बजेटले चलचित्रलाई राहत ल्याउने सिनेकर्मीको आशा

काठमाडौं । नेपाली चलचित्र उद्योग विगत १४ महिनादेखि थला परेको छ । मुलुकका १ सय ९० भन्दा बढी सिनेमा हल कहिले खुल्ने भन्ने अझै निश्चित छैन । यस्तो अवस्थामा चलचित्रकर्मीको ध्यान शनिबार घोषणा हुने आर्थिक वर्ष २०७८÷७९ को बजेटतिर केन्द्रित भएको छ ।

नेपाली चलचित्र उद्योगलाई बचाउन सरकारको राहत र सहुलियतको आशामा यतिबेला सिनेकर्मी बसेका छन् । तर, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकवासीका नाममा गरेको सम्बोधनबाट खुसी हुन सकेनन् । विभिन्न ७२ बुँदामा मुलुकको आफ्नो कार्ययोजना संक्षिप्तमा प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले चलचित्रलाई कही पनि सम्बोधन गरेनन् । तथापि शनिबार घोषणा हुने वार्षिक बजेटतर्फ सिनेकर्मीका विभिन्न समस्या’bout सम्बोधन होला कि भन्ने आशा उनीहरूले गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष एवं चलचित्र निर्देशक दयाराम दाहाल आफूहरूले बजेटका लागि चलचित्र क्षेत्रको विभिन्न कार्यक्रम तयार गरेर सरकारलाई पठाएको बताउँछन् । तर, अध्यादेशका रूपमा आउन लागेको यो बजेटमा चलचित्र क्षेत्रका समस्या निराकरण र विकासका योजना समेटिने हुन यो हैनन् भन्ने अन्योलमा आफूहरू रहेको दाहालले बताएका छन् ।

दाहालको भनाइमा अहिले चलचित्र विकास बोर्ड आफैं समस्यामा छ । नेपालमा विदेशी चलचित्र प्रदर्शनबापत उठेको चलचित्र विकास शुल्कबाट बोर्डले आफ्नो खर्च चलाउनुका साथै त्यो शुल्क नेपाली चलचित्रको विकासमा खर्च गर्दै आएको छ । तर २०७६ चैतदेखि २०७७ पुससम्म सिनेमा हल पूर्णरूपमा बन्द भयो । गत पुसबाट केही हल खुले पनि विदेशी सिनेमा न्युन प्रदर्शन भएका कारण विकास शुल्क उठ्न सकेन । गत महिनाको पहिलो साताबाटै फेरि सिनेमा हल बन्द छन् । यस्तो अवस्थामा अब बोर्डको खर्च धान्नसमेत आफूहरूलाई गाह्रो पर्ने अध्यक्ष दाहालको कथन छ ।

बोर्डले बन्द भएको सिनेमा हलको कर मिनाहासहित लकडाउनपछि हल सञ्चलनमा राहत, बनेका सिनेमा प्रदर्शन गर्न र नयाँ सिनेमा छायांकनका लागि निर्मातालाई आर्थिक सहुलियतसहित विभिन्न माग सरकारसँग गरेको छ । तर, यो मागप्रति सिनेकर्मी आफैं पनि त्यति आशावादी छैनन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी राष्टिय चलचित्र उद्योगका रूपमा मान्यता पाएको चलचित्र उद्योगलाई बजेटमा सम्बोधन हुनुपर्ने बताउँछन् । बोर्डले पठाएका कार्यक्रम बजेट नीति तथा कार्यक्रममा परिदिए अहिलेको अवस्थामा सिनेकर्मीलाई मिल्ने उनको विश्वास छ ।

नेपाल चलचित्र संघका पदाधिकारीले हालै अर्थमन्त्रीलाई भेटेर सिनेमा उद्योग बन्द हुँदा हलको अवस्था’bout सबै जानकारी गराइसकेका छन् । संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार अर्थमन्त्री विष्णु पौडेलले हल सञ्चालकका समस्या सम्बोधन बजेटले गर्ने’bout आश्वस्त पनि पारेका छन् । तर, अहिले पूर्ण बजेटभन्दा पनि चुनाव र कोरोनामाथि केन्द्रित भएर अध्यादेशमार्फत आउने यो बजेटमा आफूहरूको समस्या कतिसम्म समेटिएला भन्ने अन्योलता उनीमा छ । अधिकांंश सिनेमा हल भाडामा सञ्चालित भवनमा भएकाले अब के गर्ने भन्ने अवस्थामा हल सञ्चालक पुगेको छ ।

यति लामो समयदेखि बन्द हलको भाडा, बिजुलीको बिल, सुरक्षागार्डलगायतका कर्मचारीको तलब र बैंकलाई ब्याज निरन्तर तिर्नुपर्दा निराश भएका छन् । अब कसरी सिनेमा हल चलाउने भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ । त्यसैले सिनेमा हल सञ्चलकहरूलाई हल नखुल्दासम्मको अवस्थामा टिकाउन सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

उता नेपाल चलचित्र कलाकार संघलाई आफ्नै भवन निर्माणका लागि सरकारले गत वर्ष केही बजेट दिएको थियो । थप बजेटको आशामा कलाकार थिए । तर, अहिले कोरोनाको महामारीका कारण उनीहरू त्यति धेरै आशावादी छैनन् । अहिलेको अवस्थामा सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन खोप सरकारले चाँडोभन्दा चाँडो लगाइदिएको खण्डमा अवस्था विस्तारै सहज हुँदै जाने भनाइ नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको रहेको छ । चलचित्र उद्योगका वर्तमान समस्यालाई बजेटले सम्बोधन गर्नुपर्ने माग तमाम सिनेकर्मीको रहेको पनि उनको भनाइ छ ।

यसरी चलचित्र क्षेत्रका हल सञ्चालक, निर्माता, निर्देशक, कलाकार प्राविधिक सबै अहिले सिने उद्योगका लागि आवश्यक राहत एवं सहुलियत र सबैलाई कोरोनाविरुद्ध खोप हुनुपर्ने बताउँछन् । कोरोनाविरुद्ध सबैलाई खोप भन्ने नारा शुक्रबारको सम्बोधनमा प्रधानमन्त्री ओलीले अघि सारेको भए पनि सिने उद्योगका बाँकी समस्या बजेटबाट सम्बोधन होला कि नहोला । त्यो भने शनिबार बेलुका मात्र थाहा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी