गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई भरी अक्जिनका सिलिन्डर प्रदान गरेको पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।
महासंघले वैशाख २५ गतेदेखि अक्सिजन अभियान सञ्चालन गरेर देश तथा विदेशबाट सहयोग रकम संकलन गरेको थियो । उक्त रकममध्येबाट पहिलो चरणमा पाचँ लाखमा २० वटा सिलिन्डर खरिद गरी अस्पताललाई प्रदान गरिएको अर्यालले बताए । महासंघले २० सिलिन्डर दिएसँगै अस्पतालमा अब सिलिन्डरको सङ्ख्या ६८ पुगेको डा. पच्याले जानकारी दिए ।
उनले गुल्मी जिल्लाका पत्रकारहरुले यो विपदमा अत्यन्तै सह्रानिय काम गरेको भन्दै धन्यवाद् दिए । हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुहरुले अभियान सुरु गरे देखि हालसम्म अस्पताललाई अक्सिजनको अभाव हुन नदिएको र आगामी दिनमा पनि अभाव हुन नदिने गरि सक्रिय भएको बताए ।
महासंघले यसभन्दा अगाडी महासंघकै कार्यालयमा राखेका दुईवटा अक्सिजनका सिलिन्डर अस्पताललाई प्रदान गरेको थियो । त्यस्तै शनिबार राति रेसुङ्गा हस्पिटलमा गम्भिर प्रकृतिका बिरामी आएपछि महासंघले दुईवटा सिलिन्डर प्रदान गरेको अध्यक्ष अर्यालले बताए ।