न्युयोर्क । वैज्ञानिकहरूले यसअघि कहिल्यै थाहा नभएको वायुमण्डलीय संरचना भएको एउटा विशाल तारा पत्ता लगाएका छन् । त्यसको आकृति हिउँ थुपारेर बनाइने ‘स्नोम्यान’ को जस्तो रहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् ।
सो तारा हाम्रो सूर्यभन्दा गह्रौं छ । तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै रहेको बताइएको छ । सो खगोलीय पिण्ड दुइटा ‘ह्वाईट ड्वार्फ’ तारा जोडिएर बनेको विश्वास गरिएको छ । शक्तिशाली सुपरनोभाका रूपमा त्यस्ता ताराको विस्फोटन हुन्छ ।
ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन् । त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डल हराउँछ । ताराको वायुमण्डलमा भएका गह्रौं वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन् । केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हिलिअम ग्यासयुक्त वायुमण्डल हुन्छ ।
यो डब्लुडीजे०५५१प्लस४१३५ नाम दिइएको ताराको वायुमण्डलमा कार्बन पाइएको छ । यो अस्वाभाविक हो । वरिक विश्वविद्यालयका डा.मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रिया’bout थाहा पाउन सहज हुनेछ । उनले भने, ‘यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो । यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम हुन्छन् ।’






