गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १० वर्षिय बालिका बलात्कार गरि फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी लफन्द्र भन्ने ओमप्रकाश मुखियालाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको हो ।

सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद भुक्तानका लागि शुक्रबार राजविराज कारागार चलान गरिएको छ ।

२०६४ साल असोज ९ गते २ बजेतिर सोही गाउँपालिकाकी १० वर्षिय बालिका गाईबस्तु चराउन घरबाहिर निस्केको मौकाछोपी मुखियासहितको चारजनाको समूहले बाँसघारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा फेला परेकी बालिकाको सोही दिन स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार र स्वास्थ्य परिक्षण गराउँदा बलात्कारको पुष्टि भएको थियो । घटना लगत्तै बलात्कारमा संलग्न सबै फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त मुद्दा माथी सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ३ गते सबै आरोपितलाई जनही १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

उक्त घटनामा संलग्न एक जना यसअघि नै पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार रहेको र खोजि कार्य जारि रहेको डिएसपी काफ्लेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

एक अर्ब ३४ करोड रुपैयाँको हुन्डी कारोबार गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