प्यूठान । प्यूठानको नौ बहिनी गाउँपालिका–१ स्याउँ लिवाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४० वर्षीय बोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल छन् । बोमबहादुरका अन्य चार छोरीहरु भने सकुुशल छन् । उनीहरु अर्काे कोठामा सुतेकाले सकुशल भएको प्रहरीले जनाएको छ । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर भत्किएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)






