Friday, June 18, 2021
Home Editor-Picks ओली ४२औं प्रधामन्त्री

ओली ४२औं प्रधामन्त्री

महेश्वर गौतम/ टेनिस रोका,

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी प्रमुख बनेका ओली कम्युनिस्ट घटक दलबाट धेरैपटक प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् ।

रक्षा आफैंसँग राखे, पुरानैलाई निरन्तरता

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त ओलीलाई शुक्रबार विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (३) को व्यवस्थाअनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसअघि, ४१औं प्रधानमन्त्रीका रूपमा ३ फागुन २०७४ मा संविधानको धारा ७६ (२) अनुसार उनी नियुक्त भएका थिए । त्यसबखत प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यका रूपमा उनले शपथ लिएका थिए ।

तर, उनलाई त्यसबखत समर्थन गरेका माओवादी केन्द्र र अन्य दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले गत २७ वैशाखमा प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए । तर, विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि दललाई तीन दिनको समय दिएर आह्वान गरेकी थिइन् । समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो ।

समयसीमाभित्र प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति भण्डारीले संसद्मा सबैभन्दा बढी सदस्य रहेको संसदीय दल नेताको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित भए ।

रक्षा मन्त्रालय आफैंसँग
प्रधानमन्त्री ओलीले यसअघिको कार्यकालजस्तै रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उपप्रधानमन्त्री बनाएका छन् । अन्य मन्त्रीमा रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विष्णुप्रसाद पौडेल अर्थमन्त्री, प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री, हुदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, लेखराज भट्ट उद्योग, वाणिजय तथा आपूर्ति, कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि, प्रभु शाह सहरी विकास, भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाएका छन् ।

यसैगरी, मणिचन्द्र थापा खानेपानी, पद्माकुमारी अर्याल कृषि तथा पशुपक्षी विकास, वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा, पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि, शिवमाया तुम्बाहाङफे भूमि व्यवस्था सहरी तथा गरिबी निवारण, लिलानाथ श्रेष्ठ कानुन न्याय तथा संसदीय मामिला, गणेशसिंह ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका छन् ।

ओलीले प्रेमबहादुर आले वन तथा वातावरण, जुली कुमारी महतो महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा तामाङ युवा तथा खेलकुद, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री, विमला विक उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । उनीहरूमध्ये कसैको पनि यसअघिको कार्यकालको जिम्मेवारी हेरफेर र थपघट गरिएको छैन ।

प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला सबै राजनीतिक दल एकजुट भएर नियन्त्रणमा लाग्न आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताएका छन् । सरकारलाई प्रतिगमनमा गएको देख्नेले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको उनले उल्लेख गरे ।

यतिबेला पनि केही अस्थिरता चाहनेले मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने र देशमा प्रतिगमन उल्लेख गर्ने गरेको पाइएको उनले जनाए ।

‘आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरूले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्,’ उनले थपे ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

साताका लोकप्रिय समाचार

गण्डकीको नीति तथा कार्यक्रम : रोकथाम तथा उपचारमा महत्व

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा उपचारमा महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

तर, वर्तमान उही छ

कविता आज बाँचियो भन्ने खुसीले हरेक साँझ बितेको छ, भोलि शान्ति आउने आशले हरेक रात बितेको छ, नवीन बिहानीको खोजीमा हरेक बिहान बितेको छ तर, तर, वर्तमान उही छ । मान्छेको जमघटदेखि...

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

ट्रेन्डिङ

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

भरतको ५० गोल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्डसमेत रहेका विभागीय त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले नेपाली शीर्ष श्रेणीको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोलको...

अर्घाखाँचीमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

अर्घाखाँची । यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा...

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित...

मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर

गौर । शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण...

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको...

कोरियामा राईको मृत्यु

धनकुटा  । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका...

युभेन्टसद्वारा प्रशिक्षक पिर्लो बर्खास्त

युभेन्टस । इटालियन टोली युभेन्टसले प्रशिक्षक आन्द्रिए पिर्लोलाई जिम्मेवारी दिएको एक सिजनमा नै बर्खास्त गरेको छ । सन् २०१२ पछि पहिलोपटक लिग उपाधि जित्न नसकेपछि...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको...

गण्डकीमा -यापिड डायग्नोस्टिक टेष्ट द्रुत गतिमा, ५ दिनभित्रै सकिने

पोखरा । गण्डकी प्रदेशमा -यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) दू्रतगतिमा अघि बढेको छ । आगामी १० वैशाखसम्म सो प्रकारको टेष्ट सक्ने लक्ष्य लिइएकोमा ५ बैशाखभित्रै...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

सक्रिय उमेर समूहलाई कोरोना संक्रमण अत्यधिक

काठमाडौं । सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहकालाई कोराना संक्रमण पुष्टि भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३०...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)