मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

 

मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तीको सामना गर्दे आएको ििसन्धुपाल्चोकमा यो वर्षको असार–१ गते नै ठुलो विपत्तीको सामना गर्नु परेको छ ।

मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भन्ने स्थानमा ठुलो पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदी खुलेपछि नदीले विनाश रुप धारण गर्दे क्षती बनाएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको ड्यामभन्दा माथीबाट आएको पहिरोले मेलम्ची नदी थुनेको देखियो हेलिकप्टेरबाट पहिरो स्थलमा पुगेका नेपाली सेना गोरखबक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने–‘त्यही पहिरोले नै तल्लो तटीय क्षेत्रमा क्षती भएको देखियो ।’

पहिरो पछि आएको बाढीले मानवीय क्षतीको एकिन विवरण प्राप्त नभएपनि हालसम्म ९ जना वेपत्ता र दुइ जनाको शब फेला परेको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 413 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित