Tuesday, August 3, 2021
Homeप्रमुखनर्सिङ पढ्दै गरेकी छात्राको रहस्यमय मृत्यु

नर्सिङ पढ्दै गरेकी छात्राको रहस्यमय मृत्यु

राजधानी समाचारदाता,
sharethis

झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।

उनका आफन्तहरुले घटना रहस्यमय भएको बताएका छन् । सेजलको ठूलोवुवा भक्तवहादुर कोइरालाले ५ वजे घटना भएपनि आफुलाई प्रशासनले ९ बजे मात्रै जानकारी दिएको बताए ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको जानकारी दिए ।
सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

उनलाई तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको सेजलाका साथीहरुले बताएका छन् । घटनालगत्तै सेजलाका अभिभावक इलामबाट दमक पुगेका थिए ।

सेजलाको मृत्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा आफन्तले जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ । सेजलाको शव प्रहरीले नभएर अन्य केही युवाहरुले अस्पताल लगेको आफुहरुले जानकारी पाएको भन्दै युवतीको ठूलोवुवाले घटना रहस्यम भएको बताएका छन् ।

(Visited 238 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

साताका लोकप्रिय समाचार

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत...

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत...

धुर्मुसले बनाए ‘म त मर्छु कि क्या हो ?’

काठमाडौं । विगत १७ महिनादेखि नेपालमा कोरोना संक्रमणको महामारी जारी छ । सिनेमा हल बन्द छन् । यो क्रममा नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ...

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

ट्रेन्डिङ

नयाँ बसपार्कमा काठमाडाै छाड्ने यात्रुको भीड

काठमाडाैं ।  गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको...

खाने तेलमा १५ दिनमै दुई पटक मूल्य बढ्यो

काठमाडौँ । पछिल्लो समय उद्योगी व्यवसायीहरुले उपभोक्ताबाट खाने तेलमा मनपरी मुल्य असुल्ने गरेका छन् । उद्योगी व्यवसायीले सातादिनमै खाने तेलमा प्रतिलिटर १५ देखि २०...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)