Friday, June 18, 2021
Home भर्खरै एमाले विवादः मिलनबिन्दु खोजी तीव्र

एमाले विवादः मिलनबिन्दु खोजी तीव्र

सुभाष साह,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्षनेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एक्ताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले विभिन्न प्रस्तावमाथि छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन संघारमा पुगेपछि दोस्रो पुस्ताका नेता मिलाउने प्रयासमा छन् । केन्द्रमा देखिएको विवाद आगोझैं प्रदेशदेखि स्थानीय तहसम्म पुगिसकेकाले त्यसको नोक्सानी प्रत्यक्ष रूपमा पार्टी र शीर्षनेताले नै भोग्नुपरेको छ ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले एक्ताका लागि अन्तिमसम्म प्रयास जारी नै रहेको बताए । पार्टी नेता, कार्यक्र्ता अहिले पनि एक्ताको पक्षमा रहेकाले विभाजनमा गर्न खोज्नेलाई कसैले साथ नदिने उनले उल्लेख गरे ।

‘पार्टी विभाजन गर्ने सबै गतिविधि सम्पूर्ण रूपमा असफल बनाउँछौं, नेताकार्यक्र्ता कोही पनि विभाजन पक्षमा रहेको देखिँदैन,’ पौडेलले भने, ‘पार्टी एक्ताका लागि हामी अन्तिमसम्मको प्रयास जारी नै राख्छौं । विभाजन गर्ने काम कोही कसैका लागि राम्रो हुन सक्दैन ।’

नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको पनि पौडेलले बताए । पार्टी अध्यक्ष ओलीले उदार र खुला विचारसाथ एक्ताका लागि गरेको आह्वान अस्वीकार गर्नुले नेपाल समूह एक्ता पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उनले औंल्याए ।

आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल कुनै पनि हालतमा सफल हुन नसक्ने उनको दाबी छ । आमकार्यक्र्ता एक्ता पक्षमा रहेको अवस्थामा नेपाल समूह कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एक्ताका लागि घातक भएको पौडेलको टिप्पणी छ ।

एमाले नेता गोकर्ण विष्ट एक्ताका लागि विभिन्न प्रस्तावमाथि छलफल भइरहेको बताउँछन् । एक्ताका लागि अनौपचारिक रूपमा भइरहेको नेताबीचको छलफलमा सहभागी विष्टले एक्ता जोगाउने विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको जानकारी दिए ।

‘पार्टी एक्ताका लागि सर्वोच्च अदालतले दिने फैसला सबैले स्वीकार गरेको खण्डमा एक्ता गर्न सकिन्छ,’ विष्ट भन्छन्, ‘दुवै पक्षका नेताले व्यक्तिगत इगो, टसल र पार्टी एक्ताको खातिर अरूको भरमा लिइएका अडान त्याग्नुपर्छ ।’

ओली समुहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम अचार्यलगायतनेता पार्टी एक्ताका लागि अनौपचारिक छलफलमा छन् ।

गत आइतबार ओलीले ६ बुँदे प्रस्तावसहित पार्टी एक्ताका लागि आह्वान गरेका थिए । तर, सोमबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले ओलीको प्रस्ताव ‘जालसाझी’ रहेको भन्दै अस्वीकार गरेको थियो ।

नेपाल समूहले गत २५ वैशाखमा ओलीलाई बुझाएको ६बुँदे प्रस्तावका आधारमा पार्टी एक्ता हुनुपर्नेमा जोड दिँदै आएको छ । ओली र नेपाल समूहले यसअघि गठन गरेको कार्यदल निस्क्रिय भएपछि अनौपचारिक रूपमा दोस्रो तहका नेता छलफललाई निरन्तरता दिँदै एक्ता जोगाउन कसरत गरिरहेका छन् ।

(Visited 171 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ ।...

जसपामा दुवै पक्षको कारबाही खारेज

काठमाडांै । निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई...

प्रधानमन्त्री कार्यालयको लगातार समन्वय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सकारका विभिन्न निकायको सक्रियतासँगै कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी...

एउटा बाबु ,जसले छाेरीलाई बलात्कार गरे अनि भैंसी गाेठमा झुण्ड्याएर हत्या गरे

  कैलाली ।   आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

ट्रेन्डिङ

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा...

होम आइसोलेसनमा आठ हजार बढी

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा...

‘भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता’

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन् । स्याङ्जाको हरिनास गाउँपालिकास्थित मातृभूमि...

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा...

टिकटकमा भाइरल जुम्ल्याहा दिदी बहिनीसंग मुन्द्रेकाे राेमान्स

काठमाडाैं ।  हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाज रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटकमा पछिल्लो समय भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

जुमानुको ह्याट्रिक

काठमाडौं । भेट्रान फरवार्ड जुमान राईले ह्याट्रिक पुरा गरेपछि एनआइविएल फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजनमा सुपर सिक्समा...

समाज, सत्ता र सदाचार

जब समाजमा मेलमिलाप , भाइचारा , सहयोग, स्थिरता र एकता हुन्छ, समाज स्वतःसंगठित हुन्छ । जुनबेला स्थिर राज्यप्रणाली, सुदृढ सरकार, सफा र स्वच्छ राजनीति,...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय ५४ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा आज मात्रै ५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ५ सय ५४ पुगेको छ...

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

उपराष्ट्रपति पुनद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)