पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले लेखेको पत्र र जसपाको पत्रका आधारमा उनले आज मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनले जनमोर्चाका तीन सांसद र पूर्व राजपाका एक सांसदको आफूलाई समर्थन रहेको दाबी गरेका हुन् ।
उनको दाबीसँगै गण्डकीको सरकार गठनमा पुनः उल्झन आउने देखिएको छ ।
यसहघि कांग्रेस काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै मुख्यमन्त्रीको पदमा दावी पेश गरेका थिए । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दावी पेस गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)






