Saturday, July 24, 2021
Homeभर्खरैपार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव

पार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव

सुभाष साह,

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष ओलीको सो आह्वानसँगै फुटको सँघारमा पुगेको एमाले फुटबाट जोगिने देखिएको छ ।

ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काउन आफू सहमत भएको प्रतिबद्धता व्यक्त गरेका छन् । असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरूको मुख्य माग नै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्छ भन्नेमा रहेको थियो । ओलीले त्यसमा सहमति जनाउँदै आफू पार्टी एकताका लागि संवेदनशील र लचक रहेको सन्देश दिएका छन् ।

आइतबार राति पार्टीलाई एकजुट राख्न आफू तयार रहेको बताउँदै अध्यक्ष ओलीले पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न भन्दै ६ बुँदे प्रस्तावसहित एकता आह्वान गरेका हुन् । ओलीको एकता प्रस्ताव आएसँगै देशभरका एमाले कार्यकर्ता खुसी र उमंग बनेका छन् । देशभरका एमाले कार्यकर्ताहरूले प्रधानमन्त्री तथा अध्यक्षको एकता प्रस्ताव सकारात्मक भएकाले सोही प्रस्तावको जगमा टेकेर एमालेका सबै असन्तुष्ट पक्षलाई समेत पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् ।

अध्यक्ष ओलीको एकता आह्वान र कार्यकर्ताको दबाबका कारण माधव नेपाल समूहका अधिकांश नेता कार्यकर्ता पनि पार्टी एकताको पक्षमा देखिएका छन् । प्रधानमन्त्री ओलीको एकता आह्वानलाई नेपाल समूहका नेताहरूले पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

– पार्टीलाई ३ जेठकै अवस्थामा फर्काउन सहमत
– एमाले कार्यकर्तामा खुसी र उमंग
– नेपाल समूहका नेताद्वारा स्वागत

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको एकता हुनुभन्दा अघिको अवस्थाबाट पार्टी सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेसँगै पार्टी फुटबाट जोगिएको हो ।

‘नेकपा (एमाले)लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्,’ अध्यक्ष ओलीले आह्वान गर्दै भनेका छन् ।

एमाले वरिष्ठ नेता नेपाल समूहले पार्टी एकताका लागि अघि सारेका सर्तहरू ओलीले स्वीकार गर्दै पार्टी एकताका लागि आह्वान गरेका हुन् । मातहतका पार्टी कमिटी र जनसंगठन मूलभूत रूपमा ३ जेठ २०७५ पूर्वको अवस्थाबाट फर्केर क्रियाशील हुनेसमेत ओलीको प्रस्ताव छ । संगठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदल गठन गरेर समाधान गरिने ओलीले उल्लेख गरेका छन् ।

‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले)का निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ’ ओलीको प्रस्तावमा उल्लेख गरिएको छ ।

यसैगरी, यसबीचमा विभिन्न नेताबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र कुनै भेदभाव नगरिने उनले जनाएका छन् । एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपले एकताबद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै नेताहरूले रचनात्मक योगदान गर्ने विश्वास ओलीले व्यक्त गरेका छन् ।

एमाले नेता नेपाल समूहले उठाउँदै आएको माग सम्बोधन गर्दै पार्टी एकताका लागि ओली सहमत भए पनि नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही फिर्ता लिइएको छैन । कारबाहीबारे ओलीको वक्तव्यमा केही उल्लेख गरिएको छैन ।

ओली समूहले नेपालसहितका नेतालाई कारबाही गर्न थालेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो । नेपाल समूह नयाँ दल दर्ता गरी अगाडि बढ्ने निष्कर्षमा पुगेसँगै ओलीले पार्टी एकताका लागि उनीहरूले उठाउँदै आएको सर्त स्वीकार गर्दै आफू पार्टी एकताका लागि संवेदनशील भएको सन्देश दिएका छन् ।

एमालेलाई एक राख्ने यस्ता छन् ६ बुँदे प्रस्ताव
१. पार्टीलाई २०७५ साल ३ जेठकै अवस्थामा फकाइने
२. मातहतका पार्टी कमिटीलाई पनि पुरानै अवस्थामा फर्काइने
३. देखिएका अन्य समस्या समाधान गर्न कार्यदल गठन गर्ने
४. सर्वोच्चको रिटमा भएको आफ्ना सांसदको हस्ताक्षर फिर्ता गर्ने
५. यसअघिका कुनै विषयलाई लिएर कसैलाई पनि कारबाही नगरिने भेदभाव नगरिने र पूर्वाग्रह नराखिने
६. सबैको रचनात्मक सहयोगमा एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा एक राख्ने

Loading comments...

आजको समाचार

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ । बिगत ११ महिनाको अबधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका...

काँग्रेसभित्र युवा नेतृत्व

युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

‘तत्काल निर्वाचन समिति गठन गरियोस्’

काठमाडौं । नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । यसका लागि...

माेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

  एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका  पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ ।  श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि...

ट्रेन्डिङ

इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बुधबार प्री–अलोटमेन्ट गरेको...

चितवनमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?