कालिकोट। पुस्तक नपाएरै परिक्षा दिनु पर्ने यहाँका विद्यार्थीहरुको समस्या यो वर्षमा पनि अझै उस्तै हुने भएको छ । कालिकोटकोे नयाँ शैक्षिक शत्र शुरु भई विद्यालय खुलेको एकमिहना बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् ।
जिल्लाका हिमाली जिल्लामा पर्ने तिलागुफा नगरपालिका र महावैका केहि विद्यालयमा पुस्तक नपुग्दै पढाई सुरु भएको छ । विगतका दिनझै यो वर्षमा पनि किताव नपुगेरै परिक्षा दिनु पर्ने वाध्यता कायमै रहने भएको छ । तिलागुफा वाहेक अरु स्थानीय तहका विद्यालयहरुमा अहिले वार्षिक परिक्षा चलिरहेको छ । भने, तिलागुफा र महावैका ३१ वटा विद्यालय मध्यमा अझै १० वटा विद्यालयमा किताव नपुग्दै पढाई सुरु भएको छ ।
हिमाली क्षेत्रका विद्यालयमा शैक्षिक शत्रसुरु भएको महिना पुगिसक्दा पनि विद्यालयमा पुस्तक आउने कुनै छाटकाँट नरहेको सत्यदेवी माविका प्रधानाध्यापक नमराज शर्माले बताए । पुस्तको भरमा विद्यालय बन्द गराँै भने, ‘कोर्ष नसकिने भएकाले पुराना पुस्तक दिएर पढाई सुरु गरेका छौँ । पुराना पुस्तक पनि सवै विद्यार्थिको हातमा छैनन , ‘पाँच विद्यर्थी वरावर एक सेट पुरानो पुस्तक दिएर पढाई सुरु गरेका छौँ ।
कितावको जिम्मा पाएका जिल्लाका निजि पुस्तक पसलहले अहिले सम्म किताव ल्याउन सकिरहेका छैनन । पुराना केहि सेट पुस्तक पुगेका छन , भने, ‘वाँकि पुस्तकनै नछापेका कारण विद्यालयमा पुर¥याउन नसकेको नगरपालिका शिक्षा संयोजक लिलाराज वमले बताए । यस्तै जिल्ला भरिको पुस्तक ल्याउने जिम्मा पाएको हाम्रो स्टेशसनरि सेन्टरले पनि जनक शिक्षा सामागि केन्द्रले, अहिले सम्म किताव नछापेका कारण आफुहरुले समयमै किताव ल्याउन नसकेको पसलका संचालक राजकुमार शाहीले बताए ।
जनक शिक्षा सामाग्रि केन्द्रले पुराना किताव लैजाउ मात्र भनेको छ, कक्षा ७ र २ कक्षाको कोर्ष परिवर्तन गरेका कारण अहिले सम्म किताव खरिदको कुनै सुर सार नरहेको उनले बताए । यहि कारणले जहिले पनि दुर्गमका विद्यार्थि कमजोर हुने गरेको हो । किताव नपाएरै परिक्षा दिनु पर्ने वाध्यतावाट अहिलेको वर्षमा पनि मुक्क्ती नपाउने देखिन्छ ।
पाठ्यपुस्तक सन्दर्भ सामाग्री हो, तर बालबालिकाको क्षमताअनुसार सन्दर्भ सामाग्री नभई अध्ययन गराउन शिक्षकलाई समस्या हुने प्रधानाध्यापक शर्माको दावी छ । च्यातिएका पुराना किताब बाँड्दा पनि बालबालिकाको हातमा एक विषयको किताब मात्र पुग्ने गरेको छ । शिक्षामा स्थानीय सरकारको चासो नै नभएको अन्य शिक्षकको पनि गुनासो छ।
बालबालिका दैनिक पुराना किताब बोकेर विद्यालय जाने गरेको अभिभावक अलि बहादुर विकले बताए ।
स्थानीय एजेन्टले पाठ्य पुस्तक खरिद गरी ढुवानीमा ढिलाइ गरेपछि तत्काल विद्यालयमा पाठ्यपुस्तक र्पु¥याउन निर्देशन दिएको नगरपालिका प्रमुख रतन बहादुर शाहिले जानकारी दिए । केहि विद्यालयमा त पाठ्यपुस्तक पुगिसकेका छन । केहिमा मात्र पुग्न वाँकी छन यस विषयमा आफु गम्भीर भएको उनले बताए।
तिलागुफा र महावैका केहि विद्यालयका २० प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट बञ्चित रहेका छन् । शिक्षा विकास तथा समन्वय ईकाइले खरिद तथा ढुवानी गर्न नपाउने भएपछि स्थानीय सरकारले खरिद गर्दा बालबालिका नयाँ पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका हुन्।
स्थानीय सरकार आएपनि समयमै दुर्गमका विद्यालयमा किताव पुगेनन । स्थानीय सरकार देखिने विकासको होडवाजिमा मात्र चासो देखाउने गरेको नागरिक समाज कालिकोटका अध्यक्ष कालि बहादुर मल्लले बताए । उनका अनुसार, कालिकोटका स्थानीय तह अहिले सम्म पनि कर्मचारी र जनप्रतिनिधि कार्यालयमा आइपुगेका छैनन । देखिने विकासमा मात्र चासो देखाएका छन, विगतका वर्षमा यस क्षेत्रका विद्यायर्थिले किताव हातमा नआएरै वार्षिक परिक्षा दिनु परेको थियो । यो वर्षमा पनि किताव नपुगेरै परिक्षा दिनु पर्ने निश्चत जस्तै छ ।