प्रदेश प्रमुखकाे निवास अगाडी विपक्षी गठबन्धनकाे धर्ना

 

पाेखरा ।  नयाँ सरकार गठनका लागि  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्ना दिएका छन् ।

वैकल्पिक सरकारका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ । विपक्षी गठबन्धनका सबै सांसद प्रदेश प्रमुखकोमा गएर अहिले धर्ना दिइरहेका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएका मुख्यमन्त्री गुरुङले शनिबार भने बहुमतको दाबी गर्नुलाई प्रदेशसभा विघटनतर्फ लैजाने षडयन्त्रको रुपमा विपक्षी दलहरुले लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

दोहोरो अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार