४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग प्रतिबन्ध

काठमाडौं । नेपाल सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाएको छ । आगामी साउन १ गतेदेखि प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्युनिकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात र विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको वन तथा वातावरण मन्त्रालय वातावरण विभागले जनाएको छ ।

विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले सपिङमल डिपार्टमेन्ट स्टोरलगायत सवै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिक झोलाको सट्टा सूती, जुट वा कागजका झोना प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

साथै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी वरावरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्था समेत भएको महानिर्देशक निरौलाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 584 times, 1 visits today)

epaper

ताजा समाचार

स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना