जव घरबेटीले लकडाउनमा डेरा छोड्ने आदेश दिए

मान्छे जतिसुकै शिक्षित किन नहोस्, उसको ब्यबहार राम्रो भएन भने उसले पाएको उपाधिको खास अर्थ हुन्न । म भोक र घरको धन्दा टार्ने उद्देश्यले घर भन्दा केही टाढा जिल्ला सदरमुकाम बस्दै आएकी छु ।

म बसेको वरिपरि आफुलाई शिक्षित दावी गर्ने ब्यक्तित्वको बसाई छ । शिक्षक, शिक्षिका, राजनितिक दलका नेता लगायत विभिन्न पेशामा आबद्धहरुको वसोवास छ । तर, मैले कोरोना संक्रमित भएको वेला थाहा पाएँ । उहाँहरु बाहिरबाट मात्रै शिक्षित भलाद्मी हुनुहुँदो रहेछ । बाहिर मात्रै आदर्शको कुरा गर्नु हुँदोरहेछ । उहाँहरु असाध्यै संकिर्ण हुनुहुँदो रहेछ ।

सिंगै विश्व कोरोना माहामारिमा पर्दा म र म जस्तै अरु बिरामीहरुलाई उहाँहरुले देखाएको ब्यबहारले छर्लङ्ग पार्छ । उहाँहरु कति ढोंगी हुनुहुन्छ । म बसेको ठाउँ पनि कोरोनाले अछुत थिएन । शिक्षित ब्यक्तिका छोराछोरी तथा घरपरिवारका सदस्य पनि संक्रमण सुरु भएपछि विभिन्न जिल्लाबाट घरमा आएर सङगै बसेका थिए ।

हाम्रो ठाउँमा कोरोना संक्रमितको कमि थिएनन मात्रै चेक गर्ने कीट, अक्सिजनको अभाव थियो । गाउँमा आइसोलेशन नभएको कारण मलगायत धेरै संक्रमित घरमै होम आइसोलेशनमा बस्नु पर्ने वाध्यता थियो ।

८ वैशाख २०७८ । चैते दसै परेको थियो । सबैले घरघरमा आफुले पुज्ने देवता पुजेर बोका काटेर मिष्ठन्न भोजन गरि रहेका थिए । म पनि त्यसरी नै खानपिनमा सरिक भएँ । चैते दसै सकियो तर मेरो दुःखको दिन सुरु भएछ । म बैशाख १२ गते बिरामी परेँ । पेशाले पत्रकार हुँ । अफिसमा बस्ने ठाउँ छैन । जिल्ला भरि भए गरेका काम वा संकटको रिपोर्ट सम्प्रेषण गर्नु मेरो जिम्मेवारी हो ।

म बिरामी परेको र मलाई देखिएको समस्याले छिमेकीहरुलाई असहज भएछ । मलाइ कोरोना ल्याएको आरोप लाग्यो । मैले गर्दा घरबेटीको इज्जत गयो रे । अनि भन्नु भो ‘कोठा सर्नु ।’ लकडाउनले गर्दा तत्काल कोठा सार्न सम्भव थिएन ।

