Saturday, July 24, 2021
HomeEditor-Picksडेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

मधुजंग पाण्डे,

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।

निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।

हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो ।

विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छन् ।

इन्धनमा सामान्य अवस्थामा वार्षिक साढे ४ अर्ब खर्च भइरहेको अवस्थामा अब २० प्रतिशले घटेको मूल्यले नियमलाई १ देखि डेढ अर्बसम्म फाइदा हुने

निगमले गत सोमबारदेखि नै लागू हुनेगरी हवाई इन्धनको मूल्य घटाएको छ । यसअघि, नेपाल वायुसेवा निगमलगायत कम्पनीले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धन मूल्य अत्यधिक महँगो भएकाले प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्दै आएका थिए ।

गुनासा सम्बन्धमा यसअघि प्रधानमन्त्री, अर्थमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग निगमले छलफल गर्दै आएको थियो । उनीहरूको मागअनुरूप सरकारले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइदिएको हो ।

स्वदेशी वायुसेवाका विमानले खपत इन्धनको अधिकांश मात्रा यहीँ भरिने हुन्छ । जसका लागि वायुसेवा निगमले खरिद गर्ने इन्धनमा सामान्य अवस्थामा वार्षिक साढे ४ अर्ब खर्च भइरहेको अवस्थामा अब २० प्रतिशले घटेको मूल्यले नियमलाई १ देखि डेढ अर्बसम्म फाइदा हुने निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिएकी छन् ।

हाल, निगमले हवाई इन्धन मूल्य घटाएर अन्य पेट्रोलियम पदार्थजस्तै अन्तर्राष्ट्रिय बजारको भाउअनुरूप स्वचालित बनाउने निर्णयसमेत गरेको छ । यो निणर्यसँगै निगमले कार्गोे उडान भाडादर घटाइसकेको जानकारी प्रवक्ता श्रेष्ठले दिइन् । ‘निगमले नाफा पनि अब १५ प्रतिशतभन्दा बढी नलिने निणर्य गर्नु हवाई इन्धनमा हुने खर्च पनि कम हुनु हो,’ उनले भनिन् ।

यसअघि, हवाई इन्धनबाट बढी फाइदा लिँदा वायुसेवा निगमको विमान उडानका लागि इन्धनमा हुने खर्च बढी हुने गरेको भन्दै श्रेष्ठले अहिलेकै निर्णयमा केही समय अडिग रहने हो भने घाटा कम गर्नमा निकै सहयोग हुने अपेक्षा गरिएको सुनाइन् ।

हाल, वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका वाइडबडी र न्यारोवडीका चार विमान छन् । यी विमानमा प्रयोग हुने हवाई इन्धन मूल्य नेपालमा महँगो हुँदा घाटामा जाने गरेको निगमले बताउँदै आएको थियो । यसअघि, निगमसहितका स्वदेशी वायुसेवाको अन्तर्राष्ट्रिय उडान घाटामा जानुको प्रमुख कारण महँगो हवाई इन्धन हुने गरेको निगमको दाबी थियो ।

वायुसेवा सञ्चालक संघ नेपालले विदेशको तुलनामा हवाई इन्धनको भाउ महँगो भएको र यसमा पनि सरकारले बढी नाफा लिने गरेकाले स्वदेशी वायुसेवा कम्पनी मारमा परेको बताउँदै आएको थियो ।

निगम महाप्रबन्धक डिमप्रसाद पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको प्रस्तुतीकरणमा निगमले प्रदान गर्ने हवाई इन्धन संसारकै तुलनामा नेपालमा महँगो रहेको उल्लेख गरेका थिए ।

प्रस्तुतीकरणमा ‘हवाई इन्धनको मूल्य दिल्लीमा औसत ०.४४, दोहामा ०.३७, मुम्बईमा ०.४८ हुँदा नेपालमा भने १.२९ हुने गरेको’ उल्लेख छ ।

निगमले वार्षिक ४ अर्ब ५० करोडको इन्धन आयल निगमबाट खरिद गर्छ । यही परिणाममा दिल्लीसँग तुलना गर्दा निगमले वार्षिक २ अर्ब २० करोडभन्दा बढी रकम वायुसेवा निगमबाट मात्रै लिने गरेको छ । निगमका अनुसार नाफा गर्न नसक्नु र घाटा बढाउनमा हवाई इन्धन नै सबैभन्दा महत्वपूर्ण हुन्छ ।

