केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य उनको प्रतिबद्धता हो । यही सेरोफेरोमा मन्त्री तामाङसग राजधानीकर्मी प्रशान्त वलीले गरेको संक्षिप्त वार्ता:

स्वास्थ्यमन्त्रीलाई ५ प्रश्न

१. संक्रमण रोकथाममा तत्काल योजना के छ ?
पहिलो जोड खोप नै हो । यसअलावा कोरोना रोकथामका लागि श्यया व्यवस्थापनदेखि आइसोलेसन सेन्टर, परीक्षणलगायत भइरहेका छन् । १ सय ५६ सरकारी अस्पतालबाट कोरोना उपचार जारी छ, ती अस्पतालमा पीसीआर परिक्षण निःशुल्क गरिन्छ । डेडिकेटेड अस्पतालबाट कोरोना उपचार हुँदै आएको छ । वीर कोरोनाको सेन्टर अस्पतालमा रूपान्तरण गरेका छौं । गम्भीर विरामीका लागि वीरमा व्यवस्था मिलाएका छौं । आमनागरिक स्वयं सुरक्षित रहनुप¥यो । जनतालाई सुरक्षित र जीवनरक्षा गर्न निरन्तर लागिरहेका छौं । करीब १४ लाख ज्येष्ठ नागरिकलाई भ्याक्सिन लगाउन बाँकी छ । खरीद वा अनुदान प्रक्रिया, जेबाट हुन्छ, छिट्टै भ्याक्सिन प्राप्त हुनेछ भने आशामा छौं ।

२. आमनागरिकसम्म खोप कहिले पुग्छ ?
केही राष्ट्रका सीमित कम्पनीले खोप उत्पादन गरिरहेका छन् । केही खोप उत्पादक राष्ट्रस“ग छलफल जारी छ । नेपालजस्तो देशलाई छिटोभन्दा छिटो खोप दिन अपिल गरेका छौं । हामी खोप खरीद गर्न पनि तयार छौं भनेका छौं । खरीदका लागि प्रक्रिया सुरु भएको छ । कतिपय राष्ट्र र खोप उत्पादक कम्पनीका सर्त छन् । ती’bout गहन ढंगले छलफल गरिरहेका छौं । जनजीवनरक्षाका लागि स्वास्थ्य मन्त्रालय कटिबद्ध छ । विभिन्न कम्पनी र सरकारमार्फत खोप ल्याउन गहन ढंगले छलफल भएको छ । केही दिनभित्रै खोपसम्बन्धी सुखद समाचार आउँछन् भन्ने लाग्छ ।

३. खोपको प्राथमिकता केमा हुन्छ ?
पहिलो प्राथमिकता अग्रपंक्तीमा खटिने ‘फ्रन्टलाइनर’ नै हो । विश्व स्वास्थ्य संगठनले पनि प्राथमिकता सन्दर्भमा स्पष्ट भनेको छ । फ्रन्टलाइनर, ज्येष्ठ नागरिक हुँदै क्रमिक रूपमा आमनागरिकलाई लगाउने भन्ने हो । ‘लोकल’ प्राथमिकता पनि बनाउन सक्छौं । केही फ्रन्टलाइनर छुटेका छन् । यातायात मजदुर, शिक्षक, कर्मचारी, विद्यार्थीलगायत छुटेका छन् । उनीहरूको फाइल प्राप्त भएको छ । एकैचोटी धेरै ल्याउन सक्ने स्थिति बन्यो भने सबैलाई सम्बोधन गर्न सकिने देखिन्छ । सरकारको लक्ष्य आमनागरिकलाई बचाउने भन्ने हो । उपलब्ध उमेर समूहको आधारमा सबैलाई लगाउने मापदण्ड बनाएका छौं । यद्यपि, खोप प्राप्त हुनुअघिसम्म सुरक्षित भएर बसिदिन हाम्रो आग्रह छ ।

४. निजी अस्पतालले कोरोनाका नाममा मनलाग्दी शुल्क लिएका छन् नि ?
सरकारी अस्पतालमा निशुल्क उपचार हुन्छ । निजी अस्पतालले अत्यन्तै धेरै शुल्क लिएको गुनासा आएका छन् । यद्यपि, हामीले कार्यादेश जारी गरेर निर्देशन गरेका छौं । अनुगमन गर्छौं । वीर अस्पतालमा केही दिनपश्चात् जो विरामी आउँछन्, त्यहाँबाट शøया छैन भनेर फर्किन पर्दैन । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी अस्पतालबाट भर्ना नै नपाएर फर्किने स्थिति अन्त्य हुने ग्यारेन्टी गर्न चाहन्छु ।

५. सरकारले ल्याएको बजेटमा स्वास्थ्यलाई धेरै रकम बिनियोजन गरिएको छ, यो कार्यान्वयन हुन्छ त ?
आगामी १ साउनबाट बजेट वक्तव्य कार्यान्वयनमा आउँछ । सतप्रतिशत बजेट कार्यान्वयन गर्छौं । बजेट त बन्यो तर कार्यान्वयन हुन सक्दैनथ्यो । योपटक सबै बजेट कार्यान्वयन गर्नेगरी लाग्नेछु । ’cause अस्पताल बनाउने बजेट छ । त्यो त कार्यान्वयन गर्नुप¥यो नि । यसका लागि कार्ययोजना बनाएर अघि बढ्छौं । कोरोनासम्बन्धी अध्यादेशले स्वास्थ्य सामग्री खरीदमा टेण्डर प्रक्रिया छोट्याउने व्यवस्था गरेका कारण सहज हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1,289 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