आफ्नो कामका लागि पनि दिउसो सदरमुकाम पुग्नै पथ्र्यो । दिनभरि रिपोटिङको काम सकाएर डेरा आउदै गर्दा हिँडन गा¥हो भयो । सकि नसकि हिँड्दै कोठामा पुगेँ । बेडमा पल्टिएँ । टाउको दुखाइ बढ्दै गयो । बान्ता होलाझै गरि वाकवाकी हुन थाल्यो । ज्वोरो बिस्तारै बढ्दै गयो खाना खान मन नलाग्ने, जीउ गल्ने, अाँखा दुख्ने जस्ता लक्षण थिए । केही दिन खाना रुचेन । कोठामा सिटामल थियो त्यही खाएँ । कोठाको एक्लो बसाइ खाना पकाउन सकिन त्यो रात भोकै बित्यो । सायद सिटामलले केही काम गरेर होला बिहान अलि ज्वोरो कम भयो । शरीर कापिरहेको थियो खाना पकाएर खान खोजे खानामा स्वाद थिएन ज्वोरोले होला जस्तो लाग्यो सदरमुकामको साझा अस्पताल गएँ । अस्पतालका एमबिबिएस डा. दिपक पुनले पिसिआर चेक गर्ने सल्लाह दिदै सिटामोल र जिवनजल दिनुभयो । चेक गर्न पिसिआर मेसिन थियो चालू थिएन । रिपोटिङ गरेर समाचार लेख्न खोजँे सकिन । छिमेकी जिल्लामा कोरोना संक्रमण बढ्दै गएको थियो यहाँ पनि उस्तै स्थिती देखिन्थ्यो । पिसिआर मेसिन बन्द थियो कसरि चेकअप गर्ने ? कहाँ जाउ । सिटामल खाँदै कोठामै बसेँ ।

बैशाख १९ गते लकडाउन हुने समाचार सुनेपछि वरिपरिका डेरावालले डेरा छोडिसकेका थिए । म बसेको घरमा घरबेटी र म मात्रैै बाँकी रह्यौं । मलाइ ज्वोरोले च्याप्यो । खोकी सुरु भयो फेरि साझा अस्पताल गएँ । डा. पुनले औषधि थपिदिनु भयो ज्वोरो केही कम भयो । खोकी उस्तै थियो । म कोठा पुगेँ । घरबाट बहिनीको फोन आयो । आमा पनि संगै हुनुहुँदोरहेछ म बोले । स्वर फरक भएकाले म ठिक छु भन्न सकिन ।

बहिनीसंग कुरा हुँदा हुँदै आमाले भन्नु भयो । ‘कोरोना पो हो कि ?’ मैले भनेँ ‘चिसोले होला हल्का ज्वरो आएको हो कोरोना होइन ।’

आमाले भन्नु भो ‘तँलाई चिसो सहदैन । बिरामी म तालुमा तेल ठोकिदिन्थे । ख्याल गर । ठिक भएन भने बहिनी र म आउछौं ।’

आमाको कुरा सुन्ने बित्तिकै तेल ठोकेको याद आयो रुन मन लाग्यो । गिलासमा पानी खन्याएर खाने हिम्मत पनि आएन । म मानसिक र भावनात्मक रूपमा पनि थालेँ । मुस्किलले रात काटेँ । बिहान उठेर बोल्न खोज्दा स्वर निस्किएन । केही दिन बोल्न नसक्ने भएँ । जिल्ला अस्पताल पिसिआर चेक हुदैन थाहा छ । कोरोनाको लक्षण हो वा अन्य रुघाखोकी भ्रममा परँे ।

पत्रकार महासंघले स्वास्थ्य सामाग्री बाँड्ने कार्यक्रम थियो म जान सकिन र फेसबुक स्टाटस लेखे ‘म बिरामी परेको र मलाई देखिएको समस्याले छिमेकीहरुलाई असहज भएछ । मलाइ कोरोना ल्याएको आरोप लाग्यो । मैले गर्दा घरबेटीको इज्जत गयो रे । अनि भन्नु भो ‘कोठा सर्नु ।’ लकडाउनले गर्दा तत्काल कोठा सार्न सम्भव थिएन । हस्पिटल जाऔ आइसोलेशन थिएन । घरबेटीले जे जे भने पनि सहेर बस्नुको विकल्प थिएन मेरो ।

मलाई त्यतिवेला आफु बिरामी भएको भन्दा पनि घरबेटी र छिमेकीले मेरो वारेमा गरेको टिप्पणी सुन्दा दुःख लाग्यो ।

