कट्रिनाको प्रेमीलाई चेतावनी : अरु युवतीसंग चुम्बन गरेको मलाई मन पर्दैन

 

एजेन्सी । पछिल्लो समय अफेयरमा रहेका कट्रिना कैफ र विक्की कौशलको सम्बन्धले अहिलेसम्म औपचारिकता पाएको छैन । तर, बलिउडका अनलाइनमा गसिप लेख्नेहरुलाई उनीहरुको रिलेशन गज्जवको विषय बनेको छ । यतिसम्म कि केही अनलाइनले त कट्रिनाले प्रेमीलाई अन्य युवतीसंग फिल्ममा चुम्बनको दृष्य नदिन चेतावनी समेत दिएकी छिन् ।

समाचारअनुसार कट्रिना विक्कीभन्दा ४ वर्ष जेठी छिन् र यो उमेर अन्तर प्रति विक्किका बुवा असन्तुष्ट रहेको केही अनलाइनले उल्लेख गरेको छ ।

विक्की र कट्रिनाको पछिल्लो समय एकसाथ समय बितादै आएका छन् । लकडाउनकै समयमा पनि दुवै एकसाथ संक्रमित भएको र एकसाथ निको भएको समाचार सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित