हल गोरु, ८/१० वटा बाख्रा ३/४ वटा गाई एउटा परिवारको स्थायी सम्पत्ति थियो गाउँको मान्छेको । रेडियो सुन्न माष्टरको घर जानु पथ्र्यो ।

मैले स्कुल पढ्दा मेरो गाउँ (निगालपानी) मा ३ कक्षासम्म मात्रै पढाई हुन्थ्यो । ४ कक्षादेखि माओली गाउँ शमिभन्ज्याङ माबिमा मैदीमा पढाई सुरु भयो । मामाका नातीहरु अशोक, उत्तम, कञ्चन, विनोद । मभन्दा उमेरमा क्रमशः साना थिए । यी सबै गोठालो ग्याङका सदस्य थिए । दुई हल गोरु । तीनवटा माउ गाई । तीनका बाच्छा बाच्छीसहित १० वटा जति ।

गाउँमा पसल त थियो, डटपेन कापी र चुरा पोते किन्नका लागि । मालागेडी र पीपलमेठ पाइन्थ्यो । पशुपति ग्लुकोज र थिन आरारोट बिस्कुट जागिरेका सन्तानले कहिले काँही खान्थे । चामलको बोरा बिक्री हुने पसल थिएन । ढिके नुन किन्न पनि धादिङबेसी पुग्नु पर्थ्याे

‘घामले पोल्छा छाता लिएर जाओ । हरेक दिन गाई फुकाउनु अघि माइजुले भन्नु हुन्थ्यो । ‘घाममा धेरै खेल्ने हैन नि ! सित्तलमा बस्नु ।’ हामीले कहिल्यै नाइँ भनेनौं । सँधै हातमा लौरोसँगै छाता पनि बोकेर हिँड्यो । छाता केबल माइजुका लागि बोक्यौ । त्यो छाता बिहान जस्तो लान्थ्यौं बेलुका उस्तै फर्किन्थ्यो । बैशाख, जेठ, असार कुनै महिनामा पनि हामीलाई घामले पोलेन । दर्कने पानीले कति गोद्यो कहिल्यै बिरामी पारेन । पानी पर्दा असाध्यै रमाइलो लाग्थ्यो । मज्जाले भिज्थ्यौ र पानी रहेपछि निचोरेर फड्कारेर लाउथ्यौं । चिसै लुगा लगाएर घर पुगियो भने ‘किन भिजेको ?’ भनेर गाली खाने खतरा हुन्थ्यो ।

हामी मध्ये उत्तम अलि फरक थियो । उ प्रायः घरबाट निस्कने बित्तिकै छाता ओढ्थ्यो । बनमा वा फाँटमा पुगेपछि पनि आराम गथ्र्यो । स्कुलको होमवर्क गोठालैमा गर्ने चलन थियो । सबका झोलामा किताब हुन्थ्यो । हामी केबल शिक्षकलाई देखाउन हतार हतार होमवर्क सकाउथ्यौ । हाम्रा लागि होमवर्कभन्दा खेल्नु महत्वपूर्ण थियो । तर, उत्तम होमवर्क सकाएपछि पढन थाल्थ्यो । हामीलाई मन पर्थेन् । एकलकाटे भनेर कुरा काटथ्यौ । स्कुलमा कहिल्यै दोस्रो नभएको उ अहिले अमेरिकामा सानका साथ बसेको छ । शायद उसले पहिल्यै संकेत देखाएको थियो । हामीले बालै दिएनौं ।

हामीलाई त गोठालोमा पढ्नै होइन, डण्डिबियो खेल्दा पाँच हात फर्काउने, तीन कान्ला नाघेर हाम फाल्ने, रुखका टुप्पा टुप्पामा पुग्ने अनि गुलेली तनक्क तन्काएर चरालाई हान्ने मान्छे मन पथ्र्यो । उत्तम यस कुरामा हामीभन्दा फरक थियो । मुडी पनि । गोठालोमा झडगा प-यो भने बेलुकासम्मै रिसाइरहन्थ्यो । अरु मै जस्तै थिए सरका लागि होमवर्क गरिदिने । यो त भयो हाम्रो घरकै ग्याङ । साथीहरु उस्तै खतरा थिए । सुरेन्द्र अधिकारी (अहिले स–परिवार लण्डनमा छन्) सबैभन्दा जेठा । उनलाई हिसाब खुब मन पथ्र्यो । अघिल्लै दिन भन्थे ‘भोली हिसाबको किताब नछुटाउनु है म तिमीहरुलाई सिकाउँछु ।’
प्राय उनी प्राय भुइँमा बस्दैन थिए । बुढो चिलाउनेको तेर्सो हाँगामा बस्थे र हामीलाई पनि वल्लो–पल्लो हाँगामा बस्न लाएर सिकाउथे । हिसाब सिकाएवापत हामीलाई फकाई फकाई गोरु फर्काउन लाउँथे । हामी खुरुक्कै मान्थ्यौं किनकी अरुले झैं हाम्लाई रुख नचढ लडिन्छ भन्दैन थे ।

