काठमाडाैं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्ने भएको छ ।
बिहान ९ बजे देउवा निवासमा बस्न लागिएको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदम’bout छलफल हुने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि राति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)