के प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश राणालाई मध्यरातमा भेटेकै हुन् त ? बाबुरामले गरे यस्तो खुलासा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट गरेको आशंका गरेका छन् । उनले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई भेटेर खिलराज रेग्मी प्रकरण दोहोर्याउन खोजेको संकेतसमेत गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले भनेका छन्, ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत हैनन्, खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् ।

पहिलो संविधानसभा असफल भएपछि त्यसबेला दलहरुले आपसी सहमतिमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेका थिए। । रेग्मी अध्यक्ष रहेको मन्त्रिपरिषदले नै २०६९ सालमा दोस्रो संविधानसभा निर्वाचन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका हिलाम्य सडकमा पूर्वाधारमन्त्री लम्साल !