हामीलाई त गोठालोमा पढ्नै होइन, डण्डिबियो खेल्दा पाँच हात फर्काउने, तीन कान्ला नाघेर हाम फाल्ने, रुखका टुप्पा टुप्पामा पुग्ने अनि गुलेली तनक्क तन्काएर चरालाई हान्ने मान्छे मन पर्थ्याे

रुख चढ्न हामी बाँदर जत्तिकै सिपालु थियौं । सीताकुण्ड, पुर्सुक पाखो र दशमुरे क्षेत्रमा हामी नचढेका चिलाउनेको रुख कुनै पनि छैन । कुनै अप्ठ्यारो रुख चढ्यो भने ‘बहादुर’ को उपाधी पाइन्थ्यो । त्यसकारण हामी सबै बहादुर बन्नका लागि जुनसुकै रुखका पनि टुप्पामा पुग्थ्यौ । हाम्लाई काठमाडौमा धरहरा छ भन्ने थाहा थिएन । टुप्पोमा पुगेपछि भन्थ्यौ । ‘मैले आकाश छोएँ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

गोठालो ग्याङ मध्येका अर्का प्रिय थिए अर्जुन दाई । ०४५ सालमा स्कुलमा स्थानीय पञ्चहरुले गरेको ज्यादतीबिरुद्ध आन्दोलनमा सहभागी भएवापत छ कक्षा पढ्दै गरेका अर्जुन दाईसहित पाँच जना विद्यार्थीलाई पञ्चायत समर्थक स्कुल प्रशासनले रेस्टिकेट गरिदियो । त्यसपछि पढिरहने झन्झट बोहेरेनन् । स्कुलमा भेट नभए पनि गोठालोमा हाम्रो नियमित भेट हुन्थ्यो ।

उनी हाम्लाई यसकारण रमाइलो लाग्थ्यो । दशमुरेको भिरालो चौरमा चिलाउनेको ठूलो हाँगा काटेर घिसारी खेल्ने चलन थियो । हामी भूरा पाटीलाई एकै पटक चार जना राखेर घसस पार्दै दौडिन्थे । हामीमध्ये कतिपय बीचमै छुट्थेम् । थर्काउथे ‘राम्रोसँग समाउनु पर्दैन तेरो पालो सक्कियो । अब मलाई तान ।’

उनी यसो पनि भन्थे ‘मैले तीमेरु चार जनालाई खेलाएँ अब मलाई तिमीहरुले चारपटक घिसार्नु पर्छ ।’ उनी गाडीको स्टेरिङ समाएको स्टाइलमा अगाडीको मोटो हाँगो च्याप्प समाएर बस्थे हामी चार पाँच जना मिलेर उसैगरी घिसाथ्र्यौ । जब हामी घिसार्न सुरु गथ्र्यौ । उनी आदेश दिन्थे । कुद केटा हो कुद् । उनलाई घिसार्दा हाम्रो ज्यानमा पसिना पसिना आउथ्यो । तर, पनि हाम्लाई कहिल्यै नमज्जा लागेन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

बैशाख, जेठमा कतै पनि बाली हुन्थेन । त्यसकारण गोठालो जानु एकखालको मस्तिको काम थियो । बनमा लगेर गाईबस्तु छाडेपछि दिनभरि मस्तिले चर्थे । हराउने वा अरु कसैको बाली चोर्ने डर हुन्नथ्यो ।

हामीलाई ‘घामले पोल्छ छाता लिएर गोठालो जा’ भन्ने पुस्ताहरु अहिले पनि घर कुरेर पिँढिमै बसेका छन् । ती पनि छोरा नातीसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दागर्दै अर्कै भइसके । भोक लाग्दा हाँडीमा मकै भुट्दैनन्, पसलको चाउचाउ किनेर ग्याँस चुल्होमा उमाल्छन्

