कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठक । फाइल फोटो ।

 

काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रम’bout छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास