Sunday, August 1, 2021
HomeBreaking Newsखोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

प्रशान्त वली,
sharethis

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप खरिदका लागि चीनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव गरेको छ ।

चिनबाट ४० लाख खोप खरिद गरिने

कोभिड–१९ अध्यादेशमा कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भएगरेका काम कारबाहीसम्बन्धी सूचना सम्बन्धित निकायले नियमित रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले खोपको विषयमा अलिक संवेदनशील हुनुपर्छ । अन्य देशमा पनि खरिद प्रक्रियालगायतमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त लागू हुने गर्छ ।’

के हो ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त ? 
जनस्वास्वास्थ्य विज्ञहरूका अनुसार यो नन डिस्क्लोजर एग्रिमेन्ट एउटा कानुनसम्मत सम्झौता हो । जसले सम्झौताको गोपनीयता सम्बन्ध स्थापित गर्छ । सम्झौतामा हस्ताक्षर गरेका व्यक्ति वा समूहले सहमति जनाउँछन् । एनडीए सर्त लागू भएमा सम्झौताको संवेदनशील सूचना अन्य कसैलाई उपलब्ध गराइने छैन ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार एनडिए भनेको खरिद प्रक्रियामा सर्त राख्नु हो । उनले भने, ‘कति मूल्यमा खरिद भयो भनेर गोप्य राखिन्छ ? खोपको मूल्य या त बढाएको छ या त घटाएको छ ? कि खोपको मूल्य घटेको हुन सक्छ कि त बढेको हुन सक्छ, खुलाइएको हुँदैन ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोपको मात्रा, मूल्य, प्रक्रियाबारे सञ्चारमाध्यममा आएका कुरा सत्य होइनन् । उनले भने, ‘चीनलगायतका देशबाट खोप ल्याउने विषयमा कुराकानी भइरहेको छ । पछिल्लो केही दिनयता खोपको मात्रा, मूल्य, प्रक्रियाबारे सञ्चार माध्यममा आएका कुरा सत्य होइनन् ।’

बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका थिए । हालसम्म ४२ लाख ४८ हजार कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको थियो । जसमध्ये २४ लाख ४८ हजार कोभिसिल्ड र १८ लाख खोप नेपालले प्राप्त गरेको छ ।

यस्तै, देशभर बिहीबार २ हजार ६ सय ७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ७ सय ७१ जनाको पीसीआर र ४ हजार ७ सय ७३ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५ सय ९७ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर २ हजार १ सय ४१ जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६ सय ६२ जना संक्रमित निको भइसकेका छन् ।

देशभर ९ सय १६ जना आईसीयू र २ सय ४९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश १ मा १ सय ६९ आईसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ३६ आईसीयू र ४ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ५ सय २० आईसीयू र १ सय ६४ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ७४ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २६ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

(Visited 589 times, 1 visits today)
Loading comments...

आजको समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

साताका लोकप्रिय समाचार

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष...

श्रीमती खाेज्न हिँडेका श्रीमान सम्पर्कविहिन, दुई सन्तानसहित श्रीमतीकाे शव भेटियाे

  मलंगवा ।  सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव...

एकहप्तामा एमाले विवाद छिनोफानाे हुन्छ : ज्ञवाली

  पाल्पा । नेकपा एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकहप्ता भित्र पार्टी भित्र देखिएको विवाद टुङ्गो लाग्ने बताएका छन् । पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्वोधन...

१३ वर्षमै ओलम्पिकमा स्वर्ण

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निसियाले १३ वर्षको उमेरमा नै ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोकियो ओलम्पिक–२०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा उनले...

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

ट्रेन्डिङ

अभिषेकलाई भिजनको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ । बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले युवा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)