प्रायः ५ बजेतिर गाई बस्तु उकालो लगाउने चलन थियो । घडी कसैको हातमा थिएन । घाम हेरेर बेला ठ्याक्कै अड्कल हुन्थ्यो । जब गाई बस्तु उकालो लगाउने बेला हुन्थ्यो । उनीहरु यति मज्जाले चर्थे । लौराले पिटी– पिटी बाटो लगाउनु पथ्र्यो ।

अहिले पनि कसैले गोठालो गएको कुरा सुनाउँदा । गोठालो वा मेलापातको कुरा गर्दा भित्रैदेखि सरक सरक भएर आउँछ । समय यसरी बद्लियो । अबका पुस्ताले चाहेर पनि गोठालो गएर सिलिली खेल्न पाउँदैनन् ।

राता, चिल्हा, र जुरो भएका गोरु हेर्नका लागि अब माघेसक्रान्ती छेको पारेर नुवाकोटै पुग्नु पर्ने भइसक्यो । घर–घरै वितरण गरिएका हाते ट्याक्टरले जुरे गोरु मात्रै बिस्थापित गरिदिएन, युवा पुस्ता शहर वा विदेशमा रमाउन थालेपछि घर अगाडीको पाटोमा समेत तितेपाती र बनमाराले आफ्नो साम्राज्य विस्तार गर्न थालेको छन् । हामीलाई ‘घामले पोल्छ छाता लिएर गोठालो जा’ भन्ने पुस्ताहरु अहिले पनि घर कुरेर पिँढिमै बसेका छन् । ती पनि छोरा नातीसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दागर्दै अर्कै भइसके । भोक लाग्दा हाँडीमा मकै भुट्दैनन्, पसलको चाउचाउ किनेर ग्याँस चुल्होमा उमाल्छन् ।

शहरमा बोडिङ स्कुल पढेका केटा केटीहरु आफ्नै हजुबा हजुरआमाको गुँडमा पनि पाहुन झैं जान्छन् । खुर्पेठ्याक, हलो, हलो जुवा चिन्दैनन् । मदानी देखे भने आमालाई सोध्छन् ‘ह्वाट इज दिन सेम टु फ्यान ।’

धन्न गाउँ ठाउँमै रमाइरहेका भविन कार्कीहरु छन् र बेला बेलामा हलो जोतेको, गाई चरेको वा दाउरा चिर्दै गरेको तस्विर पठाउँछन् समाचारसहित । हामी सुकुल गुण्डाजस्ता दिनै पिच्छे कोट फेर्दै, पालिस लाएको जुत्ता बजाउदै पिच सडक नाप्नेहरुलाई गाउँ सम्झाइदिन्छन् ।

भविनले फोटो मात्रै खिचेका हुन् कि गोठालो पनि गएका छन् भलाकुसारी भाछैन । यत्ति चाँही भन्छु । भविन सातटारेमा चरिरहेका गाईलाई साँझ परेपछि गोठमा बाँधिराख्न भन है । म एकदिन आउँछु घडी नबाँधिकन । हामी गोठालो जानुपर्छ । चौरमा बस्तु चर्न थालेपछि डण्डिबियो खेलौंला । तिम्ले पाँच हात खान पर्छ है । खेल्दा तिर्खा लाग्छ नजिकै रहेको कुवामा गएर पानी खाउला त्यसपछि म रुखको हाँगामा बसेर पात बजाउँछु । तिमी चौरीमा नाँच्नु पर्छ । घाम हेरेर बस्तु भाउलाई गोठ लैजाम्ला । मैले पात बजाएको र तिमी नाँचेको फोटो नारायण अमृतलाई मेल गरौंला ‘ओ डियर’ लेख्दै फेरि ट्वीटरमा पोष्ट गर्नेछन् नारायणले । त्यसपछि हामी पनि भाइरल ।

तपाइको प्रतिक्रिया

(Visited 1,165 times, 1 visits today)

आजको समाचार

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

साताका लोकप्रिय समाचार

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

  धनगढी । धनगढीमा दुई जना कोरोन संक्रमितको मृत्यु भएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको...

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

ट्रेन्डिङ

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

सिटीलाई १० अंकको अग्रता

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता लिएको छ । उसले बिहीबार बिहानको खेलमा एभरटनलाई ३(१ ले पराजित गरेपछि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)