Tuesday, September 21, 2021
Your Ads Here
Homeसौजन्यकविता : आमा तिमी संसार हौ

कविता : आमा तिमी संसार हौ

ईश्वर विश्वकर्मा ‘क्षितिज’,
sharethis

आमा तिमी संवेदना
भगवान अनि बास्ना हौ
माया, ममताको खानी हौ
सुख्खा जमिननजिकको झरना हौ

आमा तिमी
रुँदै गरेको बालकको मातृत्व हौ ।

त्याग, तपस्या अनि सेवा हौ
आँखाको नानी, कोइलीको आवाज हौ
कलम, कापी र किताब हौ
आमा तिमी
संगीतको खुल्ला विश्वविद्यालय हौ ।
मन्दिर, मन्त्र, गीतको भण्डार हौ ।
आत्माको भगवान हौ
भगवानको साक्षी पात्र हौ
आमा तिमी
जीवनको हवन अनि पूजा हौ ।

सिन्दुर, चुरा, अनि पोते हौ
चुरा लगाउने दरिला हात हौ
बालकका घाउँको औषधि हौ

आमा तिमी
सृष्टिको अभिन्न अंग हौ ।

चौबिस कोटी देवीदेवता हौ
पिरचिन्ता अनि सम्झना हौ
तातोमा चिसो, चिसोमा तातो
अनि,
आमा तिमी
खुल्ला आकाश
पृथ्वी–धर्ती, घरको धुरी हौ
सृष्टिकै सुन्दरतम्
प्रतीक हौ ।

जीवनको मार्गदर्शक
अँध्यारोमा उज्यालो
सन्तानका लागि
आफै रेटिन सक्ने
मेटिइन सक्ने

आमा तिमी
धैर्यशील महाशक्तिको
उपमा हौ ।
विभेद्ले कुनै अर्थ राख्दैन
आमा तिमी
समानताकी रानी हौ ।

 

तपाइको प्रतिक्रिया

(Visited 176 times, 1 visits today)

आजको समाचार

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

साताका लोकप्रिय समाचार

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ?

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरू विभूषण र पदकबाट विभूषित हुनेको नाम छनोट गरेको छ । संविधान दिवसको दिन आइतबार...

दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण...

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

ट्रेन्डिङ

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

बर्तमान सरकार अधिनायकवादी बन्यो : महामन्त्री खड्का

दैलेख । दुईतिहाई बहुमत ल्याएको कम्युनिष्ट सरकार अधिनायकवादी वनेको नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले आरोप लगाए । शुक्रवार दैलेखको ऐतिहास प्रथम जिल्ला सम्मेलनको उद्घाटन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)