यो भाईरसकै कारण कयौं मान्छेले अकालमै ज्यान गुमाएका छन् । मेरो पनि के भन्न सकिन्छ र ? मलाई पनि कोरोना नै हो कि मनमा धेरै कुरा खेल्यो । मैले मेरी आमासँग धेरै पटक दुःख लुकाएको छु । घरबाट फोन आइरन्थ्यो । फेरि पनि दुःख लुकाउन सकिन ।

म बिरामी परेको घरको सबैजनाई थाह भएछ । सबैको फोन आउन थाल्यो । म बोल्न सक्ने स्थितीमा थिइन । स्वर भासिएको थियो । हजुरआमा, हजुरबालगायतले शरिरलाई फाइदा हुने परम्परागत उपचार पद्धति’bout सिकाउन थाल्नु भयो । मैले सबैलाइ यो बेला जहाँ छौ, त्यै सुरक्षित बसौं भनेर म्यासेज गरेँ ।

जब मलाई संक्रमण भएको अनुमान गरेँ । रातभर छट्पटी भईरहयो । निन्द्रा लागेन । कोरोनाको रोकथाममा स्थानिय सरकार सक्रिय देखिए पनि प्रदेश र संघिय सरकार कुर्सिकै लागि मरिहत्तै गर्दै थे । कोठा सडकबाट नजिकै छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको शब दैनिक कोठा अगाडीबाट लगिरहेको देख्छु

मलाई भेटन नआउन भनेँ । मलाई भेटन आउदा अरुलाई पनि संक्रमण हुने खतरा थियो । ‘म छिट्टै निको हुन्छु ।’ भनेर सन्देश प्रवाह गरेँ ।

साच्चिकै यो कोरोना भाईरस आफैंमा डरलाग्दो हो । आफन्तले मृतकलाई छुन समेत डराउछन् । आफन्तहरु कोरोना संक्रमितको मलामी जान पाउदैनन् ।

जब मलाई संक्रमण भएको अनुमान गरेँ । रातभर छट्पटी भईरहयो । निन्द्रा लागेन । कोरोनाको रोकथाममा स्थानिय सरकार सक्रिय देखिए पनि प्रदेश र संघिय सरकार कुर्सिकै लागि मरिहत्तै गर्दै थे । कोठा सडकबाट नजिकै छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको शब दैनिक कोठा अगाडीबाट लगिरहेको देख्छु । संक्रमितको संख्या दिनदिनै बढीरहेको छ ।

संकटमा मनलाई बलियो बनाएर काबुमा ल्याउन सक्नु नै परिवर्तन हो । मैले निक्कै हिम्मतका साथ म ठिक हुन सक्छु भन्ने आँट गरेँ । त्यसैले परिस्थिति भन्दा म मनस्थिति बदल्न तिर लागेँ । मैले होम आइसोलेसनमा बस्दा आफनो मनलाई उच्च मनोवल बढाउने र संकट सामना गर्ने विधिहरू अपनाउन थालेँ । लगातार लामो लामो सास नाकबाट लिने, फोक्सोमा एकछिन होल्ड गर्ने अनि मुखबाट फ्याँक्ने जस्ता विधी गरिरहेँ ।

अहिले म पुर्णरुपमा सन्चो भइसकेको छु । त्यही पनि दैनिक रुपमा कोरोना संक्रमण बढेको र मृतकको संख्या बढेको समाचारहरु लेख्छु र सुन्छु मात्रै केही गर्न सकेको छैन । सरकारले नै केही गर्न सकेको छैन भने हामीले के गर्नु । कोरोना संक्रमण हुँदा पनि सजकता अपनाउन सके र आत्मबल बलियो बनाउन सक्दा कोरोना संक्रमणलाई सजिलै जित्न सकिँदो रहेछ । यस्तो बेलामा समाजका कतिपय मान्छे कोरोना संक्रमण रोकथाममा लाग्नु पर्ने हो तर, मेरो समाज निर्दयी बनेर विभेद गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना