सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार मूल्य भने सार्वजनिक गरिएको छैन ।

स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैंले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रिया’bout जानकारी दिएका थिए । उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले खोप खरिद प्रक्रिया सुरु गरेको पुष्टि गरे । उनले ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको जानकारी दिए ।

भारतले आफ्नै मुलुकमा संक्रमण उच्च भएकाले खोप निर्यात गर्न नसक्ने बताएपछि सरकारले चीनसहित तेस्रो मुलुकसँग खरिद प्रक्रिया अघि बढाएको हो । चीनले यसअघि पनि दुई लटमा १७ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा