जसपा फुटको बाटोमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद बढ्दै जाँदा पार्टी फुटनजिक पुगेको छ । नयाँ सरकार गठन विषयमा जसपा विवाद सतहमा आएको हो । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेको छ । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कांग्रेस सभापति शेरबहादुर देउवा पक्षमा उभिएका छन् ।

ओली र देउवाले नयाँ सरकार गठनका लागि जसपाको समर्थन लिन खोजेका छन् । बहुमत सांसद बैठकबाट संसदीय दल नेता चयन महताले पार्टीले उठाउँदै आएको मुद्दा प्रधानमन्त्री ओलीले पूरा गरेकाले समर्थन गरिएको प्रस्ट पारेका छन् ।

उता, जसपा अध्यक्ष यादवले प्रधानमन्त्रीमा देउवालाई पार्टीले समर्थन गर्ने सहमति भएको बताए । दुवै समूहले ओली–देउवालाई समर्थन गर्ने पार्टी सहमति भएको दाबी गरिरहेका छन् ।

यसअघि, अध्यक्षद्वय ठाकुर र यादवले पार्टी एकता कायम राख्ने भन्दै सहमति गरेर ८ र ९ जेठमा जसपा कार्यकारिणी समिति बैठक बोलाएका थिए । तर, शुक्रबार कार्यकारिणी समिति सदस्यलाई सम्बोधन गर्दै ठाकुरले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको र यादवले बैठक ‘स्थगित नभएको’ जनाएका छन् ।

यादवले कार्यकारिणी समिति सदस्यलाई ‘बैठक स्थगित नभएको’ भन्दै ‘बैठक बस्ने’ जनाएका छन् । ठाकुर र यादव समूहले संसद् र कार्यकारिणी समितिमा आफूहरूको बहुमत रहेको दाबी गर्दै आएका छन् ।

राष्ट्रपति कार्यालयमा पत्र लेख्दै अध्यक्ष ठाकुरले आफूहरूको समर्थन देउवालाई नभएको जानकारी गराएका छन् । उता, यादवले आफूहरूको समर्थन ओलीलाई नभई देउवालाई भएको दाबीसहितको पत्र पठाएका छन् ।

यसबीच, ठाकुर र महतोको पहलमा प्रधानमन्त्री ओली जसपाले उठाउँदै आएको माग केही पूरा गरेका छन् भने केही प्रक्रियामा छन् । झुठा मुद्दा फिर्ता लिइएको, केही लिने प्रक्रियामा रहेको र संविधान संशोधनका लागि कार्यदलसमेत गठन भएको महतोले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति