Tuesday, August 3, 2021
HomeEditor-Picksइटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

विवेक विवश रेग्मी,
sharethis

 

इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला ।
इटहरीमा शनिबार यस्तै घटना भएको छ ।

शनिबार बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा श्रीमान, श्रीमती नै मृत फेला परेका हुन् ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भइ हाल तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई मृत फेला परेका हुन् ।

‘रातको अन्दाजी ११ बजे स्थानीय खार्साला खोलामा माछा मार्न जाने क्रममा करेन्ट लागेको अनुमान गरिएको छ,’ उनले राजधानीसँग भने, ‘तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा करेन्ट लगाइ माछा मार्न जाँदा करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनका अनुसार शर्मिलाको शरीरमा करेन्ट लागेर नीलडाम छ । मजदुरी गर्दै आएका उनीहरुका तीन वर्षीया छोरी छन् । माछा मार्न जाँदा बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीयका अनुसार यहाँको रोयल फर्निचरमा करीब दुई वर्ष अगाडिदेखि काठ ‘मिस्त्री’ को काम गर्दै आएका उनीहरु शुक्रबार अबेलासम्म सुतेका थिएनन् । रातको १२ बजेतिर छोरी रोएपछि ब्यूँझिएका स्थानीयले छोरीलाई कोठामा एक्लै भेटेका थिए । तर, रातको समय भएकाले खोजी नगरिएको र यतै कतै होलान् भनेर वास्ता नगरिएको घटनास्थलमा भेटिएका एक स्थानीयले बताए ।

तर, शनिबार बिहान साढे ५ बजे स्थानीय खोलामा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कुमार कटवालका अनुसार एकैठाउँ मृत भेटिएका हेमशेरको शव उत्तरपट्टी र शर्मिलाको दक्षिणपट्टी फेला परेको थियो । घटनास्थलमा प्रहरी, स्थानीय जनप्रतिनिधिसहितले मुचुल्का उठाएर उनीहरुको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको कटवालले जनाकारी दिए । ‘रातको समयमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘मृतकका आफन्त उदयपुरका रहेकाले केटीको दाजुसँग सम्पर्क भएको छ ।’

उनका अनुसार मृतकका आफन्त उदयपुरको रौता ३ मजौमा रहेकाले मृतक शर्मिलाका दाजुसँग सम्पर्क भएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

(Visited 458 times, 1 visits today)
Loading comments...

आजको समाचार

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

साताका लोकप्रिय समाचार

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

एन्फाको आकस्मिक बैठक आज

काठमाडौैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक बैठक आज (शुक्रबार) बस्दै छ । पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै एन्फाको आकस्मिक बैठक बस्न लागेको...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

ट्रेन्डिङ

गाइजात्रा विषेश : केपी बा आफैंमा गाइजात्रा जस्तो हु्नुहुन्छ

काठमाडौं । रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन...

जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका

बेइजिङ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)