हाल, आयल निगमले कोरोना महामारी अवधिभर अन्तर्राष्ट्रिय हवाई इन्धनमा १५ प्रतिशतभन्दा बढी नाफा नलिनेगरी इन्धन मूल्य समायोजन गरेको छ ।

नेपाली वायुसेवाले भने यस्तो निर्णय सधैंलाई हुनुपर्ने माग गरेका छन् । आयल निगमको निणर्यले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीलाई राहत मिलेको छ ।

आयल निगमले लिँदै आएको ८ सय ९३ प्रति किलोलिटरमा १ सय ७८ अमेरिकी डलरले घटाएर ७ सय १५ प्रतिकिलोलिटर अमेरिकी डलर कायम गरिदिएको छ । निगमले कोभिड महामारी अवधिभर हवाई इन्धनमा १५ प्रतिशतभन्दा बढी नाफा नलिने गरी मूल्य निर्धारण गर्ने नीति लिएको हो ।

हाल, आयल निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनबाट ४० प्रतिशत नाफा लिँदै आएको छ । यस्तो नाफा निणर्य हुनुअघि ७० प्रतिशतसम्म लिने गरेको थियो ।

निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढी नाफा लिएर एलपी ग्यासको नाक्सानी परिपूर्ति गर्ने गरेको छ । आयल निगमले हवाई इन्धनबाट कोरोना महामारीको एक वर्षमा अन्तर्राष्ट्रिय हवाई इन्धनबाटै पाक्षिक १ अर्ब ५० करोड नाफा कमाउने गरेको थियो । यस्तो नाफा एलपी ग्यासमा सहुलियत दिन प्रयोग हुँदै आएको आयल निगमको भनाइ छ ।

निगमले इन्धनको मूल्य घटाएपछि वायुसेवा निगमले पनि चार्टर उडान भाडा घटाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा हुने चार्टर उडान भाडा गत २४ जेठदेखि नै लागू हुनेगरी घटाएको हो ।

नियमित उडान सुचारुपछि निगमले अन्य गन्तव्यको भाडामासमेत समायोजन गर्ने जनाएको छ । हवाई इन्धनको भाउ घटेसँगै वायुसेवा निगमका वाइडबडीको चार्टर उडान भाडा प्रतिघण्टा २०६० र न्यारोबडीको ११३० डलरले घटेको छ ।

यो भाडादर वाइडबडीको १५ हजार ५ सय २० र न्यारोबडीको ७ हजार ७ सय १० अमेरिकी डलरबाट क्रमशः १३ र १५ प्रतिशले घटाएको निगमले जानकारी दिएको छ । घटेको चार्टर उडान भाडादर अब वाइडबडीको प्रतिघण्टा १३ हजार ४ सय ६० र न्यारोबडीको ६ हजार ५ सय ८० डलर हुने वायुसेवा निगमले जनाएको छ ।

हवाई इन्धनको भाउ २० प्रतिशतले घटेर भाडामा समेत कमी आएपछि हवाई यात्रुलाई केही फाइदा भएको छ । जसका कारण उनीहरूले केही सस्तो उडान सेवा पाएको निगमले जनाएको छ ।

Loading comments...

आजको समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

साताका लोकप्रिय समाचार

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

अल्बर्ट आर्सनलमा अनुबन्धित

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्धित गरेको छ । आर्सनलले बेल्जियन क्लब एन्डरलेक्टबाट अल्बर्टलाई ५ वर्षको लागि...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

ट्रेन्डिङ

कतारका राजकुमारले गरे आमादब्लमको सफल आरोहण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा...

सहकारीले तथ्यांक प्रविष्ट गर्न अटेरी गर्यो

काठमाडौं । सहकारी तथा गरिबी निवारणसम्बन्धी एकीकृत तथ्यांक (कोपोमिस)मा सहकारीले तथ्यांक प्रविष्ट गर्न अटेरी गरेको पाइएको छ । सहकारीको तथ्यांक व्यवस्थित गर्न कोपोमिसको अवधारणा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?