Tuesday, August 3, 2021
HomeNot-to-be-missedउपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा कलाकारलाई समस्या पर्दा सहयोग गर्न गठिन चलचित्रकर्मी कल्याणकारी कोषका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गरिने भएको छ । यो रकम उनलाई आइतबार प्रदान गरिने भएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार निशालाई यस भन्दा अघि पनि बोर्डका तर्फबाट सहयोग गरिएको थियो । यसपटक आर्थिक अभावका कारण उनको उपचार गर्न परिवारलाई गाह्रो भएकापछि आफूले उपचारमा सहयोगका लागि सो रकम प्रदान गर्न लागेको बोर्डले जनाएको छ ।

अध्यक्ष दाहालका अनुसार गम्भीर बिरामी परेका चलचित्रकर्मीलाई उनीहरूको अवस्था हेरेर बोर्डले आर्थिक सहयोग दिने गरेको छ । उनको स्वास्थ्य अवस्थाबारे बुझेर बोर्डले अरू के सहयोग गर्नुपर्ने हो, त्योबारे पनि पहल गर्ने भएको छ ।

यस्तै अभिनेत्री करिश्मा मानन्धरले पनि निशाको बुबालाई भेटेर शनिबार २५ हजार रुपैयाँ आर्थिक सहयोग व्यक्तिगत रूपमा प्रदान गरेकी छन् । उनले निशाको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिइन् ।

अभिनेत्री रेजिना उप्रेतीले पनि निशालाई शनिबार नै व्यक्तिगत रूपमा १० हजार रुपैयाँ उपचारका लागि आर्थिक सहयोग गरेकी छन् । रेजिनाले पाँच दिन यताबाट निशाको उपचारका लागि पहल गरिरहेकी छन् । यस्तै अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले २२ हजार रुपैयाँ र प्रकाश थापाले १० हजार रुपैयाँ पठाइदिएको पनि रेजिनाले बताएकी छन् ।

यसैगरी नेपाल म्युजिक भिडियो कलाकार संघले पनि निशाको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर सो रकम उनका बुबा प्रेमप्रसादलाई प्रदान गरेको छ । तीन वर्षअघि निशा म्युजिक भिडियोको व्यस्त कलाकार रहेको र उनको यो अवस्था देखेर आफूहरू निकै दुःखी भएको संघका अध्यक्ष एवं कलाकार निर्देशक शंकर बिसीले बताएका छन् ।

बिगत एक वर्षभन्दा लामो समयदेखि उपचार नपाएर घरमै बसेकी निशाको शरीरका नशा सुकेपछि उनको अवस्था झन् गम्भीर भएको हो । तीन वर्षअघि भारतको देहरादुनमा अभिनय पढ्न जाँदा कार दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई त्यहाँ केही दिन र त्यसपछि नेपालमा ल्याएर उपचार गरिएको थियो । गत वर्षको लकडाउनका बेला उनलाई थोरापी गर्नु भनेर अस्पतालबाट घर पठाइएको थियो । त्यसपछिको निरन्तर लकडाउन र आर्थिक अभावले गर्दा उनको थेरापीलगायतका उपचार हुन नसकेको बुबा प्रेमप्रसाद घिमिरेले बताएका छन् । समयमा थेरापी हुन नसकेका कारण उनको शरीरको नशा सुकेको चिकित्सकले बताएका छन् ।

बिगतमा निशाको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेका कारण आर्थिक संकट भएको परिवारले जनाएको छन् । तर, यतिबेला काठमाडौंको नर्भिक अस्पतालले उनको उपचारको जिम्मा लिएको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्धार गरेकी हुन् । उनको अवस्थामा सुधार आउनेमा चिकित्सक विश्वस्त छन् ।

आर्थिक अभावले निशाको उपचार हुन नसकेको खबरबाहिर आएपछि अहिले उनलाई व्यक्तिगत रूपमा विभिन्न सहयोग आइरहेको छ । यस्तै सहयोग गर्न विभिन्न ठाउँबाट फोन आइरहेको पनि बुबाले बताएका छन् । लकडाउन खुलेपछि सहयोग प्राप्त हुने आशा उनको बुबाको छ ।

निशाले चलचित्र ‘मधेशीपुत्र २’, टेली सिरियल ‘डियर जिन्दगी’सहित तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

(Visited 217 times, 1 visits today)
Loading comments...

आजको समाचार

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

साताका लोकप्रिय समाचार

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुट्नुभएको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू...

ट्रेन्डिङ

मन्त्री हुनु त यस्तो पो !

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा...

८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)