Friday, June 18, 2021
Home Breaking News २ जेठ २०७५ मा फर्किन ओली सहमत

२ जेठ २०७५ मा फर्किन ओली सहमत

सुभाष साह,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति अबेरसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीचको छलफलमा पार्टी विवाद समाधान गर्न सहमति भएको हो ।

एमाले सचिव गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठमै फर्किने विषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार शीर्ष नेतासहितको छलफलमा कार्यदल बनाएर सहमति जुटाइने भएको छ ।

‘२ जेठमा फर्किएर पार्टी समस्या समाधान गर्ने सहमति भएको छ, त्यसका लागि कार्यदल बनाएर मोडालिटी बनाइने भएको छ,’ विष्टले भने । वरिष्ठ नेता नेपाल समूहले भोलि २ जेठ आइतबार फर्किने विषयलाई ‘बटमलाइन’ बनाउँदै आएको छ ।

कार्यदलमा रहने नेता टुंगो शनिबार ओली र नेपालले लगाउनेछन् । पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता जोगाउने विषयमा ओली र नेपाल सहमत देखिएकाले कार्यदल बनाउने सहमति जुटेको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि बिहीबार ओली र नेपालबीच छलफल भएको थियो । त्यसपछि दुवैतर्फका दोस्रो तहका नेतासहितको छलफल शुक्रबार भएको हो ।

‘आज सौहार्दपूर्ण वातावरणमा छलफल भयो, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो,’ बैठकपछि नेपालनिकट नेता रघुजी पन्तले भने ।

छलफलमा ओलीसहित सो समूह नेता एवं एमाले महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तसमेत सहभागी थिए । ओली समूहबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापासमेत छलफलमा सहभागी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट आएका नेताको जिम्मेवारीलगायतका विषयमा गृहकार्य गर्न कार्यदल बनाउने सहमति पनि भएको छ । अब गठन हुने कार्यदलले यी विषयमा छलफल गरेर प्रतिवेदन बुझाएपछि कार्यान्वयन गरिनेछ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ । तर, आफूलाई सहयोग गर्दै आएका पूर्वमाओवादी केन्द्र नेतालाई पार्टीमा जिम्मेवारी दिनुपर्ने अडानमा रहेका छन् ।

नेपाल समूहले २ जेठ २०७५ पार्टी कमिटीका बैठक राखेर एमाले प्रवेश गरेकालाई सहभागी गराउन सकिने बताउँदै आएका छन् ।

यसैबीच, शुक्रबार वरिष्ठ नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् । छलफलमा केन्द्रीय सदस्यले २ जेठ २०७५ बाट पछि हटेर सहमति नगर्न नेता नेपाललाई सुझाव दिएका छन् ।

(Visited 269 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र...

जसपामा रोकिएन स्पष्टीकरण र कारबाहीको शृङ्खला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किएपछि एकअर्कालाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरे पनि स्पष्टीकरण सोध्ने र कारबाही गर्नेक्रम रोकिएको छैन । जसपा...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा...

ट्रेन्डिङ

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो...

काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको...

अनौठो रोगले एकै घरका चार दिदीबहिनी बिरामी

इलाम । अनौठो रोगका कारण एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका दिदीबहिनी...

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

प्रतितोला ३०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको...

नेपालमा थप २ पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरटीपिसीआर प्रविधिबाट परीक्षण गर्दा रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि...

नेपाल–भारतबीच तत्काल वार्ताको खाँचो

नेपालका दुवै सदनबाट सर्वसम्मतिसहित देशको नयाँ नक्सा पारित भएको छ । विगत लामो समयदेखि भारतले उपभोग गर्दै आएको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसमेत समेटी नयाँ...

मुलुकमा सक्षम नेतृत्वको आवश्यकता

डा. देवीप्रसाद आचार्य हाम्रो देशको जननिर्वाचित सरकारका कार्यशैलीबाट नागरिक किन सन्तुष्ट हुन सकेनन् ? के साँच्चै नेपाली समाजलाई राज्यको आलोचना गर्ने बानी नै बसेको...

कोटेश्वर–कलङ्की सडकखण्डमा सवारीलाई नयाँ नियम

काठमाडौं । ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै...

कोरोनाको मनोवैज्ञानिक पक्ष

चीनको वुहानमा सहरबाट सुरु भएको कोरोना भाइरसको आतंक अहिले विश्वभरि आँधीतुफानझैं फैलिएको छ । कोरोनाको डरले एसिया, युरोप तथा अमेरिका कतिपय स्कुल, कलेज, यातयात,...

अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पु-याऊ : काङग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ...

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

बेइजिइ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)